"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

1:45 AM
Posted by Suman sudha Bagale

कथा ः हत्यारा
कस्तो परिवन्धनमा ल्यायो आज समयले । गिताले विहे नगरी बसेकी भए कस्तो सजिलो हुन्थ्यो नी अनेक वाहना बनाएर छोडीन् । गिताले छोडी हाली जिन्दगीमा विहे गरिदिन भन्दापनि सुख नपाइने । यो नैा चिरा भएको मनले कसरी अर्की नारीलाइ चोखो माया दिन सकिन्छ होला र । विहे नगरी बसुँ भनेपनि सामाजीक वितृष्णा बाबा आमाको नाख काटिन्छ रे । एक छोराकोपनि बिहे गरिदिन सकेन भनेर । घरमा बुहारीको खाचो छ रे । गाउलेको छोरा छोरीको भोज खाएको पौचो तिर्नु छ रे मेरा घरकाले । साथीसँगी सबैको घरबार भइसकेको रे । हुन पनि हो कुनै बैगुनीको वियोगमा तड्पीएर समाजमा लाचरीता देखाउनु भन्दा र विगतका कुरालाइ वल्झाइ बल्झाइ मनलाइ दुखी बनाउन मन लागेन । समाजमा बसेपछि सामाजिक दायित्वलाइपनि सम्मान गर्न सक्नुपर्छ । मानव चक्रलाइ निरन्तरता दिन मानवको एक धर्मपनि हो । गिताले त छोडेर अरुसँगै रमाउन सकि भने म चाहि किन नसक्ने लाज नभएकी तिमीलाइ पाइन भनी त यो सँसारबाट नै विदा लिन्छु यस्तै भन्ने गर्थी के गर्ने बाबा आमाले हात पराइलाइ दिइ हाले तिम्रो हुन सकिन भनेर किचिक्क नाख खुम्चाउछे । त्यो खुम्चाइले मलाइ विगतका कुराहरु प्रतिविम्व हुन थाले कुरा खोताल्न मन लागेन । खै उसले सबै विसर्ीए जस्तो लाग्यो अझैपनि उस्तै चन्चलता उस्तै वानी व्यवहार मलाइ त विश्वास नै लागेन विहेवारी भइ सकेकी हो भनेर तर के गर्ने गलामा झुण्डीएको पोते सिउदोमा सिन्दुरले अझै प्रष्टायाइ सकेको छ विहे कहिले गर्ने भनेर उल्टै मलाइ सोध्छीन लामो कुरा गर्यो भने झन कुरो वटारिएला भनेर म हिडेँ । घरको उहि गन्थनले विहे नगरी नहुने भयो ।

एघार पढदै छिन रे जिउडाल मिलेकी मृग नयन लामा लामा केश लाम्चो मोहडा भएकी राम्रो कुल खान्दानको कुटुम्वकी सुपुत्री कमलासँग मेरो जोडी मिल्छ रे मेरा माइजुकी फुपुकी कान्छी छोरी । विचार त पढाइ सकाएर नै बिहे गर्ने भन्थे रे भन्नलाइ त दिदि नक्खरमैाली भिन्न जातसँग पोइला गइदिएकाले कान्छीकोपनि त्यस्तै गति पार्ला कि भनेर छिट्ै विहे गरिदिन लाएको रे । मामा त भन्दै हुनुहुन्थ्यो सम्पत्तिपनि बेसरी पाइन्छ कत्ति बाठा छन् वरीपरि गाउघरमा पालोपौचो उठाउनकालागी पनि छिटै विहे नै गर्न खोजेका नि । तर जे जस्तो भनेपनि कमला निकै सरल नारी हुन । हो कि जस्तै लाग्यो । गिताले डढेलो लगाएर छोडेको ठुटो भइसकेको मनलाइ फेरी नया पालुवा दिनकोलागी कमला मेरो जिन्दगी बन्न राजी होलीन त कमलाकोपनि कतै कसैसँग मन साटिएको छ कि । बाबुआमाको करले मसँग विहे गर्न खोजिकी हुन कि आजकालका केटिहरुको के भरोशा । भोली कमला सामु उभिदा मैले कसरी कुरा खोल्ने नढाटी बेहे नै हुदैन भन्छन् अरु कुरा त के नै ढाट्ने हो र । मेरो मन चोखो छ अत्त कतै लप्पनछप्पन छैन तिम्रो छ भनेपनि भन म मेरो जस्तै अर्को पुरुषको मन डढेको हेर्न चाहान्न । लँ कुरा त खुस्कीहाल्यो नि । बुझी हाली भनी त बबार्त नै हुन्छ तर म ढाट्न चाहान्न र ढाटेर पनि विहे गर्न सक्दिन । सबैलाइ सबैतिर बाट ढाटेनी आफुलाइ ढाट्न सकिदैन । के गितापनि खुशी होली त मलाइ छोडेर शम्भुसँग उसलाइ पनि मलाइ जस्तै सताउछ होला कि कसो होला शम्भु दाइपनि कतै केटि नपाए जस्तो मेरै गीतालाइ बिहे गर्नु परेको । कता कता शम्भु दाइ प्रति डाहा लागेर आउछ त्यैपनि के गर्ने नैतिकताको हिसावपनि त्यसो गर्न दिदैन ।

कमला म जान्दिन तिमीलाइ म कसरी मन पर्न सक्छु अनविग्य छौ हामी दुइ अपरिचत पनि । तिमीलाइपनि मलाइ जस्तै खुलदुली भएको होला । कस्तो केटो हो के गर्छ कस्तो छ परिवार लाग्छ मलाइ भन्दापनि बढी तिमीलाइ पिर परेको होला । पिर पर्नुपनि स्वभाविक नै हो किनभने एक दुइ दिनकोलागी होइन बाकी जिवन सबै तिमीले मेरो घरमा आएर विताउनुपर्छ । नया जिवन थालनी हुन्छ विवाह नारीकोलागी अर्को जन्म हो । कमला म तिमीसँग हारीसकेको छु । मेरो पहिलो कमजोरी भनेको नै ह्दयविरक घाउ आलैछ यो मेरो मुटुमा । भोक समालेदेखी आफनोलागी आफनै गर्नुपर्छ भन्ने मान्यताको पछि लाग्दा लाग्दै यो स्थानसम्म आएपुगेँ । सवैलाइ जितेपनि आफैसँग हार्नु परेको छ । तिमीसँग केहि माग्नु परेको छ । तिमीसँग अरु केहि होइन चोखो माया जुन मायाले मेरो यो उजाडीएको मनलाइ फेरी बसन्त ल्याउन सकोस । कमला मलाइ त्यति मात्र दिन सक्यौ भने मेरो जिन्दगी बल्ल बाचेँको सरह हुन्छ । के तिमी यतिपनि गर्न सक्दैनौ मलाइ अरु कुनै चिजसँग सम्झैाता छैन । मात्र मायाको खाचो छ मात्र मायाको । म भन्दिन आकाशका तारा टिपी दिउँला चन्द्रमा खसालिदिउलाँ यो सबै कसैको काल्पनीक लेखमा मात्र हुन्छ हुन त मान्छेको जिन्दगी नै एक कथामा रुमालिएको हुन्छ त्यसलाइ कुनै कथाकारले पाउने हो भने शब्द शब्दलाइ उनेर काल्पनिक कथामा ढालीदिन्छ । त्यो उसको आफै कला हो । वास्तविक जिवनमा कुनै कतै मेलपनि खाएको पाइन्छ । जे भएपनि कमला कुनै दुखीको दुखमा साथ दिनु त्यो एक धर्मपनि हो नि होइन र म प्रयास गर्नेछु कमला गिताको अगाडी तिमीलाइ कुनै चिजको कमी हुन दिने छैन । तिमीलाइ छोडेर अन्त कतै मन डुलाउने छैन । कुवाको पानी यो धर्ति चिरेर बाहिर निस्कदा त्यो कुनै प्याशीकोलागी अमृत सरह हुन्छ । त्यसरी नै यो चिरिएको मुटुवाट माया उतारी तिमीलाइ सन्तुष्टि बनाउने मेरो एउटै लक्ष्य हुनेछ विश्वास गर कमला । यस्तो माया दिनेछु कि जुन मायाले तिम्रो अन्तरकुनामा स्पदन हुन पुगोस दुनियाँलाइ डाहले जल्न सकुन । मात्र मलाइ साथ देउ भोली दुइ चार जनाको सामु मैले मुख कालो बनाउन नपरोस । कमला त्यो तिम्रो हातमा छ विन्ती कमला यो टुटेको मुटुसँग विहे गर्न सक्दिन नभन । तिमीलाइ ढाट्नपनि सक्थेँ तर म जान्दिन मेरो कमजोरीको फाइदा नउठाइदिनु ल ।

आठ दश जना पुलिसले मेरो हात समाते हत्यारा भन्दै भ्ाुयालखानामा हालेँ म अन्यौलमा छु । केहि सोध्छु प्रहरीलाइ चुक बोल्दैनन् छाडा शब्दले साला हत्यारा भोली थाहा पाउलास् अदालतमा भन्दै एक पुलिसले झाप्पु हान्दै भयो । सहन वाध्य भए भोलीका ति मिठा कल्पना मेरो कमलाको अगाडी होइन अदालतमा भयो कठाघरबाट चिच्चाउछु म कसरी हत्यारा भएँ मैले कसको हत्या गरेँ मेरो कुरा नवुझी मलाइ किन यहा ल्याउनु हुन्छ म पागलसरी बरबराउदैछु सबै मलाइ हेर्दापनि आखा तरेर हेर्छन् । प्रतिपक्ष झन ठुलो स्वरले यो हात्यारालाइ जन्मकैदको सजाय हुनुपर्छ श्रीमान् भन्दै ओकालत गर्न थाल्यो बहस चल्न थाल्यो । प्रतिपक्ष हातमा रगतले लतपतिएको सेतो कागजमा हत्यारा राम । मलाइ रामले मार्येा अरुपनि अक्षर बन्न खोजेका जस्तो देखिन्थे । तर सेरीएको पिडाले लतपतिएका काला अक्षरहरु अपुर्ण देखिन्थे । बुझी बझी बुझ पचाउछ तिमीलाइ प्रमाण चाहियो ल हेर भन्दै नजिकै आएर देखायो । नखरो नपार्नु धेरै भन्दै दर्दनात स्वरमा चिच्चायो । उसका ति स्वरमा पिडा लुकेको थियो । म मुक बने । अव म बोल्न सक्दिन । बोल्नपनि चाहिन । सुनिमात्र रहे । मैानता नै

स्वकार्य हो भन्ने बुझेछन् कि कसो हो झयालखानाको सजाय सुनाइयो । हप्ता दिनको अनुसन्धान प्रहरीले तयार पारेको मुजुल्का कमलाको पोष्टमार्टमको कागजपत्रले मलाइ हत्यारा होइन आत्माहत्या हो भन्ने तथ्य प्रमाण जुटाएछ र विना कुनै प्रमाण झायालखानामा राख्न नमिल्ने भएपछि सजाय फुक्का गर्नको लागी भोलीपल्ट फेरी अदालतमा उपस्थीत गराइयो । एक युवक कलोहाल दर्दले भरिएको स्वरमा आखाँ भरि आशुँ पारेर ओकालत गर्दै थियो । राम नै हत्यारा हो । यसले मेरी कमलाको हत्या त गरेन । तर मेरो र कमला विचको प्रेम को हत्या गर्यो । यो विचमा नआएको भए कमलाले आत्माहत्या नै गर्ने थिइन । मलाइ जिउदै मार्यो विचरी कमला विछोडको चोट सहन नसकेपछि मलाइ गुहारेकी थिइ । पराइ मुलुकबाट म आउनु अगाबै हुनुपर्ने भयो भनेर आत्माहत्या गर्न बाध्य बनिन् । कमला एक सच्चा प्रेमको प्रतिक थिइन् त्यस्ौले यो हत्यारा हो । यो विचमा नआएको भए मेरी कमलाले ज्यान गुमाउनु पर्थेन श्रीमान् । यसलाइ फाँसीको सजाय दिएपनि कठ्यै भन्ने ठाउँ यसले राखेन श्रीमान् । यसलाइ कडा भन्दा कडा सजायको अपेक्षा राखेको छु झन ठुलो स्वरले गुहार्दैथियो विचरा एक अवोध युवक ।

हो म पापी हुँ मैले नै हत्या गरेँ खुकुरीले छप्काउदैमा मात्र हत्या हुदैन । यिनीहरुको प्रेम हत्या गरेँ । युवक ठिक भन्दैछ यदि म उनीहरुको विचमा नआएको भए कमलाले आत्माहत्या नै गर्नुपर्ने थिएन उनको यो पवित्र प्रेमले यति छिटै विटमार्ने थिएन । म हत्यारा हुँ म पापी हुँ । आफु त उजाडिएको थिएँ आज फेरी मेरै कारण अर्को उजाडिएको छ । यसरी अरुको जिन्दगी बबार्द गर्नेलाइ सजाय हु्नैपर्छ श्रीमान् मलाइ नछोड्नुहोस । म तयार छु सजाय भोग्न श्रीमान् । अदालत परिसर वरीपरि यहि आवज गुन्जीरहयो अन्नन्त अन्नन्त सम्म…………………।

0 comments:

Post a Comment