"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

8:12 AM
Posted by Suman sudha Bagale

विदेश भ्रमणमा साढे ६ करोड
नयाँ पत्रिकाकाठमाडौं, ३० वैशाख
विदेश भ्रमणमा साढे ६ करोड खगेन्द्र पन्त/नयाँ पत्रिकाकाठमाडौं, ३० वैशाख प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको नेतृत्वमा रहेको सरकारका मन्त्रीहरूले विदेश भ्रमणमा मात्रै झन्डै साढे ६ करोड रुपैयाँ सरकारी ढुकुटीबाट सकेका छन् । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यालयबाट चलाएको र अर्थ मन्त्रालयबाट निकासा नभएको करोडौंकोहिसाब बेग्लै छ । अर्थ मन्त्रालयले मन्त्रीहरूको विदेश भ्रमणमा लागेको खर्चबापत अहिलेसम्म ६ करोड ३८ लाख ४० हजार ६ सय ६१ रुपैयाँ निकासा गरिसकेको छ । धेरै मन्त्रालयले यस्तो रकम अर्थसित अझै माग नगरेका कारण मन्त्रीहरूको वास्तविक विदेश भ्रमणको खर्चको विवरण अर्थसँग पनि छैन । प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणमा सरकारले चालू आर्थिक वर्षका लागि छुट्याएको करिब पाँच करोड रुपैयाँ माओवादी नेतृत्वको सरकारका मन्त्रीहरूले ६ महिना नपुग्दै सकाएका हुन् । विनियोजित शीर्षकको बजेट सकिएपछि अर्थले मन्त्रीहरूको विदेश भ्रमणका लागि थप रकम छुट्याएको थियो । विदेश भ्रमणमा धेरै खर्च गर्नेमा प्रधानमन्त्री प्रचण्ड नै अगाडि छन् । पाँचपटक विदेश भ्रमण गर्दा प्रधानमन्त्रीले तीन करोड ९३ लाख ४८ हजार तीन सय ९३ रुपैयाँ सकेका छन् । प्रधानमन्त्री भएलगत्तै उनले चीन भ्रमणमा ४६ लाख ६७ हजार दुई सय ८० रुपैयाँ खर्च गरेका थिए । ओलम्पिकको समापनमा भाग लिन प्रचण्ड चीन गएका थिए । राष्ट्र संघको ६३औं महासभामा भाग लिन अमेरिका जाँदा र भारत भ्रमणमा जाँदा प्रधानमन्त्री र उनको टोलीले दुई करोड १४ लाख ५६ हजार दुई सय ६२ खर्च गरेको थियो । प्रधानमन्त्री प्रचण्ड भारतमै भएको विमस्टेक सम्मेलनमा भाग लिँदा ३० लाख चार हजार पाँच सय ४० रुपैयाँ खर्च भएको छ । पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डले गरेको नर्वे र फिनल्यान्डको भ्रमणमा पनि सरकारी ढुकुटीबाट करोडभन्दा बढी सकिएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार नर्वे र फिनल्यान्डको भ्रमणमा प्रधानमन्त्री र उनको टोलीका लागि एक करोड दुई लाख २० हजार तीन सय १५ रुपैयाँ खर्च भएको छ ।प्रधानमन्त्री प्रचण्डपछि विदेश भ्रमणमा धेरै खर्च गर्नेमा परराष्ट्रमन्त्री उपेन्द्र यादव छन् । दुईपटकको विदेश भ्रमणमा मात्रै उनले एक करोड २२ लाख ६७ हजार सात सय ४३ रुपैयाँ सकेका छन् । मन्त्री यादव धेरै विदेश भ्रमण गर्ने मन्त्रीमा पर्छन् । तर, अर्थ मन्त्रालयबाट अहिलेसम्म उनले गरेका दुई भ्रमणको खर्च मात्रै निकासा भएको छ । मन्त्री यादव अमेरिकामा भएको संयुक्त राष्ट्र संघको ६३औँ महाधिवेशनमा भाग लिन जाँदा भएको एक करोड दुई लाख ७७ हजार पाँच सय १८ र भारतको दिल्ली र मुम्बई भ्रमणमा भएको १९ लाख ९० हजार दुई सय २५ रुपैयाँ खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई निकासा गरिसकेको छ । उनी क्युवा, जर्मनी, चीन, स्विजरल्यान्ड, नर्वे, श्रीलंका जाँदाको खर्च परराष्ट्रले अर्थसित अझै मागेको छैन । 'अन्त जाँदा भएको खर्च अझै माग भएको छैन, आउला नि बिस्तारै,' अर्थ मन्त्रालयका एक सहसचिवले भने ।
कृषिमन्त्री जेपी गुप्ताको विदेश भ्रमणमा भएको खर्चबापत अर्थ मन्त्रालयबाट अहिलेसम्म २२ लाख ६७ हजार चार सय १५ रुपैयाँ निकासा भइसकेको छ । मन्त्री गुप्ताले जर्मनी, इटली, भारत, थाइल्यान्ड भ्रमण गर्दा भएको खर्च कृषि मन्त्रालयले अर्थसित मागेको थियो । अर्थ मन्त्रालयका अनुसार मन्त्री गुप्ता जर्मनी जाँदा ६ लाख २४ हजार, इटली र भारत जाँदा नौ लाख १७ हजार ६ सय आठ, थाइल्यान्ड जाँदा दुई लाख २३ हजार आठ सय ९२ सम्बन्धित मन्त्रालयमा निकासा भइसकेको छ ।

त्यस्तै, वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहको विदेश भ्रमणमा १९ लाख २८ हजार २७ रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयबाट निकासा भएको रकमको विवरणअनुसार मन्त्री साहको इटली भ्रमणमा ५८ हजार एक सय १२, दक्षिण कोरिया र पोल्यान्ड जाँदा ४५ हजार नौ सय ९०, इन्डोनेसियाको बाली जाँदा तीन लाख ३० हजार ६ सय ७४, बोन, बैंकक र नैरोवी जाँदा सात लाख १८ हजार ९५, जर्मनीको वर्लिन जाँदा तीन लाख ६० हजार पाँच सय ९५ र पोल्यान्ड भ्रमणमा जाँदा चार लाख १४ हजार पाँच सय ६१ रुपैयाँ खर्च भएको छ ।जलस्रोतमन्त्री विष्णुप्रसाद पौडेलको विदेश भ्रमणको खर्चबापत अहिलेसम्म अर्थ मन्त्रालयबाट १७ लाख ८० हजार एक सय ९७ रुपैयाँ सम्बन्धित मन्त्रालयमा निकासा भएको छ । जलस्रोत मन्त्रालयले माग गरेअनुसार मन्त्री पौडेलले टर्की र दुईपटक श्रीलंका भ्रमण गर्दाको खर्च रकम अर्थले निकासा गरेको हो ।त्यस्तै, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोको विदेश भ्रमणको खर्चबापत अर्थले नौ लाख १० हजार ९० रुपैयाँ निकासा गरेको छ । उनको अमेरिका र भारत भ्रमणमा लागेको आठ लाख ३७ हजार दुई सय ३७ र कम्बोडिया जाँदाको ७२ हजार आठ सय ६३ रुपैयाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले निकासा गरेको रकमको विवरणअनुसार कानुन, न्याय तथा संविधानसभामन्त्री देव गुरुङको विदेश भ्रमणमा पाँच लाख ७० हजार तीन सय १७ रुपैयाँ खर्च भएको छ । मन्त्री गुरुङले श्रीलंका र भारत भ्रमण गर्दाको खर्च मात्रै कानुन मन्त्रालयले अर्थसित माग गरेको छ । रक्षामन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा. बाबुराम भट्टराईले विदेश भ्रमण गर्दाको क्रमशः चार लाख १७ हजार ६ सय ७० र सात लाख ९६ हजार चार सय ८० रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरेको छ । मन्त्री थापाले चीन र अर्थमन्त्री भट्टराईले अमेरिका र जापान भ्रमणमा जाँदाको खर्च निकासा गरिएको अर्थको विवरणमा उल्लेख छ । त्यस्तै, पर्यटनमन्त्री हिसिला यमीले बेलायत र भारत भ्रमणमा जाँदा खर्च भएको चार लाख आठ हजार एक सय ११ रुपैयाँ पनि अर्थले सम्बन्धित मन्त्रालयमा निकासा गरेको छ ।सूचना तथा सञ्चार मन्त्रालयको मागअनुसार मन्त्री कृष्णबहादुर महराले विदेश भ्रमणमा जाँदा भएको आठ लाख ६ हजार २२ रुपैयाँ पनि अर्थ मन्त्रालयले निकासा गरेको छ । मन्त्री महराले कोरिया र चीन भ्रमण गर्दाको खर्च निकासा गरिएको अर्थले जनाएको छ । त्यस्तै, भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार चीन र भारत भ्रमणमा जाँदा खर्च भएको चार लाख तीन हजार ३७ रुपैयाँ पनि सम्बन्धित मन्त्रालयमा निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।अर्थ मन्त्रालयका अनुसार श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्टको फिलिपिन्स भ्रमणको चार लाख ५९ हजार तीन सय ७६, युवा तथा खेलकुदमन्त्री गोपाल शाक्यको अजरवैजान भ्रमणको सात लाख ३५ हजार दुई सय ७४, शिक्षामन्त्री रेणु यादवको श्रीलंका भ्रमणको तीन लाख ६७ हजार आठ सय ४५, वन तथा भूसंरक्षणमन्त्री किरण गुरुङको न्युयोर्क भ्रमणको ६ लाख ५५ हजार ६ सय ५० र सामान्य प्रशासनमन्त्री पम्फा भुसालको थाइल्यान्ड, मलेसिया र भारत भ्रमणको ७९ हजार पाँच रुपैयाँ पनि सम्बन्धित मन्त्रालयहरूमा निकासा गरिएको छ ।

0 comments:

Post a Comment