"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:07 AM
Posted by Suman sudha Bagale

राहदानी बनाउनेको संख्यामा वृद्धि

तनहुँ अनलाईन/पवन पौडेल, असार ४, बिहिवार, दमौली । तनहुँमा जेठ महिनामा राहदानी बनाउनेको संख्यामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार गएको बैशाख महिनामा ४ सय ५७ जनाले राहदानी बनाएकामा जेठ महिनामा त्यसमा वृद्धि भई ५ सय ४७ पुगेको छ ।
यो संख्या गएको चैत्र महिनामा ४ सय ९६ रहेको थियो । वैदेशिक रोजगारीमा जाने र हाल बेलायत सरकारको आवासीय भिसाका कारण विदेश जानेको संख्यामा वृद्धि भएकाले राहदानी बनाउनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटका नायब शुब्बा लोकराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको फागुन महिनायता २ हजार १ सय ४२ जनाले विदेश जाने प्रयोजनका लागि राहदानी बनाएका छन् ।

बिरामी भएकाले स्कुल बन्द

तनहुँ अनलाईन जगन्नाथ पौडेल असार ४ । तनहुँमा जेठ महिना देखि यता गर्मीले बिरामी को संख्यामा वृद्धि भएको छ । बन्दीपुरका एक प्रवक्तका अनुसार हिजो मात्र बन्दीपुर असपतालमा मात्र ११३ जनाले जचाँएका थिए । कुनै दिन राम्रा डाक्टर नभएको भन्दै अन्यत्र जाने बिरामी हरु ऐले लाईन लएर टिकट लिन बसेका देखिन्छन ।दैनिक रुपमा यस्ता बिरामीहरु आउने गरेको यहाँका एक चिकित्सक ले बताउनु भयो । रुघाखोकीटाउको दुख्ने जस्ता रोघ ले सताउन थालेको छ । यस्को असर खास गरेर बालबालीकालाई परेको छ हिजै मात्र बन्दीपुर नोटरडेममा ६९ जना स्कुल आउन सकेनन् बिरामी भएकै कारण आज देखि ४ दिन सम्मको लागी यो बोडिग् स्कुल बन्द भएको घोषणा गरेको कुरा स्रोतले बताएको छ । यो क्रम दमौलीडुम्रे लगायत धेरै ठाँउमा असर परेको छ प्रचण्ड गर्मीका कारण बिरामी हुन पुगेका स्थानीय बासी हरु राम्रो उपचारका लागी पोखरा नारायणघाट काठमाण्डौ जाने गरेका छन हाल दमौलीको तापक्रम ४४ डिग्री पुगेको छ । प्रत्येक घरमा एक सदस्य बिरामी नभएको पाउन मुस्कीलै छ । यो सायद गल्फ देशहरुमा जत्तिकै गम्री भएको स्थानीय बासिन्दा हरुले सुनाउन थालेका छन् ।

0 comments:

Post a Comment