"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:42 AM
Posted by Suman sudha Bagale

गाँठवाला मर्द खोज्दै कोमल
कहिले गज्जबको तन्नेरीले गाजले नानी भनेर जिस्क्याउँदा लाजैले भुतुक्कै भएको बताउने त कहिले पोइला जान पाऊँ भन्दै प्रेमी खोज्ने गरेकी गायिका कोमल वली अब भने मनमा आँट अनि गोजीमा गाँठ भएको मर्दको खोजीमा छिन् । शनिबार राजधानीको नारायणस्थानमा यही गीतमा कम्मर मर्काइ-मर्काई नाच्दै थिइन् कोमल । गाइरहेकी थिइन्,
कसलाई के भनूँ र खोइ
मनमा आँट भाको
गोजीमा गाँठ भाको
यत्तिको मर्द भेट्टिन कोही
अझैसम्म पनि उनले चाहेजस्तो मर्द भेट्टिको छैन रे ! 'त्यही भएर बिहे नगरेकी नि' टन्टलापुर घाममा विवाहित महिलाको झैँ रातो साडी र गहनाले झकिझकाउ भई आफ्नो गीतको म्युजिक भिडियोको सट दिइरहेकी कोमलले भनिन्, 'यसपालि दिदी-बहिनीलाई कम्मर भाँची-भाँची नचाउने सुरुमा छु । गीत पनि सुन्नेबित्तिकै नाचूँ-नाचूँ लाग्नेखालको छ ।' नजिकिँदै गएको हिन्दुनारीको महान् पर्व तीजलाई लक्षित गरी गायिका कोमलले बजारमा ल्याउन लागेको एल्मब भेटिएन यत्तिको मर्द कोही को एउटा गीतको भिडियोको छायांकन भइरहेको थियो त्यहाँ । वरपर दर्जन युवतीलाई साथ लिएर आफू बीचमा नाच्दै थिइन् उनी । कोमलको उक्त गीतको संकलक प्रेम बराल रहेका छन् भने लय निकालेका हुन् मिबम क्षेत्रीले ।
गायिका कोमलले पोइला जान पाऊँ गीत बजारमा ल्याएपछि उनलाई 'काउन्टर' दिँदै उनै गायक मिबमले 'मैले ल्याउन पाऊँ' नामक एल्बम बजारमा ल्याएका थिए, जसले गर्दा गायिका कोमल र गायक मिबमबीच विवाद उत्पन्न भएको थियो । तर, शनिबार कोमल र मिबम एउटै भिडियोमा सँगै अभिनयरत थिए । खास कुरा के हो ? 'पहिला जे भो-भो । एउटै कुरालाई मनमा लिएर बसिरहनु ठीक होइन । त्यसैले अहिले सँगै काम गरिरहेका छौँ,' कोमलले भनिन्, 'कला व्यवसायी हौँ हामी । मिसअन्डरस्ट्यान्डिङ क्लियर भइसकेको छ ।' भिडियो सुटिङमा गायक मिबम गायिका कोमलले खोजेझैँ 'गोजीमा गाँठ भएको' मर्दको भूमिकामा देखिँदै छन् । श्रोता र दर्शकलाई नौलो स्वाद दिनका लागि नयाँ एल्बम ल्याउन लागेको कोमलले बताइन् ।

0 comments:

Post a Comment