"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:30 AM

कथा ः आमा

Posted by Suman sudha Bagale

कथा ः आमा
राजु सिम्खडा
आमा यो शब्द आफैमा प्यारो साथै पवित्र छ । शायद प्रत्येक शिशुले बोल्ने पहिलो वाक्य नै यहि होला त्यसैले त यो श्ाब्द स्वत गौरवन्वित छ । यहि दुइ अक्षरबाट बनेको शब्द सुन्नलाई कयौ नारीहरु तड्पिन्छन कति महत्वपुर्ण हुन्छ उनीहरुलाइ यो आमा भन्ने शब्द । कति दुःख पिडाहरु भित्र रुमालिन्छन् यहि दुइ शब्दकोलागी । आफनो प्रत्येक पाइलाहरुमा सम्झौता गर्छन् केबल यहि शब्दकोलागी । तर कहाँ सबैलाइ यो सौभाग्य मिल्दोरहेछ र यहि शब्द कसैलाइ बरदान बनेर आउदो रहेछ त कसैलाइ अभिषाप बनेर । मपनि यहि दुई शब्द बिचको सँयोग हुँ आमाको लागी बरदान साबित थिएँ त म आफनै लागी अभिषाप । आमा तिमी कति भाग्यमानी रहिछौ यो स्वार्थीहरुको दुनियुमा तिमीलाइ आमा भनेर पुकार्ने त कोही छ शायद तिमीभन्दा भाग्यमानी त म रहेछु विना कुनै सšकोच अनी तपस्यामा नै तिमीलाइ आमा भनेर पुर्कान त पाएँ ।
आमा तिमी कति खुशी थियौ हगी त्यो पल जब तिम्रा कोखबाट राम र लक्ष्मण अबतारको रुपमा जन्मिएका थिए । तिमी गर्वका साथ भन्न सक्थ्यौ नि म आमा हुँ भनेर । कति गर्व थियो होला तिमीलाइ आफनो कोख प्रति । जब तिम्रो ति अबतारहरु तिम्रो दुःखमा आशुँ बनेर चुहिन्थे त खुशीमा मुस्कान बनेर छाँउथे । तिम्रो हरेक दुःखमा परेड खेल्थे तिमी हिड्ने बाटोका काँडाहरुसामु हतियार बनेर उभिन्थे । शायद त्यो पल तिमीले आफनो गर्भको पिडापनि विसर्िन्थ्यौ होली । सोच्थ्यौ होला सँसारकै भाग्यमानी आमा रहेछु भनेर । आमा तिम्रो त्यो दाहिने हात थियो नि जसले यो सँसारलाइ नै चुनौती दिदैथियौ नि । शायद तिमीले आफनो खुशीको क्षणमा भाग्यलाइ पनि चुनौती दिएकी थियौ कि त्यसैले त होला आज तिमीले दुनियाँलाई ठडाउने तिम्रो त्यो दाहिने हात चटक्क चुडेर लग्यो । आमा तिम्रो मुटु कति विक्षप्त भयो होला त्यो क्षण वास्तवमा आमा म त्यही बेलामा मर्नुपथ्र्यो । जब उसलाइ यो रुढिबादी समाजमा लिप्त परीवारले बाबुको मुल्याको सँज्ञा लगाइ मार्ने कसरत गर्दैथिए । त्यति बेला तिमीले किन रोक्यौ आमा शायद तिमीले नरोकेको भए दुइ चार दिन तिम्रो आखा हरु रसाउथेँ । यो समाज र परिवार त खुशी हुन्थ्ो नि । हेर त आज कतिलाइ रुवाएको छ । कतिलाइ विचलित बनाएको छ । हुन त आमा तिमी महान रहेछौ । अनपढ भएरपनि अन्धविश्वासले रुमालिएको रुढिबादी समाज र आफन्तले दिएको लान्छनाको बाबजुधपनि चुनौती दिएर उभियौ आफुले खाइ नखाइ हुर्कायौपढायौ बढायौकति दिन भोकै रातमा जाग्राम बस्यौ होली एउटा मिठो सपना बुन्दै सँघर्ष गर्दै गयौ तर आज तिम्रा ति सपनाहरु सबै सिसा सरी फुटेर गए तिम्रा सँर्घर्षका पाइलाहरु सबै निरर्थक बने तिमी धेरै रोएकी हौली । म पनि धेरै रोएँ । आमा यो सुख्खा रापिलो मरुभुमीमा डाँको छोडेर रोएँ बालुवा भिज्ने गरी रोएँ । आखाको आशुँ रित्तिने गरी रोएँ । जति रोएपनि आशँु बगेको डेाव गालामा बस्दोरहेनछ ।
आमा म कति अभागी रहेछु । यस्तो दुःखको क्षणमापनि तिम्रो आँखाको आशुँ पुछन् आउन सकिन न त तिम्रो सामु नै आएर भन्न सके आमा म छु नि टाढा थिएँ आमा जहाँ एक्लै तिम्रो माया र सम्झना मुटुभरी सँगालेर अनेकौ बाधा अडचनसँगै यात्रा गर्दै थिए बमगोला र लन्चरको बिचमा बसेर आफुलाइ जोगाउने प्रयास गर्दे थिएँ रापिलो घाममा धुलो र धुवाँसँगै मडारिदै थिएँ । थाहा छ आमा तिमीलाइ जब जब बम र लन्चरको बस्रा हुन थाल्छ । साथीहरु सबै भगवानको नाम जपेर बस्छन् । तर आमा म त्यो क्षण तिम्रो नाम जपेर बस्छु केवल आमा तिमीलाइ सम्झेर किन कि जन्मदिने नै भगवान होइन र आमा तिम्रो कोखको घाउ भएरपनि पिडा कसरी टाढा रहन सकुलाँ र त्यसैले त भनिन्छ नि पिडा र घाउ एकअर्कामा पुरक हुन ।
आमा थाहा छ नि तिमीलाई हगी हामी एक रथका दुई पाšग्रा थियौ एक अर्कामा परिपुरक थियौ तिमी प्रति कति समर्पित थियौ हामी तिमीले देखाएको गोरेटोमा तिमीलाइ डोराउदै थियौ खै आमा तिम्रो सुनौलो रथमा कुन पापीको आखाँ लागेछ । अनायासै ठुलो हुरी मडारिएर आयो र उसलाइ बडारेर तिमीलाइ टुहुरो बनाइ छाडेर गयो । बिच बाटोमै मलाइ घाइते बनाएर एक्लै छाडेर गयो । आमा म त गलिसकेको छु यो मरुभुमिमा सँघर्ष गर्दा गर्दै तातो बालुवाको रापले पग्लीसकेको छु । खै आमा म तिमीलाइ कसरी तिम्रो गन्तब्यसम्म पुराउन सँकुला र । तिमीलाइ कसरी खुशी राख्न सँकुला र आमा । मन अति आत्तिन्दै छ कता कता डरले डेरा जमाउदैछ कतै तिमीलाइ साहाराहिन बनाएर यहि मरुमुभिको क्षितिज भित्र बिलाउने पो हो कि
आमा जिन्दगीको यात्रामा सँर्घष गर्दा गर्दै मृत्युसँग लडदा लडदै कतै यहि मरुभुमिमा बिलिन हुन पुगेछु भनेपनि अहँ मलाइ सम्झेर एक थोपा मोतीमा दानासरी त्यो अनमोल आशँुले तिम्रो नयनहरु न्भिजाउनु ल । आमा हुँ नि भन्दै मान्दैन होला तिम्रो मन । जन्मजात नारी भइ कोमल ह्दयकी खानी भएर जन्मलियौ तर यथार्थसँग जिवन सम्झौता गर्दै आउनुभयो । मेरो अन्त्यलाईपनि मृत्युसँगको सम्झौता भनेर आत्मासाथ ग्रहण गर्नु ल ।

0 comments:

Post a Comment