१७ गते अर्थात नर्मिलाको विहेको दिन ।
आज असार १७ गते मतलब नर्मिलाको विहेको दिन । काममा जानपनि मन मरेर आयो । कुनै वाहानामा विदा लिएर बसेँ । मनमा अनेकौ तरँšहरु आउन थाले । झुपडी घर भएपनि नाना धरीका रँगीचँगी कागजका टुक्रा र बेलुनहरुले सिगारिएका होलान् । दौलो अगाडी आगनीमा केराको थम्बाको जग्या बनेको होला । पण्डित निर्मलालाइ आफनो कर्मकाण्ड गराउदै होलान् । पाहुनाहरुको ओइरो होला भोज भतेरको सुरु भयो होला माथिल्लो बारीमा । सबै गाउमा मानीसहरु हातमा उपहार लिइ नया पोशाकमा सजिएर नर्मिलाकै घरमा धाउदै होलान आर्शिवाद दिनको लागी । कस्ती भइ होली हात भरी राता चुरा हल्केला भरि मेहन्दी राता सारी रातै चोलो रातो घुम्टोले शिर ढाकेकी होली । परि जस्ती भएर सिँगारिएकी होली । छ नि एउटी नक्कली प्रेमा मेकअप गर्न त गाउभरिका दुलही सिँगार्न अगाडी सर्छे । कसैले नजोको व्युटिसियन तालिम दिएकी रे । हुन पनि प्रेमाको हातमा जादु नै छ कि क्याहो सबै दुलहीहरुलाइ हेरी रौ जस्ती बनाइदिन्छे ।
आज विहानै वाडुल्की लागेको थियो कतै मलाइ त सम्झिएकी त थिइन होला र । काकाकी छोरी मेरो बहिनी राधिकालाइपनि कति नरमाइलो लाग्ोकेा होला भाउजु बनाउने कति चाहानाले दिनरात केहि नभनी कन चिठीपत्र आदानप्रदान गर्न भ्याउथी । मैले पठाएको पैसा निकाली होली नि आइएमीबाट । घरमा थाहा नदिनु भनेको थिएँ कतै घरमा त थाहा पाए भने मलाइ बस्ाीखानु हुदैन । हे भगवान बहिनीलाइ खुसुक्क पैसा पठाएको थाहा नदिनु ल मेरो परिवारलाइ । के दिन्छे होली मलाइ नै सोधेकी थि मलाइ त त्यति थाहा नै छैन विवाहमा के दिन्छन् भनेर । मैले जे तिमीलाइ इच्छा लाग्छ त्यहि दिनु भनेको थियाँ । मेरी बहिनीपनि कति अभागी रहिछे । मेरो कारणले विचरीलेपनि मन दुखाउनु पर्यो । पिर नगर राधिका तिमीपनि कुनैदिन पराइको घर गइहाल्छौ । राधिकालाइ सम्झाउने कोशीश गर्छु म । नैामति बाजा बजाएर डोलीमा चढेर विनोद हरिया दुवोको मालामा दौरासुरवार ढाकाको टोपी कालो छाता अेाढेर सुपारी टोक्दै होला । अबको केहि समयमा नै स्वयमबरको माला नर्मिलाले विनोदको काधमा लगाइदेली र विनोदलेपनि औठि लगाइदेला । त्यसपछि त पण्डितको निर्देशनमा जग्यााको काम सुरु होला । नर्मिलाको बाबा मुडुले टाउको लिएर न्याउरो मानेका होलान् । भित्री मनले विनोदको जस्तो परिवारमा छोरी दिन पाउदा खुशी नै भएपनि घरकी लक्ष्मी जस्ती छोरी पराइको हातमा दिदा त रमाइलो कुन अभिभावकलाइ लाग्ला र । अ हो नैा पो बजिसकेछ यसको मतलब नेपालमा ११ बजिसकेछ । अब त नर्मिलाको घरमा पुगीसक्यो होला जन्ती । जग्याको काम सकाएर भोज भतेर तिर पो लागे कि । मलाइ भने आज खान बनाउन मन पटक्कै छैन । हुन त खानपनि के को लागी खाने हो र जस्तो लागी सक्यो । खाना बनाउन सुरु गर्छु भन्छु ज्यान गरुšगो भएर आउछ फेरी ओछ्यान मै ढल्छु र विगतका केहि क्षणहरु मेरो मानसपटलमा झकिल्न थाल्छन् । पिर नर्गनु न सुमन तपाइ र म मिलेपछि त मेरो बाबा आमाले त के यो समाज पनि हाम्रो बाटो रोक्न सक्दैन । म मात्र तपाइकी हुँ । मैले कहिल्यै तपाइ विनको जिन्दगी सोच्नपनि सकेकी छैन । मेरो विश्वास लाग्दैन र तपाइलाइ । त्यस्तो लाग्छ भने मलाइ अहिले नै यहि औला काटेर सिउदो सजाइदिनु । म नर्मिलालाइ अँगालेामा बेरेर म तिमीलाइ भित्राउनु पूर्व नै मरे भने के हुन्छ नि तिमीले सोचेकी छौ नाइ यो अशुभ नबोल्नु भन्दै काखीमा घोप्टो परेर रुन्छे।
म झस्कीन्छु मेरो काखी खाली अहिले निर्जीव तकिया मलाइ हेर्दै जिस्काएजस्तो लाग्छ । मेरा आशु टलपलाउन थाले । विगतका क्षणले मलाइ कमजोरी बनाएर फेरी नर्मिलाको खुशीको दिनमापनि आशु झार्ने बनायो । शुभकार्य नर्मिलाको भइरहेको बेलामा छाक छोडन त भएन भनि मैलेपनि दुइचार गास टिप्ने विचार गरेर भात बसाले र तरकारी काट्दै थिएँ मन मेरो एकदम एकोहोरीएको थियो दालको सिठीले गर्दा चकुले हातका औला सेरिन पुगेछ । रगतको थोपाहरु चुहिन थाले । दुइ बजिसकेको रहेछ । माथी राखेको देवताको फोटोसँगैको घण्टी झरेर थालमा झर्यो मलाइ लाग्यो विनोदले निर्मलाको सिउदो भरिदियो । मन मडारिएर आयो । अब नर्मिला मेरो हुने भन्ने एक अँशपनि बाकी रहेन । आफैले सम्माहान्न कोशीश गरेँ तर पापीमन कहा मान्दोरहेछ र । झन बढि अतालिन थाल्यो । बाच्नुको कुनै सार भएन जस्तो लागेर आयो । यो चरित्रले यस्तो देखायो कि त्यति बेलासम्मपनि म मा झिनो आश रहेछ कतै नर्मिलालाइ आफनो बनाउने मेरो चाहाना पुरा हुन्छ कि त । मेरो हातबाट रगत बगीरहयो रोक्न मन लागेन बग्न दिए जति बग्न सकोस भनेर । कन्यादान सिउदो सजिएपछि त झन राम्री भइ होली काली । गलामा मँगलसुत्र सिउदोभरि राताम्मै सिन्दुर तारै पहिरन निधारभरि टिको । विदाइ पो गरिसकेकि त । ल बेला भइसकेको रहेछ । अभिभावकलाइ हतार भएको होला घरमा पुराउन । घरमा गएरपनि शाशुसँग मानापाथी इस्टमित्रलाइ मुहार देखाउने काम गर्नुपर्ने हेाला भने विनोद सुहागरातको कल्पनामा डुवेको होला नकचरो । ल मेरो तरकारीले तितो डढेको गन्धले फेरी मलाइ झस्कायो हत्त न पत्त पानी खनाइदिएँ । तर सबै डढीसकेकाले खान लाएकको देखिन मैले । दाल सँगै भएपनि दुइचार गास्ाँ टिप्न थालेछु । खै त्यति खान मन भएन र साथीलाइ राखिदिएँ । बेलुकी उसले तरकारी बनाउला र खाला जस्तो लाग्यो ।
विगतका दिनहरु एकाएक गरेर मेरा यि मानसपटलमा फेरि थचल्कीन थाल्यो तिम्रो आखा किन रातो भएको म सोध्छु । तिम्रो कल्पनामा डुव्दा डुव्दा निद्रै परेन राती थाहा छ सुमन तिमीलाइ राती निद्रा पुगेनभनि मेरो आखा भोलीपल्ट यसरी नै रातो भइराख्छ । त्यसैले मलाइ पिर नदेउ ल फेरी मेरो आखा अन्धो भयो भने तिमीले जिवनभर डोराएर हिडनु पर्ला नि । मेरो केश चलाउदै बेाली । मैले हल्का उसको आखा छापे र ओठले आखालाइ चुमेर ल अब आखालाइ केहि हुदैन भनि उनीको मनमा सान्तोना दिएँ । मलाइ कता कता डर लागीरहेको छ कतै विनोदले फेरी नर्मिलालाइ राती साहै नै दुःख दिन्छ कि फेरी उसको आखा रातो भयो भनि बिचरीलाइ दिनभरी विझाउछ । विनोद राती अबेर सम्म दुःख नदेउ ल । मेरा हातबाट फेरी खुन बग्न सुरु गरेछन् साथी आएर र पो मलम लागएर रगत थमाइदियो । रात निकै छिप्पीसकेको रहेछ । सुत आजको पैसा काटिहाल्यो अब कसरी धेरैपैसा पठाउछस् घरमा भन्दै थियो साथी । मेरा आखा लागीसकेका थिए ।
आउदो १७ गते नर्मिलाको विहे
सुमन बगाले
परदेशमै भएपनि म मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नšग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि
अल्लाघरे पल्लाघरे साइला माइलाले डलर र दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मस्र्याšदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर ।.Full Story>
Song : Lose Control
Suman Bagale
You don’t remember my name
I don’t really care
Can we play the game your way?
Can I really lose control?
Just once in my life
I think it'd be nice
Just to lose control just once
With all the pretty flowers in the dust
Mary had a lamb
His eyes black as coals
If we play very quiet, my lamb
Mary never has to know
Just once in my life
I think it'd be nice
Just to lose control just once
If I cut you down to a thing I can use
I fear there will be nothing good left of you
Who know the girl desire?
Suman Bagale
Namaste Dear Reader, today I am going to write some word about my internet friend who is in Nepal working as a office secretary in supreme court, since 3 yrs. Since 6 yrs to till now I am using computer every my work. When I am in Nepal I worked as a computer technician in New Road. At that time only certain period i use to internet coz of phone line, if I use more internet number of phone line are busy so I don’t try using more internets. Just send and receive mail. Actually I didn’t know many more about internet site also. Rolling with time now I am in Iraq working as an associate coordinator Instructor of safety, my office time is 12 hrs but I have only 1 to 3 hour class then I am free for whole day. There are 2 Admin Assistant they keep all record of every class. Previous time I am an admin assistant few month ago. I upgrade my job position. Here is a painful clue I upgrade in job position but my salary is not increase. My work is just giving the information of new safety rule for workers who are working in my company.View All>
एसएलसीमा ६८ प्रतिशत उत्तीर्ण १४ असार, भक्तपुर ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा प्रकाशित भएको छ । यस बर्षको एसएलसी परीक्षमा नियमिततर्फ ६८ प्रतिशत र एक्जाम्टेडतर्फ ४७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।यसबर्षको एसएलसी परीक्षामा ५ नम्वर ग्रेस मार्क दिइएको थियो । परीक्षामा नियमिततर्फ तीन लाख ४४ हजार १ सय ५१ जना र एक्जाम्टेडतर्फ ४७ हजार ५ सय ५२ जना गरी कुल ३ लाख ९१ हजार ७ सय ३ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले बताउनुभयो । कसरी थाहा पाउने ? प्रकाशित परिक्षाफल टेलिफोन, वेबसाइट तथा एसएमएसवाट थाहा पाउन सकिने ब्यवस्था छ । नेपाल टेलिकमका जीएसएम मोवाइलका ग्राहकहरुले १४०० मा एसएमएस गरी नतिजा थाहा पाउनसक्नेछन । यसका लागि slc पछि स्पेश दिई सिम्बोल नम्बर १४०० मा पठाउनुपर्नेछ । यस्तै ल्याण्डलाइन र सीडीएमएका ग्राहकले १६०० मा डायल गरी तथा युटिएलका ग्राहकले १२१५ मा फोनगरी प्राप्त निर्देशनका आधारमा नतिजा सुन्न सक्नेछन् । यस्तै निजी क्षेत्रले उपलब्ध गराएका बिभिन्न एसएमएस नम्बरवाट पनि नतिजा थाहा पाउन सकिनेछ । यस्तै प्रकाशित परीक्षाफल विद्यार्थीहरुले इन्टरनेट सेवा www.soce.gov.np. www.boc.gov.np, www.moe.gov.np, www.slc.ntc.net.np , करिब आधा दर्जन एफएम रेडियो, तथा सोमबार प्रकाशित हुने दैनिक पत्रिकामार्फत नतिजा थाहा पाउन सकिने छ ।

गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ ।
लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ ।
भ्रस्ट र अपराध दिनहुँ जसो बढेका छन्
पुलीस प्रशासन र नेता यिनकै मित रैछ ।
आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुसु्रदापनि नमेटिने कस्तो धित रैछ ।
सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टिे रित रैछ ॥
वयस्कका लागि मात्र 'पलपलमा'
काठमाडौं असार ११ - सुटिङकै बेला 'हट सिन' का कारण चर्चामा आएको फिल्म 'पलपलमा'लाई सेन्सर बोर्डले 'एडल्ट' सर्टिफिकेट दिएको छ। सोमबार सेन्सर गरिएको यो फिल्मलाई कथावस्तुका कारण एडल्ट फिल्मको सर्टिफिकेट दिइएको बताइएको छ।सेन्सरले 'वयस्कका लागि मात्र' भन्ने सर्टिफिकेट दिएपछि यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् । "चलचित्र विकास बोर्ड र सेन्सर बोर्डले यसको अनुगमन गर्नेछ" सेन्सर सदस्य सुचित्रा श्रेष्ठले भनिन् ।रमित ढुंगाना र सुजाता सिटौलाका केही दृश्य पहिले नै चर्चामा आएका भए पनि सेन्सरले कुनै प

गितार
एक भक्तजनको लामो तपश्या देखेर महादेव प्रशन्न भइ भनेछन् ।
महादेव ः बालक के बर माग्छौ माग म दिन हाजिर छु ।
भक्तजन ः प्रभु मलाइ गितारको आवश्यकता छ । मलाइ गितार दिनुस ।
महादेव ः यति लामो तपश्या जाबो गितारको लागी । अरु नै माग ।
भक्तजन ः मलाइ गितार नै आवश्यक छ प्रभु । गितार नै दिनुहोस ।
महादेव ः कस्तो पटमुर्ख रहेछ । गितार भएको भए म कँहा डमरु बोकेर हिड्थ्याँ र ।
1 comments:
Αfteг looκing intο a fеw of the blοg агtіcles on уour blog, І truly
аppreciate your way οf bloggіng.
I sаved іt tο mу bookmaгk webρage list and wіll bе сhecκing back soοn.
Рleasе visit my webѕite too and tеll
me whаt you think.
Taκe a look at mу blog how to get a quick loan
Post a Comment