सेना समायोजनको सम्भावना छैन : प्रधानमन्त्री
काठमाडौँ, भदौ १२/प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने सम्भावना नरहेको बताएका छन् ।
लडाकुहरूलाई प्रयोग गरेर सत्ता कब्जा गर्ने योजना माओवादीले बनाएको आरोप लगाउँदै प्रधानमन्त्री नेपालले माओवादी लडाकुलाई समायोजन गर्ने सम्भावना नरहेको बताएका हुन् ।
एकीकृत नेकपा माओवादी शिविरमा रहेका लडाकुको वलमा सत्ता कब्जा गर्ने दाउमा लागेको उनले आरोप लगाए । शनिबार काठमाडौँ उपत्यकामा रहेको मदन-आश्रति स्मृत प्रतिष्ठानको निर्माणाधिन भवनको निरीक्षणपछि पत्रकारहरूसँग प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री नेपालले माओवादीले नेपाली सेनामा आफ्ना लडाकुलाई मिसाएर सेनालाई कमजोर बनाउन चाहिरहेको पनि आरोप लगाए । साथै, उनले माओवादीले सङ्क्रमण लम्ब्याएर राजसँस्था फर्काउने अभियानमा लागेको आरोप पनि लगाए । माओवादीको राजसँस्था फर्काउने अभियानकै कारण सहमति हुन नसकेको उनको भनाइ छ ।
दूतावासको विज्ञप्तिको तत्काल प्रतिवाद गर : संञ्चार संगठनहरू
काठमाडौँ, भदौ १२/नेपाली सञ्चारमाध्यमलाई आक्षेप लाग्ने गरी भारतीय दूतावासले शुक्रबार निकालेको विज्ञप्तिको तत्काल प्रतिवाद गर्न नेपालका स्वतन्त्र सञ्चारमाध्यमसँग सम्बन्धित सङ्घ संगठनहरूले नेपाल सरकारलाई आग्रह गरेका छन् ।
ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका अध्यक्ष विष्णुहरि ढाकाल, टेलिभिजन ब्रोडकार्स्र्टस नेपालका अध्यक्ष आरके मानन्धर, नेपाल मिडिया सोसाइटिका अध्यक्ष कैलाश सिरोहिया र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष मिनबहादुर शाहीले आज संयुक्त विज्ञप्ति निकालेर भारतको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै भारतीय दूतावासले माफी माग्नुपर्ने उल्लेख गरेका छन् ।
नेपाली सञ्चारमाध्यमको र्सार्वभौम अधिकार, कुटनीतिक मर्यादा र विश्वव्यापी प्रेस स्वतन्त्रताको मूल्य मान्यताको उल्लङ्घन गर्दै भारतीय दूतावासले विज्ञप्ति निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
भारतीय दूतावासले भारतीय संयुक्त लगानीमा उत्पादन भएका खाद्य वस्तुहरूका बारेमा आएका केही समाचारको खण्डन गर्दै ती समाचारको विश्वास नगर्न आग्रह गरेको थियो ।
This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient. Any review, use, distribution, or disclosure by others is strictly prohibited. If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.
1 comments:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment