"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

 काठमाडौ, भाद्र -
नेपाली सेनाले राष्ट्रसंघीय मिसन -अनमिन) लाई हटाउन राजनीतिक नेतृत्वसँग 'लबिङ' सुरु गरेको प्रधानसेनापति छत्रमानसिंह गुरुङले माओवादी लडाकुको रेखदेख, समायोजन पुनःस्थापनासम्बन्धी विशेष समितिमा प्रतिनिधित्व गर्ने माओवादीबाहेकका राजनीतिक दलका नेताहरूसँग भेटी अनमिनलाई फिर्ता पठाउन लबिङ थालेका हुन् अनमिनको म्याद भदौ ३० मा सकिँदैछ

विशेष समिति संयोजकसमेत रहेका प्रधानमन्त्री माधवकुमार नेपाल, सदस्यहरू एमाले महासचिव ईश्वर पोखरेल, संस्कृतिमन्त्रीसमेत रहेका कांग्रेसका मिनेन्द्र रिजाल, रामशरण महत शान्तिमन्त्री रकम चेम्जोङसँग सेनापति गुरुङले भेटिसकेका छन् सबैसँगको भेटमा सेनापति गुरुङले बेग्लै प्रयोजनका लागि नेपाल आएको अनमिनको औचित्य सकिएकाले फिर्ता पठाउन आग्रह गरेका थिए

गुरुङले समिति सदस्य तथा मधेसी फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्तासँग पनि टेलिफोनमा कुराकारी गरी भेटका लागि समय मागेका छन् भने फोरम लोकतान्त्रिकका जितेन्द्र देवसँग पनि भेट्ने तयारी गरेका छन् विशेष समितिमा यीबाहेक माओवादीका वर्षमान पुन जनार्दन शर्मा सदस्य छन्

एमाले नेता पोखरेलले मुलुकको प्रमुख सुरक्षा निकायका रूपमा सेनाले आफ्नो धारणा राख्न पाउने बताए 'अनमिनको म्याद थप्ने/नथप्ने निर्णय राजनीतिक दलको सहमतिमा सरकारले गर्छ,' उनले भने कांग्रेस नेता महतले प्रधानसेनापतिले आफूसँगको भेटमा अनमिनलाई फिर्ता पठाउन सुझाव दिएको बताए

'
उहाँको जोड अनमिनलाई फिर्ता पठाउनेमै थियो,' महतले भने, 'नेपाली सेनालाई अनमिनको अनुगमनबाट हटाउने शिविरहरूको अनुगमन कडाइसाथ गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो '

मन्त्री रिजालले विशेष समितिमातहत सचिवालय गठन गरेर पनि शान्ति प्रक्रियाका बाँकी काम सक्न सकिन्छ भन्ने सेनापतिको धारणा रहेको बताए 'त्यसैले प्रधानमन्त्रीकै सल्लाहमा सेनापतिले समितिका सदस्यहरूसँग भेट थाल्नुभएको हो,' उनले भने

सेनापतिले भेटेका सबै नेतालाई अनमिन राख्नु नपर्ने कारण त्यसको विकल्पबारे तीन पृष्ठ लामो प्रस्तावसमेत गरेको उच्चस्रोतले बतायो 'सेनाकै एक पूर्वरथीको नेतृत्वमा विशेष समितिमातहत सचिवालय गठन गरी उसैले माओवादी लडाकु हतियारको व्यवस्थापन गर्न सक्ने उहाँको प्रस्ताव ,' एक नेताले भने सेनापतिले पूर्वरथीत्रय सीबी गुरुङ, बालानन्द शर्मा वा अमर पन्तलाई सचिवालयको नेतृत्व दिन सिफारिससमेत गरेको ती नेताले जानकारी दिए

सेनापतिसँगको भेटबारे शान्तिमन्त्री चेम्जोङले गत शुक्रबार कान्तिपुरसित भने, 'सेनापतिले विस्तृत शान्ति सम्झौताको प्रावधानअनुरूप मुलुकमा दुई पक्षको अवधारणा समाप्त भइसकेकाले वैकल्पिक व्यवस्था गरी अनमिनलाई फिर्ता पठाउनुपर्ने धारणा राख्नुभयो ' समितिमा माओवादीतर्फका सदस्य पुन शर्माले भने सेनापतिसँग आफूहरूको भेट नभएको हालसम्म भेटका लागि समय पनि नमागिएको बताए

रक्षामन्त्री विद्या भण्डारी भने सेनापतिले दलका नेता भेट्दै हिँडेकामा असन्तुष्ट रहेको उनीनिकट स्रोतले बतायो 'अनमिन फिर्ता पठाउनुपर्ने सेनाको धारणा हो भने संस्थागत रूपमा सम्बन्धित मन्त्रालयमार्फत प्रस्ताव गरेको भए राम्रो हुन्थ्यो, मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस गरी  छलफल गर्न सकिन्थ्यो,' मन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'सेनापतिजस्तो व्यक्तिले यसरी नेताहरू भेट्दै हिँड्नु राम्रो भएन '

केहीअघि नेपाल भ्रमणमा आएका श्यामशरणसँग आफूलाई नसोधी भेटेकामा पनि रक्षामन्त्रीले असन्तुष्टि जनाएकी थिइन्

सेनाले गत जेठमा चार महिनाका लागि म्याद थप्नुअघि पनि अनमिनलाई फिर्ता पठाउन वा आफूलाई उसको अनुगमनबाट हटाउन रक्षामन्त्रीसँग आग्रह गरेको थियो 'रक्षामन्त्रीले त्यतिबेलै प्रस्ताव ल्याउनुस् मन्त्रिपरिषद्मा छलफल गराउँछु भन्नुभएको थियो तर सेनाले अनमिन बोलाउँदा हामीलाई सोधेको थियो ? भन्दै प्रस्ताव ल्याएन,' स्रोतले भन्यो





जेएमसीसीबाट फिर्ता बोलाउन पनि लबिङ

नेपाली सेनाले अनमिन नेतृत्वमा माओवादीसमेत सम्मिलित संयुक्त अनुगमन समन्वय समिति -जेएमसीसी) बाट आफ्ना प्रतिनिधि फिर्ता बोलाउनसमेत लबिङ सुरू गरेको विस्तृत शान्ति सम्झौताअनुरुप सेनाले जेएमसीसीको औचित्यमाथि नै प्रश्न उठाइसकेपछि बैठकमा जानु उपयुक्त नहुने भन्दै सेनाले रक्षा मन्त्रालयमार्फत फिर्ताको आग्रह गरेको हो

अनमिनका कर्णेल मार्कोस मिरान्डा अध्यक्ष रहेको नौ सदस्यीय जेएमसीसीमा नेपाली सेनाका सहायकरथी पूर्णचन्द्र थापा माओवादी सेनाका कमान्डर नन्दकिशोर पुन उपाध्यक्ष छन् त्यसैगरी सेनाका महासेनानीद्वय अरूण घले सुदर्शनविक्रम राणा माओवादीका चन्द्रप्रकाश खनाल वीरेन्द्र बुढामगर सदस्य छन् अनमिनबाट भने बैठकका बेला उपलब्ध जुनसुकै दुई अधिकारीहरु उपस्थित हुने गरेका छन्

जेएमसीसीका उपाध्यक्ष सहायकरथी थापा, सदस्य महासेनानी राणा प्रमुख सेनानी सानु तामाङले सोमबार रक्षामन्त्रीलाई भेटी आफूहरुलाई फिर्ता बोलाउनुपर्ने कारणबारे जानकारी गराएका थिए राणा हालै महासेनानीमा बढुवा भएकाले उनको स्थानमा प्रमुख सेनानी तामाङ पदस्थापन भएका

छन् तीनै जना सैनिक अधिकृतले रक्षासचिव नवीन घिमिरेसँग पनि भेट गरेका थिए 'रक्षामन्त्रीले यस विषयमा प्रधानमन्त्रीसँग सल्लाह गरी छिट्टै निर्णय लिइने बताउनुभयो,' स्रोतले भन्यो लगातार दुईपटक स्थगित भइसकेको जेएमसीसी बैठक आगामी बिहीबारका लागि तय गरिएको पछिल्लो बैठक सेनाको दबाबमा सारिएको थियो सेनाले बैठकमा सैन्य भर्नाको विषयलाई एजेन्डाका रुपमा राखे आफू सहभागी नहुने जनाउ दिइसकेको स्रोतले बतायो कुनै पनि विषयमा एकमतले निर्णय लिनुपर्ने जेएमसीसीको प्रावधान , कुनै एक पक्ष अनुपस्थित भए बैठक नै

बस्दैन स्रोतका अनुसार सेना आफ्नो फिर्तीको औपचारिक निर्णय नहुन्जेल बैठक सारिरहने रणनीतिमा सैनिक प्रवक्ता तथा सहायकरथी रमीन्द्र छेत्रीले विस्तृत शान्ति सम्झौतामा व्यवस्थापिका संसद्को गठन भएपछि दुई पक्षको स्थिति स्वतः समाप्त हुने उल्लेख भएकाले जेएमसीसीको औचित्य सकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् 'सम्झौतामै दुई पक्षको स्थिति समाप्त हुने भनेपछि जेएमसीसीमा दुई पक्ष राखेर छलफल गर्नुको कुनै औचित्य छैन,' उनको भनाइ





प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौं -कास)- प्रधानमन्त्री माधवकुमार नेपालले अनमिनको भविष्यबारे छलफल थालेका छन् छलफलका लागि न्युयोर्कस्थित राष्ट्रसंघीय मिसनका आवासीय प्रतिनिधि ज्ञानचन्द्र आचार्यलाई समेत बोलाइएको

नेपालले सोमबार साँझ परराष्ट्रमन्त्री सुजाता कोइराला, शान्तिमन्त्री रकम चेम्जोङ, मुख्य सचिव, परराष्ट्र सचिव शान्ति सचिवलाई समेत राखेर राजदूत आचार्यसँग 'बि्रफिङ' लिएका थिए

'
उहाँ -ज्ञानचन्द्र आचार्य) लाई अनमिनको कामकारबाहीबारे अन्तर्राष्ट्रिय समुदायको धारणा सम्बन्धमा जानकारी लिन बोलाइएको हो,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले भने, 'प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूलाई बि्रफिङसमेत भयो '

रिजालका अनुसार आचार्यले एकदमै थोरै समय बाँकी रहेको अन्तर्राष्ट्रिय समुदायमा मुलुकको शान्ति प्रक्रियामा देखिने खालको उपलब्धि हुन नसकेको भन्ने गुनासो रहेको जानकारी गराएका थिए उनले शान्ति प्रक्रियासँग अनमिनको भूमिका जोडिएर आउने हुँदा समय थप्ने भए अन्तर्राष्ट्रिय समुदायमा 'लबिङ' थालिहाल्नुपर्ने सुझाव दिए

प्रधानमन्त्रीले अनमिनको म्याद थप्ने वा नथप्नेबारे छलफल गर्न बुधबार साँझ प्रमुख दलका नेताहरूको बैठक बोलाएका छन् कामचलाउ सरकार भएकाले उनले प्रमुख दलहरूको निर्णय चाहेका हुन् अनमिनको समयावधि भदौ ३० गते सकिँदैछ उसले यसअघि प्रधानमन्त्री तथा प्रमुख दलका नेतालाई छिटो निर्णय लिन आग्रह गरेको थियो

माओवादीमा जाने कमरेडहरूका नाउँमा

 भाद्र -
नेकपा -एमाले) को पृष्ठभूमि हेर्ने हो भने साना-ठूला ४० जति समूह यसमा समाहित छन् ०४९ सालपछि नयाँ परिस्थितिमा कम्युनिष्ट पार्टी निर्माणसम्बन्धी अनुभवको सैद्धान्तीकरण गर्ने कामका पक्षमा हाम्रो ध्यान केन्दि्रत थियो व्यक्तिहरूले पार्टी छोड्ने अर्को पार्टी प्रवेश गर्ने घटना व्यापक भइरहेको बेला ज्यादै अनुचित प्रतिक्रियाहरू आइरहेका थिए कुनै एउटा समूहको बढी प्रभाव भएको क्षेत्रमा अर्को समूहको कुनै नेता-कार्यकर्ता प्रवेशमात्र गर्दा बेइज्जत गर्ने, अपमान गर्ने अंगभंगसम्म गर्ने खालका घटना देखिएका थिए समूह परित्याग गरी अर्को समूहमा प्रवेश गरेका व्यक्तिहरूलाई मूल समूहका जत्था आई सो व्यक्तिलाई अपहरण गर्ने अनेक किसिमको त्रासमा पारेर पुनः समूहमा फर्काउने तथा र्फकन नमान्नेलाई ज्यानै मार्नेसम्मका घटनासमेत भए त्यसबेला एमालेले यस्ता क्रियाकलापमा अपनाउने दृष्टिकोण तय गर्न छलफल पनि गरियो मलाई अहिले सम्झना आइरहेको , त्यसबेला कमरेड मदन भण्डारीले अनुभवहरूको सैद्धान्तीकरण गर्दै भन्नुभएको थियो, 'कुनै पनि व्यक्तिले कुनै पनि राजनीतिलाई समर्थन गर्दा परित्याग गर्दा स्वेच्छाले गर्छ तर कम्युनिष्ट पार्टीमा प्रवेश कुनै पनि व्यक्तिले स्वेच्छाले मात्र गर्न पाउँदैन त्यहाँ पार्टी व्यक्तिको समान इच्छा जाहेर भएपछि मात्र पार्टी प्रवेश गर्न सकिन्छ पार्टीबाट बहिर्गमन भने व्यक्तिको स्वच्छाले मात्र हुन्छ ' उहाँले सूत्रीकरण गर्दै भन्नुभएको थियो, 'कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने ढोका असहज, बलियो धेरै अवरोध भएको हुनुपर्छ पार्टीबाट बहिर्गमनको ढोका सहज, खुकुलो अवरोधरहित हुनुपर्छ ' यसले कम्युनिष्ट पार्टीलाई सुदृढ, जुझारु, व्यापक स्वच्छ बनाउन सहयोग पुग्नेछ

गत भदौ गते दिउसो पार्टीका पुराना कार्यकर्ता रामराज रेग्मी सालिकराम पौडेल किसान महासंघको केन्द्र्रीय कार्यालयमा भेट्न आउनुभयो मसँग उहाँहरूले गत सालदेखि एमालेमा ज्यादै अपमानित हुनुपरेको दुखेसो पोख्नुभो, 'महाधिवेशनपछि अहिलेसम्म कुनै कमिटीमा संगठित गरिएको छैन जिम्मेवारी पनि छैन यस किसिमको पीडा, कुण्ठा, अपमान आक्रोश सहेर यो पार्टीमा बस्न सकिन्न त्यही भएर हामी दुवैजनाले एमाले परित्याग गर्ने माओवादीमा प्रवेश गर्ने निर्णय नै गर्यौं '

सुनेपछि मैले ती कमरेडहरूसँग संक्षिप्त रूपमा तर केही गम्भीर विषयवस्तु प्रस्तुत गरेको थिएँ मैलै उहाँहरूलाई भनेको थिएँ- कमरेडहरू, राजनीति स्वेच्छाले ग्रहण गरिन्छ, स्वेच्छाले परित्याग गरिन्छ पार्टीमा पनि चित्त बुझ्दासम्म रहने हो, रहनै नसक्ने भएपछि परित्याग गर्नु नै श्रेयस्कर हुन्छ व्यक्तिगत स्वतन्त्रतालाई सापेक्ष समर्थन गर्ने व्यक्ति हुँ समय, परिस्थिति ऐतिहासिक अभिभाराका हिसाबले तपाईंहरूले जे निर्णय गर्नुभयो, त्यो सही मान्न सकिन्न संविधानसभाबाट राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि देशमा शान्तिपूर्ण वैधानिक बाटोबाट जनवादी क्रान्ति सम्पन्न गर्ने अभिभारा पूरा गर्न सकिने परिस्थिति पैदा भएको संविधानसभामा उपस्थित कम्युनिष्टहरूले कार्यगत एकता गर्नसकेमात्र पनि यो अभिभारा पूरा गर्न सकिन्छ यसका निम्ति एमाले माओवादीबीच रणनीतिक समझदारीको आवश्यकता पर्छ सके पार्टी एकता गर्ने नभए दुई पार्टीबीच कार्यगत एकता गरेर भए पनि जानु आजको ऐतिहासिक आवश्यकता हो तर यो आवश्कता पूरा गर्न माओवादीभित्र रहेको उग्रवामपन्थ एमालेभित्र रहेको दक्षिणपन्थ मुख्य बाधक छन् दुवै पार्टीभित्र रहेका सच्चा क्रान्तिकारीहरूले -आफ्नो पार्टीभित्रका गलत प्रवृत्तिका विरुद्ध संघर्ष गरी यी दुई पार्टीलाई सही निष्कर्षमा पुर्याउनसक्ने हो भने आगामी निर्वाचनपछि यो मुलुक नयाँ किसिमको जनवादी व्यवस्थामा प्रवेश गर्न सक्नेछ यस्तो ऐतिहासिक कार्यभार पूरा गर्ने आजको परिस्थितिमा केही व्यक्ति यो वा त्यो पार्टीमा प्रवेश गर्ने काम नकारात्मकमात्र हुनसक्छ, सकारात्मक योगदान हुन सक्दैन यो निर्णयले ऐतिहासिक कार्यभारका लागि सहयोग गर्न सक्दैन

मैले पार्टीभित्र दक्षिणपन्थका विरुद्ध सशक्त रूपमा वैचारिक संघर्ष सुरु गरेको छु तपाइर्ंहरूको समेत समर्थनमा यो काम अगाडि बढाएको हुँ पार्टीभित्र तिखो संघर्ष सञ्चालन भइरहेका बेला यसलाई अझ सशक्त रूपमा अगाडि बढाउनुको सट्टा अनेक किसिमका व्यक्तिगत असन्तुष्टिका कारण देखाई पार्टी छोड्नु भनेको पलायन हो आखिर अन्तरविरोध जहाँ पनि हुन्छन्, त्यसैकारणले पार्टी छोड्नेले जहाँ गए पनि सकारात्मक योगदान गर्न सक्दैनन्  नयाँ संघर्ष गरिने कल्पनाको आधारमा चलिरहेको संघर्षबाट भाग्नेहरू फगत कल्पना बोक्नेमात्र हुन्छन् व्यक्तिगत रूपमा तपाईंहरूले भन्दा कम उत्पीडन मैले व्यहोरेको छैन तर यसको अर्थ छैन सबै किसिमका विषयहरूलाई सामूहिक रूपमा लडेर टुंगोमा पुर्याउन सकिन्छ व्यक्तिगत सन्तुष्टि असन्तुष्टिका निम्तिमात्र सोच्ने हो भने कोही पनि कम्युनिष्ट पार्टीमा लाग्नहुन्न यसले अवसरवादलाई मात्रै प्रकट गर्छ  

तपाईं-हामी यतिबेला व्यक्तिमात्र नभएर नेपालको कम्युनिष्ट आन्दोलनका इतिहास पनि हौं हामीले ऐतिहासिक कालखण्डमा आफ्ना कार्यभार पूरा गर्ने दौरान एउटा कोर्स सुरु गर्यौं, एउटा स्कुल निर्माण गर्यौं यसमा हाम्रा सकारात्मक/नकारात्मक पक्ष समाहित छन् तर हामीले एउटा मिसन बोकेका छौं त्यो पूरा भएको छैन माओवादीले अर्को किसिमको कोर्स तयार गर्यो अर्को स्कुल खडा गर्यो उसका पनि सकारात्मक नकारात्मक पक्ष छन् हामी उसका पनि सबै पक्षलाई समर्थन गर्न सक्दैनौं हामीले ०४७ सालदेखि संसदीय संघर्ष सुरु गर्यौं यसलाई प्रयोग गर्दै जनताको बहुदलीय जनवाद स्थापना गर्ने स्कुल खडा गर्यौं ०५२ सालदेखि माओवादीले जनयुद्धको नाममा हिंसात्मक संघर्ष सुरु गर्यो त्यसबाट नयाँ जनवाद स्थापना गर्नेसम्मको योजना उसले बनायो माओवादीको त्यो स्कुलिङ हामीले सुरु गरेको स्कुलिङ अहिले माने पनि नमाने पनि एकैठाउँमा आइपुगेका छन् अहिले जनवादी क्रन्ति सम्पन्न गर्ने रणनीतिक लक्ष्यलाई नबिर्सने हो भने एमाले माओवादी नमिली सुख्खै छैन यी दुई पार्टीको मेल भनेको दुई पार्टीले प्रतिनिधित्व गर्ने इतिहासका सकारात्मक पक्षहरूको मेल हो तर कमरेडहरू, तपाइर्ंहरू आफ्नो इतिहासलाई चटक्कै छोडेर माओवादीमा प्रवेश गर्दै हुनुहुन्छ युद्ध लडेर आएकाहरूले त्यहाँ तपाईंहरूलाई आफ्नो स्वत्व नभएका खान आएका अवसरवादी चैते माओवादी भन्नेछन् यस्तो अवस्थामा तपाईंहरूले आफ्नै इतिहासलाई न्याय गर्नुभएको छैन, अरूलाई के न्याय दिन सक्नुहोला ? आज फुटेको कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने बेला हो कम्युनिष्ट आन्दोलनको एकीकरण भनेको जीवित सिद्धान्त राजनीतिको एकीकरण हो तपाईंहरूको माओवादी प्रवेश सिद्धान्त राजनीतिको एकीकरण होइन, यो व्यक्तिगत इच्छापूर्तिमात्र हो

तपाईंहरूले, मैले हामीले सधैं माओवादी को सशक्त आलोचना विरोध गरेको पक्ष हो- व्यक्तिहत्या अराजकता माओवादी पार्टीमा रहेको उग्रवामपन्थी सोचाइले व्यक्तिहत्या अराजकतालाई जन्म दिएको

हो व्यक्तिहत्या अराजकताको विरुद्ध लडेर माक्र्सवादको जन्म विकास भएको हो माओवादीको त्यही उग्रवामपन्थी चिन्तन व्यवहारका कारण एमालेका सय ९८ निर्दोष नेता तथा कार्यकर्ताको माओवादीबाट जघन्य हत्या भएको एमालेका नेता तथा कार्यकर्ता बन्दुक खुकुरी बोकेर माओवादीसँग लड्न गएका थिएनन् उनीहरू पुलिस सेनाका सहयोगी बनेका पनि थिएनन् एमालेका ती कार्यकर्तालाई मारेर माओवादीले ठीकै गरेका हुन् ? ठीक भन्न सक्नुहुन्न भने यस्ता विषयहरूको टुंगो नलागिकन तपाईंहरू कसरी माओवादी बन्न सक्नुहुन्छ ?

मैले यी कुरा कमरेड केपी ओलीले उठाए जसरी उठाइरहेको छैन तर यी विषयहरूको टुंगो नलगाई पार्टी एकता पनि सम्भव छैन व्यक्तिगत रूपमा पार्टी प्रवेशको कल्पना पनि हुन सक्दैन कमरेड केपी कमरेड माधव नेपालहरूले जस्तै माओवादीलाई हेर्ने दृष्टिकोण मेरो छैन 'माओवादीमा रूपान्तरण भएको छैन, कुनै सकारात्मक पक्ष नै छैन, माओवादीले जिते हामी हार्छौं, हामीले जिते माओवादीले हार्छ' भन्नेजस्ता घातक विचार मेरा छैनन् तर माओवादीबाट विगतमा उपरोक्त किसिमका गल्ती भएकै हुन् अहिले ती सबै जस्ताका त्यस्तै छैनन् अहिले माओवादीमा उग्रवामपन्थी विचार अराजक व्यवहार अवशेषका रूपमा छन् यिनको आलोचना विरोध गर्नैपर्छ तर एउटा गल्ती-कमजोरीसहितको कम्युनिष्ट पार्टी हो हाम्रो पार्टी पनि दूधले धोए जस्तो छैन हाम्रा पनि गल्ती-कमजोरी छन् तर त्यति गम्भीर खाले कमजोरीप्रति माओवादीलाई आत्मालोचना नगराई तपाईंहरू प्रवेश गर्ने कामले कम्युनिष्ट आन्दोलनलाई फाइदा पुग्दैन तपाईंहरूको निर्णय गलत रेग्मी पौडेल हामी विचार गर्छौं भन्दै बाहिरिनुभयो तर भदौ गतेका दिन उहाँहरू एमाले त्यागेर माओवादीमा प्रवेश गुर्नभयो यद्यपि माओवादीभित्र रहेका गल्ती-कमजोरीलाई सच्याउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा तपाईंहरूलाई सफलता मिलोस्

 


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

0 comments:

Post a Comment