"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

6:43 AM
Posted by Suman sudha Bagale

कथा ः भाउजु

सुमन बगाले

सबै कुराबाट सन्तुष्टि मिलेपनि शुशीला भाउजु घर छोडेर माइत जानुभयो रे भन्ने कुराले चसक्क मुटु बिझाइरहेको थियो । कृषि विकास बैकमा नियुक्ति भएको दुइ महिनापछिको पहिलो विदा सकाएर सोभित शुशीला भाउजुको कुराले धमिलो मन लिएर काठमाडौ तिर लाग्यो ।
नारी यो सँसारलाइ निरन्तरता दिनकालागी पैदा भएका एक जन्मजात कोमल ह्दय भएका प्रणाली हुन । त्यहि कोखबाट जन्मिएर हामीले यो सँसार देख्न पाएका छौ । हरेक नारी चाहाना हुन्छ कि असल असल सन्तानको जन्म दिउँ र पछि त्यही सन्तानले सँसारको रँगरुप परिवर्तन गरेास । नौ नैा महिनासम्म गर्वको भारी बोकी त्यसमापनि वौज्ञानीक प्रविधीले अझै दुःख दिएका हुन्छन् नानी धरीको खोप र सुइका सुइराहरुले त्योपनि सहेकी नै हुन्छीन । नालाबाला काखमा च्यापेर भिर पखेरा उकाली ओराली किन नै गर्न नपरोस नारी सन्तुष्टि नै हुन्छीन् त्यो नालाबालाको तोतेबोली मिसीएको थोते हासोँमा र त्यहि नालाबालाको भविश्यमा सँसार कोर्न थाल्छीन् ।
विडम्बना भनुँ सबै नारीहरुलाइ समय परिस्थिती र आफनो स्वास्थको कमजोरीले गर्दा यो अवसर भने प्राप्त हुदैन । यो पिडा नारीहरुलाइ मात्र नभएर पुरुषमापनि रहेको हुन्छ । आजकालको वौज्ञानिक युगले केहि हदसम्म भएपनि सहयोग पुराएर कयौ निःसन्तान दम्पत्तिको जिवन सुखमय बनाइदिएको छ । दाइ भनैादो आजको दिनसम्म एक पैसा कमाएको छैन । जहाको खेतबारी विक्री हुन्छ त्यहिको बेच्दै रक्सी धोकेको छ रे । सुनिन्थ्यो कुनै अस्पताल देखाएको छैन रे शुशीला भाउजुलाइ । यसमा भाउजु कै गल्ती छ भन्ने के प्रमाण छ ? पुरुषको चाहि सत प्रतिशत ठिक हुन्छ भन्ने कहा लेखेको छ ? नारी या पुरुषको जुन कसैको गल्ती भएपनि दुइ ज्यान एक धडकन भयौ भनि नारीको खाली सिउदोमा सौभाग्य छर्किदिएपछि दुख सुख बाढेर बस्नु पर्नेमा झन उल्टै यातना यो कस्तो पुरुस्वार्थ ? उसले त झन योज्ञाको धुवाँमा सात फन्को जग्यालाइ घुमाएर सायैा जन्तीलाइ साक्षी राखेर शुसीला भाउजुको सिउदोमा सिन्दुरले रँगाएको थियो । यहि हो त परिणम ? बाबा हुन त्यत्ति सजिलो छैन । छोराछोरी जन्माएर मात्र बाबा बन्नु अभिषाप हुन्छ । लालन पोषण शिक्षा दिक्षामा पनि त्यत्तिकै बाबाको दायित्व हुन्छ । यो कहिल्यै सोचेन दाइले ।
लगभग सात महिनापछि काठमाडौको लाजिम्पाटमा एक जना नौलो केटिसाथीका साथ शुशीला भाउजुसँग सोभितको अचानक भेट भयो । फुपुकी छोराको श्रीमति शुशीला भाउजु एकदम नजिकको साइनो थियो । सोभितले भाउजुलाइ शनीवार आफनो डेरामा आउने निमन्त्रणा दियो । आउन अनकनाउनु भएको थियो तर आमालेपनि तपाइलाइ भेट्न खोज्नु भएको छ भनि कुरा मिलाएपछि मात्र स्वीकार्नु भयो । शनीवार विहानै भाउजु र अस्ति भेट हुनुभएकी साथी दुबैजना आउनुभयो शोभित भाउजुकै पर्खाइमा थियो । उहा साथी साथी नभइ भाउजुको फुपुको छोरी समिक्षा हुनुहुदोरहेछ । सोभितले भाउजुको विहेमा जन्ती जादा देखेको रहेछ तर ख्याल नराख्नाले याद भएनछ । भाउजुले भने विवाहको फोटोहरुमा सोभित भनि चिनाइदिसक्नुभएको रहेछ ।
आमा भान्साको तयारीमा जुन्टदैहुनुहुन्थ्यो तर शुशीला भाउजुको अगाडी आमाकेपनि केहि लागेन र त_िम्सनु भयो आफै । भाउजुको हात जादु सरी नै थियो । खानाको दोष लगाउने कुनै त्रुटि नै फेला पर्दैन । भाउजु आफना बेदनाका पोकाहरु खोल्न सुरु गर्नुभयो । सामान्य तय सोभितलाइपनि थाहा नै थियो तर माइत गएपछि भने कुनै सुइको समेत पाएको थिएन । ओरालो लागेको हरिणलाइ मृगले त लखेट्छ भने झै सर्वस्व ठानेको आफनो पोइ भनैदाले रातदिन नशाको मातमा भकुरेर लखेटीनु भएकी माइतमा पो कस्ाले हेर्ने हो र । विवाहवारी भइसकेपछि अधिकार भन्नु नै के हुन्छ र विवाहित चेलीको माइतीमा । अन्त्यमा केहि सिप नलागेर अलिअलि बाकी रहेको दाइजो सबै माइती फर्काइ बेचेर आएको पैसाले सिलाइ बुनाइ तालिम लिएर अहिले हातमुख जोर्ने पेशामा भाटभटेनीको एक बुटिकमा सिलाइ काम गर्नु हुदोरहेछ भने अन्य बुटिकहरुको कामपनि हात लिनुहुदोरहेछ भाउजुले गर्नु भएको सँर्घष निकै अपत्यारीलो थियो किनकी विचरी आठ कक्षामा पढदा पढदै विबाह भएको त्यसपछि पढाइ रोकियो भाउजुकी दिदि अन्य जातसँग पोइला गएपछि भाउजुलेपनि इज्जत फाल्छेकी भन्ने भ्रममा परेर माइतीले सानै उमेरमा विवाह गरीदिएका रे । कस्तो अच्चम्म इज्जतकोलागी आफनै कोखको घाउलाइपनि भिरमा धकेल्नपछि पर्दोरहेनछन् सम्पन्न अभिभावकहरु । भाउजुका सँर्धषमय जिन्दगीले सफलता हात लागेकोमा हर्षका बेलामापनि बेदना मिश्रीत आशु गहभरी टलपलाए । त्यसदिन फेरी एकपल्ट भाउजुको खाटो बसेको घाउमा सियो रोपियो सोभितलाइ यस्तै लाग्यो । शुशीला भाउजु गाउ कि नै नमुना बुहारी हुनुहुन्थ्यो । सानै उमेर विहेवारी भएपनि राम्रो पारिवारीकमा हुर्कीनुभएकाले व्यावाहारीक अति मिलनसार वानी व्याबहारले सबैको प्यारी बन्नु भएको थियो । विडम्बना सबैको प्यारी भएपनि आफनैले नसहेपछि हार्नै पर्ने रहेछ । विगतका कुराहरुले कहिले हासो कहिले आशु पटपलाउदा टलपलाउदै समयले नेटो काटिसकेछ । भाउजु आफनो डेरा फर्कने सुर कस्नुभयो । भोलीको कामको लागी बेलेैमा तयारी र समीक्षापनि कलेज जानुपर्ने वाध्यताले विदा हुनुभयो । भाउजुको साथ मुवाइलपनि अब त भाउजुसँग जुन कुनै बेलापनि कुरा हुनसक्छ ।
दिनचार्य वित्दैगयो शुशीला भाउजुसँग बेला बखतमा फोनमा कुरा भइराख्थे । भाउजुसँगको कुरामा समिक्षाको कुराले डेरा जमाउथ्यो । समिक्षालाइ मन परेको छ भने तपाइलाइ म मिलाउन सक्छु यस्तै यस्तै कुराहरुले भाउजु सोभितलाइ जिस्किाइरहनुहुन्थ्यो । समिक्षा पढेलेखेकी राम्रीपनि एक सरल युवतीले शोभितको पहिलो भेट लाजिम्पाटमा हुदैमा मन चोरीसकेकी थिइ । कुरा अगाडी बढयो । समिक्षालेपनि शोभितको बारेमा सबै कुरा थाहापाइसकेकी थिइन दुबैको मनोमानीमा प्रेम प्रसšग अगाडी बढयो । समिक्षाको खानदान उच्च स्तरको थियो सोभितलाइ भने कता कता डर लागीरहन्थ्यो तर समिक्षाले दिएको बचनले आत्मासन्तुष्टि गर्ने बहाना मिलेको थियो ।
समिक्षाले विःए प्रथम बर्ष सफलताको साथ पास गरिन । माया झन बढदै गएको थियो । समिक्षालाइ अन्तै कताबाट हात माग्न आएछन् । समिक्षाको बाबा आमाले उनै केटोलाइ दिने निर्यणमा पुगी समिक्षालाइसँग सोधपुछको लागी समय मागेछन् र केहि दिनपछि नै निर्णय दिने बचनका साथ बिदाइ गरेछन् । समिक्षाले सोभितसँगको प्रेम छ अन्त विवाह गर्न सक्दिन भनेछिन् । समिक्षाका अभिभावकलाइ भने सोभितको बारेमा कुनै पत्तो थिएन किनकी उनीहरु गाउमा नै बस्थे भने समिक्षा पढनको लागी काठमाडौमा सोभितपनि राजधानीमै । सोध खोजको कार्य तिव्र अगाडी बढयो । शुशीला भाउजु लगाएत सोभितलाइपनि समिक्षाको घरमा झिकाइयो । कुरा सबै एकाएक प्रदाफास भयो । समिक्षाका अभिभावक सोभितलाइ समिक्षाको हात दिन मन्जुरी भएनन् कारण के हो भने फुपुको छोराले शुशीला छोरीको यो हालत बनायो भने मामाको छोराले बनाउन सक्दैन भन्ने कुरोमा दुइ मत नहोला र अर्को कुरो साइनो टुटि सकेकोमा फेरी छोरी दिएर हामी आफुलाइ तल पार्न सक्दैनौ पछि मलाइ माइतीलेपनि के भन्छन् केाहि केटो नपाएर फेरी त्यहि साइनो जोडन पुग्यौ भनेर मेरा माइतीले औला ठडाए भने त्यो राम्रो हुदैन भनि समिक्षाको आमाले एक बलियो तर्क प्रस्तुत गर्नुभयो । भाउजुले सोभितबाबु त्यस्तो हुनुहुन्न भनि कुरा बढाउदै हुनुहुन्थ्यो तिमीले पहिले शरिरै भरी निलडाम हुदापनि मेरो श्रीमान् असल हुनुहन्छ भन्दै थियौ नि । यस्ता मुख भरिको जवाफ समिक्षाकी बाबाले दिएपछि भाउजुको बोल्ने बाटो नै बन्द भयो । कुरा लगभग अन्त्य नै भयो समिक्षाका अभिभावकले समिक्षा सोभितलाइ नदिने नै भए भने समिक्षाको यहि महिनामा माग्न आएका केटासँगै गरिदिने निर्णयमा पुगे । सोभितले केहि बोल्ने बाटो पाएन तरपनि लामो समयको गनथनपछि सोभितको अभिभावकसँग कुरा गरेर मात्र सोभितसँगको विवाह सोच्न सकिने निष्र्कष निकालीयो । सोभित आफुले मन पराइसकेको समिक्षा र समिक्षालेपनि माया गर्ने भएकाले दुबैले एक अर्कालाइ गुमाउन चाहेनन् । सोभित आफनो अभिभावक लिएर समिक्षाको घरमा उभियो फेरी एकपल्ट । यसपाली भने सबैको सल्लाह मन्जुरी मिलेमतो र समिक्षाको बलियो तर्कले विवाहको शुनिश्चित भयो ।
मँसिर महिना जाडोले अधिकतम विन्दु नाधिसकेको थियो । गाउलेहरु जन्ती बाख्रो खान पाइने भयो भनी रमाएकाछन् भने सँ साथेहरु आफनो पालो गन्न थाले सोभितको घरमा यो नै पहिले विवाह थियो मन्ाग्य आफन्तहरु गाउलेहरु मान्यजन आदिले शुभकामना ओइराउन थाले । विबाह धुमधामले हुने भयो । आफन्तजन इस्टमित्रहरुको राम्रो सहयोगमा विवाह सम्पन्नपनि भयो ।
सुरु भयो सोभित र समिक्षाको वैवाहीक जिवन दुबै जना एकदम खुशी थिए । सोभित कार्यलय जान्थ्यो भने समिक्षा कलेज यसरी नै दिनहरु वित्दै गए । उता शुशीला भाउजु भने एक्लीनु भयो । समिक्षाको बिबाह भएपछि भाउजु एक्लै बस्न थाल्नुभयो । बेला बेलामा सम्पर्क साथै भेटघाटपनि हुदैथियो । समय एक गतिमा बहकी रहन्छ । समयसँगै सबैले आफनो परिवर्ततित रुप देखाउछन् । चढदो जवानीमा नै श्रीमान्को पिडा सहन नसक्नु भएको शुशीला भाउजु आफनो मस्त जवानीलाइ पुजा गर्न रुपरँग फेर्दै जानुभएछ । एक दिन समिक्षाले सोभितसँग भन्दै थिइन्
समिक्षा ः शुशीला दिदि आज भोली कस्तो भिन्न हुनुभएको छ हगी हजुर ।
सोभित ः यस्तै हुन्छ कलिलो उमेरमा मन भाचिएका मान्छेहरु कति बाध्यता हुन्छ भने कति यसरी नै बहकिएर बग्ने गरेको यस्ता घटनाहरु धेरै छन् । यो कुनै आश्र्चायजनक कुरो होइन ।
समिक्षा ः पोइ भनौदो शुशीला भाउजुले छोडेपछि मलेशीया हुत्तिएको फुटेको कौडी घरमा पठाएको छैन रे । उतैको महिलाहरुसँग आफनो धर्म सँस्कृति नै परिवर्तन गरेर लटारीदैछ रे ।
सोभित ः समिक्षाको कुरा बिचमै काटदै जे जस्तो गरेपनि उसको जिवन शुखमय वितोस । पछि दुःख नपाओस । यहि त हो हाम्रो कामना होइन र समिक्षा?
समिक्षा ः त्यस्तो मान्छेको जिवनलाइपनि शुखमय होस भनेर कामना गर्ने?
सोभित ः समिक्षा उसले गरेको गल्तीबाट अरुले पाठ त शिकेका छन् । उसको त्यो व्यवहारबाट अरु त सचेत छन् नि । शत्रु नै किन नहोस कसैकोपनि कुभलो विसर्ीएर भएपनि चिताउनु हुदैन । आखिरी जे जस्तो भएपनि शुशीला भाउजुको श्रीमान् हो उहाँ ।
समिक्षा ः थियो अब होइन किनकी शुशीला दिदिले अन्तै कसैसँग विवाह गर्ने निर्णयमा पुग्नुभइसको छ सोभित ः तिमीलाइ कसरी थाहा भयो ?
समिक्षा ः अस्तिको भेटमा यस्तै भन्दै हुनुहन्थ्यो सोभित बाबुलाइ नभन है भन्नुभएको थियो मैले त तपाइ लाइ भनिदिएँ ।
सोभित ः किन भनेको त नभनेको भए हुन्थेन ?
समिक्षा ः हुन्थ्यो नि तर ……
सोभित ः ठिकै छ नि सबै कुराहरु खुलाउनु भएको छ रे शुशीला भाउजुले ?
समिक्षा ः केटाको परिवारको सल्लाहपनि मिलीसक्यो रे दुबै जना मिलेर स्वास्थपनि जाच गराइसकेछन् । भ्रुणहरु विकास नभएकाले शुशीला दिदि निःसन्तान हुनुभएकोरहेछ । अहिले पुर्णरुपमा विकास
भइसकेकोरहेछ । भु्रण केाहि महिलाहरुको छिटो र कुनै महिलाहरुको ढिलो विकास हुनेहुदोरहेछ अबको निकट भविष्यमा श्रीमान् श्रीमती हुनेछन् र अभिभावकपनि ।
सोभित ः कस्तो असल परिवार सबैलाइ यस्तो जनचेतना भइदिएको भए कसैलेपनि कसैको वियोगमा आशु चुहाउनु पर्ने थिएन । रात लम्बीसकेको थियो अन्त्य गरे गनथन ।
सोभितलाइ भने निद्रा परेन । अनेक शšखा उपशšखले डेरा जमाउन थाल्यो । कतै कुरा लुकाएर प्रसšग अगाडी बढाएका छैनन् शुशिला भाउजुले ? यस्ता सत्यतथ्य घटनाहरु जिवीत नै हाम्रो समाजमा । त्यो नवआगन्तुक दाइले शुशीला भाउजुलाइ दुइदिनको लागी मात्र मायाजालमा फसाएको त होइन ? यो दाइले त्यस्तै नाटक रचेर भाउजुको समाल्लीएको मनमा फेरी काडा रोप्यो भने सोभितलाइ पक्कै विश्वास छ भाउजु भन्ने दिन त्यो नै अन्तिम दिन हुनेछ । अँह त्यस्तो होइन होला परिवारसँग नै कुरा भइसकेको भए त राम्रो भयो नि त । उहाकोपनि आफुँ आमाको कोखमा नै हुदा बाबाले कान्छीआमा लिएर प्रदेश हिड्नुभएको रे । त्यति बेला देखीको आमाको वेदना सँगालीरहनु भएको रहेछ । कुनैपनि नारी होस आफनो श्रीमान्बाट ठगीएकाहरुको जिन्दगी एउटै पिडाले भरिएको हुन्छ । यस्ता भावना लिएर आफनो आमाले जस्तै अरु नारीलेपनि दुःख नपाउन नै भनेर शुशीला भाउजुलाइ विहे गर्न खोजेको रे । मठ मन्दिरमा देउता मिल्छ भन्थेँ र मान्छेपनि देउता भएको पाइयो । सलाम गरेँ तपाइको विचारलाइ दाजु चित्त बुझायो । तर मनमा भने कालो बादल मडारीरहयो । आफनै दाइ अगतिलो भएपछि कसलाइ दोष दिने हेा र । सोभितलाइ त्यो भाउजु भन्ने शक्दबाट नै घृणा लागेर आयो । अब सोभितले निकट भविष्यमा नै भाउजु साइनो त्यागेर जेठी सासु भन्नुपर्ने भयो । नभनु भनेपनि शुशीला भाउजु इज्जतको कुरा छ । यो कस्तो सम्वन्ध देवर भाउजुको साइनो सबैलाइ क्षणभरको लागी मात्र हुन्छ कि सोभितको भाग्यमा मात्र भाउजु भन्न पाउने अधिकार नै छैन सोभितले शुशीला भाउजुको लागीपनि साइनो बदल्नु नै पर्छ । हुन त जे भनेर सम्बोधन गरेपनि मान्छे त शुशीला नै हुन नि किन चिन्ता लिनु पर्यो र । पहिलो बर्षको दशैको टिका थाप्न बुढा बुढि मिलेर मामाको घरमा आउदा सोभितको घर नै पवित्र भएको थियो । मातेको जडिँया कुलतमा फसेर आफनो जिन्दगी नै विगार्यो र शुशीला भाउजुको जिन्दगीमापनि कहिल्यै नमेटिने दाग लगायो । अब विदेशीएको दाइ आफनो जवानी अनी बललाइ पराइ भुमीमा दाइजो दिएर रित्तो फर्कनेछ । त्यो अवश्यामा यो सँसार उसको लागी जस्तो घाडो केहि हुदैन । परदेशीनेहरुले योपनि सोच्नुपर्छ कि अधिपत्य आफनो देशमा मात्र हुन्छ । सधै भरि पराइ देशले राख्दैन । पाखुरीमा बल घटेपछि फुटेको माटाको भाडो हुत्ताएझै फालीदिन्छ र वाध्यता भएर फर्कनु नै पर्छ आफनै देशमा । पराइभुमिमा त केहि समयकोलागी बेचिएका हौ । वैश अनी बल सकिएर रित्तो फर्कदा अनी बल्ल त्यो विगतको क्षणले शुशीला भाउजुमाथी गरेका अपराधले घिटीघिटी भएर आत्माहत्या गर्नपनि नसक्ने अवश्यामा लम्पसारीदा आफनो भन्ने कोही हुने छैन त्यतिबेला थाहा होला अर्धमी पापीलाइ आफनो को हो र समाज के हो भनेर । शुशीला भाउजु कहिल्ो सम्म भन्न पाइने हो भाउजु तपाइलाइ त्यो त समयले नै बताउला । भाउजु तपाइको जिवन राम्रो होस यहि कामना । सोभितले साइनो बदल्दामा तपाइलाइ राम्रो हुन्छ भने सोभित तयार छ भाउजु प्यारी भाउजु शुशीला । सिन्दुरले जोडीएको साइनो तेाडिनपनि सक्छ र तोडिदैछ पनि …………………………

0 comments:

Post a Comment