१० भाद्र, काठमाडौं । गृहमन्त्री भीम रावलले लामो समयसम्म सरकार गठन हुन नसक्दा शान्ति सुरक्षामा असर पुग्ने चेतावनी दिनु भएको छ । महानगरीय प्रहरी प्रभाग बुद्धनगर बानेश्वरको विहीबार बिहान उदघाटन गर्दै उहाँले नयाँ सरकार गठनमा ढिलाइ हुँदा विशेष सुरक्षा नीति कार्यानवयनमा कठिनाई भइरहेको बताउनुभयो ।
पूर्ण बजेट प्रस्तुत हुन नसक्दा सुरक्षाका लागि चाहिने आवश्यक बजेटको अभाव भएको मन्त्री रावलको भनाई थियो । 'असारमा बजेट प्रस्तुत भएको भए कामहरु हुँदै जान्थ्यो, 'उहाँले भन्नुभयो, 'दुई महिनामा समेत सरकार गठन नहुँदा त्यसले शान्ति सुरक्षाको कार्यमा निश्चय नै प्रभाव पार्छ ।'
कुनै व्यक्ति, पार्टी वा समूहका लागि देशलाई अर्निणयको बन्दी बनाउन नहुने भन्दै उहाँले सहमति र सहकार्यबाट समस्या समाधान गर्दै छिटो प्रधानमन्त्री चयन गर्नुपर्नेमा जोड दिनुुभयो ।
This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient. Any review, use, distribution, or disclosure by others is strictly prohibited. If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.
0 comments:
Post a Comment