"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

image

शवसँगै भेटिएको 'सुसाइड नोट'मा मृतकद्वयले आफूहरु श्रीमान्-श्रीमती भएको आसय व्यक्त गरेका छन्, तर उनीहरु प्रेमी-प्रेमिका भएको प्रहरीको दाबी छ  

बुटवल, ६ भदौ  : बुटवलको नेपालगन्ज रोडस्थित सिन्दूर होटलमा प्रहरी जवान र उनकी प्रेमिका मृत अवस्थामा भेटिएका छन् । शनिबार मध्याह्न साढे १२ बजे होटल आई बसेका उनीहरू आइतबार मध्याह्न १२ बजेतिर मृत अवस्थामा फेलापरेका हुन् 

होटलको कोठा नम्बर २०१ मा तनहँु घर भई वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीमा कार्यरत प्रहरी जवान काशीनाथ पण्डित र तनहुँ मनपाङ-५ जन्मस्थल भई ढोरफेदी बस्ने ३० वषर्ीया सीता रानाको शव फेलापरेको हो । शवसँगै भेटिएको 'सुसाइड नोट'मा मृतकद्वयले आफूहरूलाई श्रीमान्-श्रीमती भएको आशय व्यक्त गरेका छन् । तर, उनीहरू दम्पती नभई पे्रमी-प्रेमिका रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ । मृतक पण्डितको घरमा श्रीमती भएको र रानाको श्रीमान् विदेशमा रहेको पाइएको प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार जवान पण्डितले श्रीमतीलाई औषधि गराउनु छ भनेर बिदा लिएका थिए 

उनीहरूले कोठामा लेखेर छाडेको पत्रको अन्तिममा 'हजुरहरूको छोरा-बुहारी' भन्ने उल्लेख छ । आफूहरूले धेरै दुःख दिएको भन्दै मृत्युपछिका इच्छासमेत व्यक्त गरिएको छ । बाबुआमालाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ, 'हामीले धेरै दुःख दियौँ, हामी दुवै यो संसार छाडेर जाँदै छौँ  मेरो अन्तिम इच्छा पूरा गरिदिनुहुन्छ भने कालो बोका ढोरबाराही मन्दिरमा चढाइदिनू । मेरो भाकल छ । साथै, दमौलीको बेनीमा मलाई दाहिने र मेरो हितैषीलाई बायाँ राखेर जलाइदिनू या बगाइदिनू '

त्यस्तै, अर्को पत्रमा लेखिएको छ, 'सिन्दूर होटलमा खाएको चार हजार रुपैयाँ यहीँ छाडेको छु, त्यो लिनुहोला । होटल साहुलाई दोष नदिनू ' आत्महत्या गर्नुअघि होटेलमा बसेको कोठाको ओछ्यानमा दुवैको पूर्णकदको तस्बिर सजाइएको थियो । घटनाको प्रकृति हेर्दा उनीहरूले आत्महत्या गरेको देखिने प्रहरीको भनाइ छ   

आइतबार बिहान अबेरसम्म कोठाको ढोका नखोलेपछि होटल सञ्चालकले सुरुमा फोन गरेको र फोन नउठेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आई ढोका फोडेर हेर्दा पण्डित झुन्डिएको अवस्थामा र राना शौचालयमा मृत अवस्थामा पल्टिएको

फेलापरेका थिए । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि यसको कारणबारे भने थप अनुसन्धानपछि मात्रै थाहा हुने बताए । उनीहरूले प्रयोग गरेको कोठामा "समाधान प्लस" नामक तीन विषादीका बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ 

होटलका सञ्चालक ध्रुव तुलाचनले बिहान कोठा जाँच गर्ने समयको फलो गर्दै फोन तथा ढोका ढकढक्याउनेसम्मका कार्य गर्दासमेत कुनै प्रतिक्रिया नआएपछि प्रहरीलाई खबर गरेको बताए 

| हाम्रो पालामा...

 

image

किशोर नेपाल, वरिष्ठ पत्रकार

म २०२६ देखि पत्रकारितामा आएको हुँ । विनोद रिमाल र मैले 'स्वतन्त्रता' नामक साहित्यिक पत्रिका सुरु गरेका थियौँ । त्यतिवेला साहित्यिक पत्रिकामा छापिने लेख-रचना पञ्चायती शासनविरुद्ध हुने भएकाले सरकारले हामीलाई नकारात्मक रूपमा हेथ्र्यो । 'स्वतन्त्रता' पत्रिकाको तेस्रो अंक बजारमा आउने समयमा सरकारले सेन्सर कानुन लगाएर बन्द गरिदियो

०३६ को आन्दोलन र जनमतसंग्रहपछि भने अभिव्यक्ति स्वतन्त्रता अलि खुकुलो भयो । त्यतिवेला सोमनाथ घिमिरे, रघुजी पन्तलगायत पत्रकार मित्रहरू सक्रिय थिए । मलाई भने चन्द्रलाल झाले स्कुलिङ गर्नुभएको थियो । उहाँको भाषा र पत्रकारिता क्षेत्रको त्यागले मलाई पनि पत्रकारितामा लाग्ने प्रेरणा दिएको हो । अहिले पत्रकारितामा प्रविधिले धेरै विकास गरेको छ । प्रविधि र युगअनुकूल गुणस्तर भने हामीले दिन सकेका छैनौँ ।

शर्मिला मल्ल ग्रेसफुल छन् । यिनको पुस्ताका कलाकारले जे सिके, उनीहरू त्यसमै रमाए । अहिलेका कलाकार छिट्टै परिणाम चाहन्छन् । एउटा फिल्म असफल भएमा बाटै बदल्छन् । तर, शर्मिलाको पुस्तामा धैर्य थियो ।

शर्मिला मल्ल, नायिका

मेरो पहिलो फिल्म 'कान्छी' हो । फिल्म क्षेत्रमा जाने मेरो कुनै योजना थिएन, हावाहावामै म हिरोइन भएँ । पछि, अरू फिल्म गर्छु भन्ने थिएन । तर, 'कान्छी' सुटिङ गर्दागर्दै 'वासुदेव', 'के घर के डेरा' मा अफर आयो । परिवारमा मलाई मेरो दाजुले सहयोग गर्नुभयो । यो क्षेत्रमा आउन मलाई कत्ति पनि संघर्ष गर्नु परेन । सुरुमा मैले आठ हजार रुपैयाँ पारिश्रमिकमा हस्ताक्षर गरेकी थिएँ, पछि भने १२/१५ हजार नै बुझेँ ।

फिल्ममा पहिले-पहिले व्यावसायिकता थियो । लिडिङ रोलमा खेल्ने पात्रलाई निर्देशकले विशेष ध्यान दिन्थे र बढी सम्मान गर्थे । अहिले भने बढी व्यावसायिकताले गर्दा कलाकारप्रति त्यस्तो व्यवहार हुँदैन । चलचित्र क्षेत्रमा हामी पुराना कलाकारलाई बढी सम्मान हुन्छ । तर, छोटा लुगा लगाउने र अंगप्रदर्शन गर्ने नवनायिकाहरूले गर्दा मानिस हिरोइनप्रति नै नकारात्मक दृष्टि राख्छन् ।

म किशोर नेपाललाई पहिलेदेखि नै अलिअलि चिन्थेँ । उहाँको नेपाल टेलिभिजनमा आउने 'मत-अभिमत'को म नियमित दर्शक थिएँ । द्वन्द्वकालमा जहाँ सरकार थिएन, उहाँ त्यहीँ पुगेर जनतासँग भलाकुसारी गर्नुहुन्थ्यो । उहाँ पत्रकारिता क्षेत्रको एक नेता हुनुहुन्छ ।

 


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

1 comments:

Anonymous said...

Hі I am so thrilled I founԁ уоuг blog pagе, I really found yοu bу error,
whilе I waѕ lookіng on DuckDucκGo for something elsе, Nonethelеss
I am hеre now and would just like to ѕay
manу thanks for а tгemendοus pοst and a аll rоunԁ thrillіng blog
(I alѕo love thе theme/design), I dοn't have time to go through it all at the minute but I have book-marked it and also added your RSS feeds, so when I have time I will be back to read more, Please do keep up the awesome job.

Here is my homepage; quick loan

Post a Comment