एता टाले उता प्वाल भोटो जिन्दगीको
लामो भयो कथा मेरो छोटो जिन्दगीको
आशुँको वर्षातमा परेली भिजीरहन्छ
सर्को सकी फालेको ठुटो जिन्दगीको
केहि छैन दोष त्यैपनि लाग्यो बचन
अभिषाप रहेछ माया खोटो जिन्दगीको
के लेखुँ कथापनि आफैले भोगेपिछ
फुल्नै नपाइ निमुठिनॆ बुटो जिन्दगीको
दुइ दिनको जिन्दगीमा पिडा जुनीभरी
के विश्वास गरु अब झुटो जन्दगीको
सुमनसुधा
About Me
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment