"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

 

इराक फुकुवा आधा समाधान अमेरिकी कमान्ड

मणि दाहाल, काठमाडौं, साउन १३नेपाल सरकारले इराक रोजगारीमा रहेको प्रतिबन्ध फुकुवाले आधा मात्रै समस्या समाधान गरेको त्यहाँस्थित अमेरिकी सेन्टर कमान्डले जनाएको छ।  गैरकानुनी रुपमा इराक पसी अमेरिकी सैनिक शिविरमा कार्यरत त्यस्ता नेपालीसँग अमेरिकी दूतावासको 'मिसन पोलिसी २७' अनुसारको आवासीय भिसा चाहिने कमान्डले बुधबार सम्बद्ध कम्पनीलाई निर्देशन दिएको छ।

इराक प्रवेश गर्न, काम गर्न फर्कन त्यहाँको सरकारले उपलब्ध गराएको भिसा हुनुपर्ने दूतावासको नीतिमा उल्लेख छ। कम्पनीले कागजात बुझाएको साता यस्तो भिसा लाग्छ।

अमेरिकी कमान्डले निश्चित शुल्क तिरेर आवसायी भिसा लिन सकिने कम्पनीलाई जानकारी दिइसकेको इराकमा कार्यरत एक नेपालीले नागरिकलाई बताए।

'
के कति रकम हो भन्ने अहिलेसम्म जानकारी छैन,' उनले भने, 'तर, रकम कम्पनीले तिरिदिने आश्वासन दिएको छ।'

इराक छाड्न चाहनेले इराकी विदेश मन्त्रालय छनोटमा परेको प्रहरी कार्यालयबाट बहिर्गमन भिसा लिन सक्ने दूतावासको पत्रमा छ।

इराक पुग्ने अधिकांश नेपाली कामदार तेस्रो मुलुकको श्रम स्वीकृति लिएर त्यहाँ पुगेका छन्। नेपालस्थित अमेरिकी दूतावासले प्रतिबन्ध फुकुवा भएको औपचारिक जानकारी गराएपछि मात्रै भिसाका लागि कागजात बुझाउने मिति तोकिने कमान्डले जनाएको छ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले बुधबार नै अमेरिकी दूतावासलाई पत्र पठाउने बताए पनि कार्यालय समयमा त्यस्तो पत्र नपुगेको दूतावास स्रोतले जनाएको छ। 'पत्र पाउनेबित्तिकै अमेरिकी सरकार तथा इराकस्थित अमेरिकी दूतावास पठाइने ,' स्रोतले भन्यो।


This e-mail, including any attached files, may contain confidential and privileged information for the sole use of the intended recipient.  Any review, use, distribution, or disclosure by others is strictly prohibited.  If you are not the intended recipient (or authorized to receive information for the intended recipient), please contact the sender by reply e-mail and delete all copies of this message.

1 comments:

Lovlyanup said...

la moj bhayo ta lahure haru lai .. la badhai cha ....

Post a Comment