"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

6:21 AM
Posted by Suman sudha Bagale

जेलभित्र एयरकन्डिसन माग !

अपराधको सजाय भुक्तान गरिरहेका कैदीले जेलभित्रै एयरकन्डिसनको माग गर्नु कत्तिको जायज होला ? मोरङ कारागारका बन्दीहरूले यस्तै माग गरेका छन् । समयमै पानी नपर्दा पूर्वमा तापक्रम बढ्दै गएपछि गर्मीले सताउन थालेपछि मोरङ कारागारका कैदीहरूले एसीको माग गरेका हुन् । माग पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् । कारागार प्रमुख खगेन्द्र गिरीले कैदी बन्दीका लागि पंखाको व्यवस्था भएको बताए । 'कारागारमा कैदीको संख्या क्षमताभन्दा बढी छ, त्यो वास्तविकता हो । तर, उनीहरूको एसीको माग कतिसम्म जायज हो, छलफल गर्नुपर्छ,' जेलर गिरीले भने । दुई सय ५० क्षमताको मोरङ कारगारमा ६ सय ७२ कैदी रहेका छन् । कैदी फरार हुन नदिन कारागारको बाहिरी पर्खाल ३० फिट लामो भएकाले कैदी बस्ने ठाउँमा हावा पस्दैन । कारागारभित्र रहेका सिलिङ पंखाहरू पनि बिगि्रएकाले मोरङ कारागारमा रहेका कैदीमा श्वासप्रश्वास, झाडापखाला र छालाको रोग बढेको छ ।दसजना भन्दा बढी कैदी दैनिकजसो उपचार गराउन अस्पताल आउने गरेको कोसी अञ्चल अस्पतालले जनाएको छ । उनीहरूमा गर्मीले हुने रोगहरूको लक्षण बढी देखिएको अस्पतालले जनाएको छ ।क्षमताभन्दा बढी कैदी भएकाले एउटै कोठामा कोच्चिएर धेरैजना सुत्नुपर्ने, फोहोर जताततै बढेको र खानेपानी पनि दूषित भएकाले मोरङ कारागारका कैदीहरूले अदालतले तोकेको सजायभन्दा गर्मीले बढी सताएको गुनासो गरेका छन् । 'गर्मीका कारण कैदीहरू कारगारभित्र बस्नै गाह्रो भो, पंखा सबै बिग्रेका छन्, एसी त नभइहुन्न, अपहरण अभियोगमा सजाय काट्दै आएका देवकुमार मेहताले भने । यस्तै कारागारभित्र रहेका नाइके, भाइ-नाइके र चौकीदारहरू चाहिँ गर्मीमा उपचारका बहानामा बाहिर निस्कने, घुम्न जाने गरेको पनि अन्य कैदी बन्दीहरूले गुनासो गरेका छन् । 'ठूलाहरू चाहिँ बर्थ डे मनाउन, भेडेटार घुम्न जान्छन् हामी भने उपचार गर्न अस्पतालसम्म जान पनि भनेका वेला पाएका छैनौं,' एक कैदीले भने । गर्मीका कारण हुने संक्रमणबाट ग्रसित अधिकांश कैदी बन्दीहरू पीडा सहेर बसेको उनले बताए । यता कारागारका चौकीदार शम्भु चौधरी भने आफूहरूले बिरामी भएका सबैलाई उपचारका लागि अस्पताल पुर्‍याएको र कोही पनि अनावश्यक घुम्न नगएको दाबी गर्छन् । 'हामीले बिरामी हुनेबित्तिकै सुरक्षालाई खबर गर्ने गरेका छौं । तर, अहिले बिरामीको संख्या बढेकाले सुरक्षा दिएर लैजान पालो कुर्नुपर्ने भएकाले केही बेर कुर्नुभने पर्छ,' चौधरीले भने ।

0 comments:

Post a Comment