भत्किएका परेलीका डिलबाट नतमस्तक मेरा सारा लक्ष्यहरु चुहाईरहेछु ।
लेख्न त शुरु गरें, तर सम्बोधन गर्न शब्दहरुको कमीले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न, त्यसैले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतितको मिठो सम्झनाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा रोइदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकी नसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म ।
बम बारुद्ध अनि ति मानिसहरुको चिट्चिट्टाहाटबाट निस्किएको आवाजहरु मात्र ठोकिने गरिन्छ मेरा कानमा आजभोलि, यो मरुभुमिमा म त चुंडिएको चंगा जस्तै विना उद्देश्य कहिले वादलपारी लरबिरंदै त कहिले यो मरुस्थलमा पछारिदै उडिरहेको छु । शायद मेरो दुर्भाग्य नै होला अनन्तमा बर्षा र आँधीको प्रहारसँग म च्यातिएछु, निष्ठूरी चट्याङ् पनि मेरो जीवनको पाखामा नै परिदिएछ । विक्षिप्त मेरो जिवन आखिर अँध्यारो गल्लीमा रुमल्लिरहेको बस्तीभित्रको बेवारिशे आकृति बन्न पुगेछ जो असह्य पीडाले निष्प्राण खोक्रो रुपमा परिणत भैसकेको थियो । म त्यो पल अझै पनि सम्झीरहन्छु जब तिमी गोधुली साँझमा क्षितिज चियाउँदै अनि कल्पनाको सागरमा डुबुल्की मारेर विश्वासका खम्बाहरु उभ्याउने गथ्र्यौ। मलाई जीवनको कठिन यात्रा पार गर्न सिकाउँथ्यौ । तिम्रा ती सहानुभुति अनि प्रेरणाको साथले नै मेरो जिन्दगीमा एउटा अनुपम बहार आएको थियो जसले मृतप्रायः मेरो जिजीविषालाई पुनः जगाउन थालेको थियो । तिमी भन्ने गथ्र्यौ झरनाहरुमा थोपा-थोपा मिले झै दूई आत्माका भावनाहरु मिलाउँदै हामी पनि मनभरीका वेग र आवेगमा संगमका लहरहरुमा मिल्न सक्छौ । आखिर तिमै्र चाहाना अनुरुप विश्वासको प्यालामा जिन्दगीको मदिरा थप्दै ह्दयको क्षितिजमा श्रद्धाका रंगहरु भर्दै हामीले यात्रा शुरु गर्यौ अनि मनको मिलनका आशामा तिमी र म अघि बढ्दै गर्यौ खुल्ला आकाशका दुई पंक्षीहरु जस्तै ।
जुन र तारा मिलेझै हिमाल मुस्कुराए झै कता- कता प्रकृति नै हर्षित भए झै आभास हुन्थ्यो त्यस बखत मलाई । तिमी कति महान थियौ, कति उदार थियौ, जो आफ्ना सारा रहरहरुलाई थाँती राखेर संसारभरका खुशीहरु केवल मेरै निम्ती संगाल्दै सप्तरंगी ईन्द्रेणीका रेखाहरुले सजाए झै मेरो खण्डहर जीवनलाई सजाउन चाहन्थ्यौ ।माया गर्नेहरु सबै सफल हुने भए पनि यो संसारमा विछोड शब्दको उत्पत्ति हुने थिएन । म पनि त्यो विछोड शब्दबाट साह्रै डराउँथें । अनि त्योदेखि टाढा बस्न चाहन्थे । सोच्थें पिडा कस्तो हुन्छ, कहाँबाट आँउछ, हाम्रो यात्राको दौरानमा तिमी अलि अगाडि पुगिछौ म तिमी भन्दा अलि पछाडि छाडिएछु । यो अगाडि पाइलाको फरकमा हामी फेरी पनि एक्ला-एक्लौ भएछौ, अनि वेग्ला-वेग्लौ नितान्त बेग्ला-वेग्लै । जिन्दगीको यो दोधार पलमा खै कसरी मनलाई सम्झाउनु सपनीको संसारमा सधैं आएर जिस्क्याउने गछर्यौ ब्यूँझन्छु विछ्यौनामा एक्लै हुन्छु मानिसहरुको माझमा पनि मैले आफुलाई नितान्त एक्लो पाइरहेको छु, तर पनि के नै गर्न सक्छु र बस तिम्रो यादमा दिनहरु काटिरहेको छु । मनमा हरपल तिमीलाई नै सजाएर राखेको छु । जिन्दगीको यात्रामा सायद मैले तिम्रो साथ पाउन सक्दिन तर पनि हरेक पल मैले तिमीलाई त्यति नै चाहदै आएको छु ।
जिन्दगीमा सधैं चाहेकै हुनुपर्छ भन्ने रहेनछ कहिले काहीँ चाहँदा-चाहदै र गर्दा-गदौ पनि ती चाहानाहरु पूरा हुँदा रहेनछन् । म जति तिम्रो नजिक पुग्न खोज्थें, सामिप्यताको बन्धन तोड्दै तिमी झन टाढा पुगिसकेको हुन्थ्यौ मेरो निम्ती फगत मृगतृष्णा बनेर मैले ठम्याउनै सकिन खै कहाँबाट असमानताको पर्खाल खडा भईदिएछ विश्वासघातको आँधी चलिदिएछ अनि मलाई एउटा अपुरो अधुरो यात्रामा छाडेर तिमी ऋतुसरी बदलिईदिईछौ । यो पनि म कसरी सोच्न सक्थें र कि त्यति छिट्टै आस्थाका पर्खालहरु लरबराउनेछन् भावनाका पर्खेटाहरु भाँचिनेछन् अनि अटुट लाग्ने तिम्रा बाचाहरु खोक्रो र फोस्रो भई शुन्यतामा विलाउनेछन् केवल सम्´नाले भिजाएका परेलीहरु अनि चोटहरुले सजिएको मेरो मुटु पे्रमोपहार स्वरुप मलाई नै सुम्पिएर आज तिमी खुशी छौ कि छैनौ म कसरी भन्न सक्छु र तर म त नदीका दुई किनार झै टाढिएको हाम्रो स्वप्निल संसारभित्र आफ्नो अतित चियाउँदै प्रत्येक दिन प्रतिक्षा अनि सम्झनाको भेलमा अविरल बगाई रहेको छु । जीवनको फुलबारी सजाउने उमंगमा बसन्तको बहार खोज्न निस्केको म आज अन्जुलीभरी काँडामा उपहार र नयनभरी हिउँदको झरी लिई फर्किरहेछु अनि भत्किएका परेलीका डिलबाट नतमस्तक मेरा सारा लक्ष्यहरु चुहाईरहेछु ।
यस्तो लाग्थ्यो, संसार एउटा सुन्दर बगैंचा हो, जसका सारा फूलहरु पनि मेरो जीवनमा बहार ल्याउनको निम्ती आतुर छन् तर मलाई के थाहा सुन्दर ती फूलहरु एकाएक ओईलाई झरिदिनेछन् मेरो जिवनलाई उजाड-उजाड बनाएर । कुनै दिन थियो कि शिशिरको नांगो रुखमा पनि जिवन मुस्कुराएको देख्ने गर्थें, तर आज त बसन्तको हरियालीमा पनि जीवन रोईरहेको देख्छु । थाहा छ हाम्रो विश्वासको महल त भत्किसकेको छ छातीभित्रका भावनाहरु तुषारोले कठ्याङ्ग्रिसकेका छन् तैपनि तिमी जति नै टाढा भए पनि मैले चाहेर पनि तिमीलाई भुलाउन सकिन । चाहे तिमी सम्झ वा विर्स, गहभरीका आँसु अनि मनभरीका व्यथा सहेरै पनि यो निरिह मुटुमा अनन्तसम्म तिम्रो याद सजाईराख्ने छु । एउटा अप्राप्य निधीको रुपमा सदा सदाको निम्ती मेरो मानसपटलमा केवल स्मृति बनि नाँचिरहनेछौं तिमी अनि त्यहि प्राप्तिको मर्मभित्र मर्माहित भई तिमै्र ह्दयको परिवेशमा बरबाद भई हाँसिरहनेछु म । तैपनि सम्झनाको सिमा भित्र प्रेम पल्लवीत गराउने झुठो आशामा आकाश र घर्तिको मिलन हेर्दै मौन ह्दयको जलनसँगै मीठो मिलनको प्रतिक्षा गरिरहेको छु ।
निष्तब्ध रातमा टिलटिल-टिलटिल गर्दै चम्किएको एक्लो तारा झै जीवन जिउने संघर्ष गर्दै अथाह पिडाको सागरमा डुबेरै पनि बाचास्वरुप तिमीले टोकेको औंलाको चोटबाट रगतको नदी तिमै्र तस्तिरमा वगाउँदै हरपल नशाको बेहोशीमा उजाड विपनाको बगैंचाभित्र एउटा नमीठो सम्झौतामा रमाउने दुष्प्रयास गर्दैछु । आखिर मुटु नै हो जति सम्झाउन खोजे पनि कहिले काँही चसक्क घोच्दोरहेछ नमीठोसँग दुख्दोरहेछ अनि व्यर्थै बाँचे झै जीवनको क्षण-क्षण विताउन युगौं लाग्दोरहेछ । अझै मुटुमा दन्केको वियोगको ज्वालालाई आँसुको धाराले निभाउने अथक प्रयास गर्दा-गर्दा झनै दन्कँदोरहेछ । हुन त अब चोट उम्लिन्छ आँसु नपोखिएर अरु के नै पो पोखिन्छ र जे होस् अब त समय पनि धेरै टाढा छैन होला जब सुक्नेछन् मेरा सारा आँसुहरु अनि पिडाले रोकिनेछ जीवनको बाटो तब तिमी आउनेछौ होला मेरो लागि श्रद्धाका दुई थोपा आँसु चढाउन तर त्यतिखेर तिमी चाहे खुशी मनाउ या आँसु बगाऊ कारण मेरो जिन्दगी आफ्नै चोखो विश्वाससँगै चीर निन्द्राको विछ्यौनामा सुस्ताइरहेको हुनेछ अनि प्राप्तिका चाहानाहरु जस्तै खरानी भई खुल्ला गगनमा उडीरहनेछ जहाँ कुनै आँधीको पर्वाह हुने छैन कहीँ कतै मिलनको आशा रहने छैन ।
तिमी विनाको एक्लो यात्रीअन्जान बनबासी
Mero Nepal
E Buddy Chat
Leave Massages
- Suman sudha Bagale
- I am the man who always use to say let me down
About Me
Nepali Times
Nepali News
Entertainments
Online News
Some Usefull Links
Blogger Followers
Nepali Sahitya
अर्थहिन प्रेम पत्र ः घाउ
नर्मिला मिठो सम्झना अनी अदृष्य मायाका सौगातहरु ।
अल्पकालीन जिन्दगीको दिर्घकालीन न्यानो माया सदा खुशी रहनु जिन्दगीका अनमोल तृप्तीहरु पुरा गर्न कोशीश गर्नु । जीन्दगीका तीता मीठा सपनालाई सपनामा नै राखी एक मुठी श्वास लिएर बाच्दै थिएँ बाच्दैछु र बाँचिरहने छु जब सम्म तिम्रो याद तिम्रो माया मेरो मनसपटलमा अटल अमर रहनेछ ।
लेखीरहनु पर्ने नितान्त कतै देखिदैन् तैपनि जीन्दगीका आरेाहअबरोह अनि उकालीओह्रालीसँग आत्मासाथ गर्दै जादा जीबनलाई अहिले बमगोलालन्चरहरुसगं भिडाउदैछु । जन्माउन नपाउदै टुहुरो भइ निमोठिइ अपाÚ्घ भएको हृदयबिदारक घातक घाउ बोकी यो मरुभूमिमा मृत्युसँग लडदैछु ।
खै आजभोली किन हो तिम्रो उपस्थति देखिदैन इन्टरनेटमापनि । दुइ चार अफ लाइन म्यासेजहरुका साथ तिम्रो तस्विरपनि पाएँ । त्यहि तस्वीर नयनमा उभाएर तिमीसँग तिता मीठा कुराहरु गर्नु मेरो दैनिकी नै बनेको छ । फुस्कीनै लागेका मधुर मुस्कान सुकीलो मुहार चन्द्रमा भन्दा कम देखिदैन । नर्मिला आजभोली सँर्घषमा छौ कि कसो पातलो भइछौ ज्ास्तो लाग्यो मलाइ । किन हो पीर चिन्ता नलीनु आप्ाु्नो स्वास्थ्य ख्याल राख्नु । तिमीसँग कुरा गर्न यो मन आतुर हुन्छन् । अनेकौ भावनाहरु त्ाछाड मछाड गर्दै उल्ार्ीन्छन । ओछा्यानमा पल्टीदा यि नयनहरु तिम्रै तस्विरमा गइ अडिन्छन् अनी मस्तिष्कले उही प्रश्न्ा सोधिहाल्छ तिमी कहा छौ के गर्दै छौ कसरी चल्दै छ बैबाहीक जिवन मसँग पुरा नभएका चाहानाहरु पुरा भए जस्तो लाग्छ म कल्पीन्छु भने तिमी मेरो कल्पनालाइ साकार बनाइरहेकी होली । एक चुम्वनको लागी कुमले गाला छोप्ने रानीलाइ अहिले खुल्यआम लाम्पसारीन स्वतन्त्रा मिलेको छ । तिमीलाइ अँगालेर सँसारको चित्र कोर्छु तिता मिठा बात गर्छु व्यूझिदा आफै रित्तो हुन्छु । यस्ता यस्तै कल्पनाहरु तिमै्रसाथ लुटुपुटिन थाल्छ अन्तमा आफुले आफैलाइ धिक्र्कान शिबाय के हुदैन । मरुभुमी भएको जिन्दगी हरीयालीको कल्पना गर्नु बाहेक अन्य के नै छ र । कसैको मोहमा मान्छे पुरै कवि हुदोरहेछ । तिम्रो सम्झना आउदा कोरीएका भावानाका क्षणहरु कथा कबिता बनी उही कपीका पन्नाका अडिक रहेका छन् ।
भेट हुनु नै छुटिनको लागी हो । यो सँसारमा कोहि कसैको जिन्दगी भरीकालागी एक अर्काको साथ रहन सक्दैन । समयले नै तिम्रो र मेरो भेट गरायो फेरी उही समयले बिछोडको नमीठो घाउ लगायो र त्यहि घाउ सम्झना स्वरुप अहिले मिठो कल्पनाको सँसार बनाउने साधन बनेको छ । तिमीले यि दुइ चार अफलाइन म्यासेजमा किन मेल नगरेको फोटो पठाउ भनेकी रहेछौ । इमेल फोटो पठाउन ढिलो गरेको पक्कै होइन । मनमा अनेकौ तरÚ्घहरु आउछन् । कसैलाइ पनि म प्रतिको गुनासो नराखौ भन्ने सोचले यो कदम चालेको हुँ । फेरी पनि एक त तिमी पारिवारीक भइसकेकी छौ । तिमीलाइ म मरीसकेको लाशको तस्विर पठाएर त्यहि तस्विर भुत बनि बार बार तिमीलाइ डस्यो भने गल्ती मेरै हुन्छ । जुन दिन देखी तिमी नया जिवनसाथीसँग बाधिन पुग्यौ त्यसबेला देखी नै मेरो ह्दय मरिसकेको थियो त्यैपनि जिउदो लाश सरी बाचिरहेको छु ।
म भन्दीन कि तिमीले धेाका दियौ भनेर तिम्रो वियोगमा दिनडाहाडै नशामा डुबेर दुनियालाइ देखाउनपनि जान्दीन साथमा हुदा त लुकी चोरी लाएको माया बिछोडमा किन प्रर्दशन गर्नुपर्यो र होइन पिउनका लाग्ाी वाहाना मात्रै हो जस्तो लाग्छ । म मा त के नै छ र बिल्कुल खाली छु नर्मिला । ह्दयविरक घाउ चहराइरहेका छन एक तन्कारले सदा सदाको लागी । तिमी जब पराइको भयौ त्यो दिन देखी यो मनमा चन्चलाताले बास पाएन जाहा गएपनि सँसार सुन्य लाग्यो । गाउलेहरु मलाइ हेरी कानेखुशी गर्न थाले । त्यसैले कसलाइपनि थाहा नै नदिइ परदेशी भएँ । परदेश आएर पनि त्यहि त रहेछ जति टाढा हुन्छु निश्ठुरीको माया त्यति गाडा हुदोरहेछ । सबै तिर बाट हेला भइ कसैको माया पाउन नसकेकेा म अभागी कसरी विदेशमा आएर मायालु अनी चोखो बन्न सक्थेर । यो दुखी लाइ दुख पाउन लेखेको जाहा गएपनि नछोडने रहेछ । समाज स्वार्थी छ व्याक्ति स्वार्थी छ यसै स्वार्थी सम्ााजमा हुर्कीएकी तिमी कसरी चोखो बन्न सक्छौ र । तिमीले भुल गरेकी होइनैा मेरो माया मा नै खोट रहेछ । चाहेको सबै चिज पाउनैपर्छ भन्नेा पनि केहि छैन । यति लेख्दैमा तिमी नसोच सुमनले माया मरेछ भनेर । माया त गाडा छ सागर भन्दपनि गहिरो खुल्ला आकास भन्दापनि फराकीलो अन्नन्त अन्नन्त सम्मको लागी । जसले मलाइ माया गर्न सीकायो उसैलाइ भुलीयो भने सीकाउनुको अर्थ होइन र मपनि त्यस्तो भुल्लकड त छैन नी । तिमी साथ हुदा दुइ दिनको जस्तो लाग्ने जिन्दगी अहिले त्यहि जिन्दगीले मोड मोडमा ठक्कर दिदा लामो लागेको छ । खबरहरु यस्तै हुन तर तिमीसँगको सँगतले केही भावुक बनि यो मनलाइ हल्का भएपनि शाहानुभुति मीलेको अनुभव भएको छ । तिमी जस्तो साथी पाएर म यति खुशी छु की अब मलाइ जीवनको मोहपनि छैन । सबै कुरा बाट सन्तुष्ट छु । तिमीलाइ थाहा नै होला जिवनको मोह नहुनु भएको मृत्युमुखी हुनु हो । भनि राख्नु त नपर्ला तैपनि एक साथीको नाताले यि शव्द पुन दोहोराउदैछु नर्मिला तिम्रो जिन्दगी राम्ररी चलाउनु पारिवारीक भएपछि जिम्मेवारी थपिएका होलान् । बिगतको कुरालाइ सम्झेर बर्तमानलाइ धमिलो नपार्नु । म मरीसकेको लाशलाइ कल्पेर जिन्दगीको एक क्षणपनि बर्बात नपार्नु । ल त आजलाइ ओझेल पर्न चाहान्छु बाकी अर्काे पत्रमा तर धेरैपछि किनकी यो दुखेको घाउलाइ पटक पटक कोट्टाइ नुनचुक दल्न चाहान्न । ज्यादै दुख्देा रहेछ बिछोडका घाउहरु । ब्ारु बिष पिइ एक छिन छटपटिएर मर्न सजिलो होला तर बिछोडको घाउ सहन ज्यादै गाह्ो हुदो रहेछ । रुन्छु कराउछु जति रोए कराएपनि सुनीदिने कोहि छैन । आखामा आशु रित्तिएपनि आशु बगेपनि डेाब गालामा नबस्दोरहेछ सम्झनाका ज्वारभाटाहरु यो सानो कागजको टुक्रामा कोरीएतापनि छटपटि त आखिरी मुटुमा नै हुदोरहेछ । मेरा दिनर्चाय त यसरी नै बितिरहेको छ र वित्नेछपनि । पहिलो माया मा नै ठेश लागेपछि अर्को नया बनाउनलाइ मन मरिसकेको छ । त्यैपनि तिमीले भने जसरी जिन्दगीले एक बाटो बिराएपनि अरु बाटाहरु आउछन त भन्यौ तर मेरो जिन्दगीमा त्यो नै अन्तिम बाटो रहेछ । बाटोहरु त आए नआएका होइन तर तिमीले देखाएका बाटो भन्दा भिन्न बिल्कुल फरक जहा तिम्रो मेरो मायाको कुनै अश्त्तित्व नै छैन । त्यो सँसार मेरो लागी विरत्तिएकॊ छ कतिन्ज्ोल यसरी बिताउन लगाउछ समयले विताइदीउला तर तिमी भने आफनो राम्रो गर्नु बनिसकेको घरलाइ सम्माल्नु सधा खुशी रहनु तिम्रो खुशी नै मेरो शान्तोनाका प्रसाद हुनेछ ।
सुमन बगाले