आउदो १७ गते नर्मिलाको विहे
सुमन बगाले
परदेशमै भएपनि म मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर र दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मस्र्यादीलाइ चटक्क माया मारेर म लागे परदेशतिर ।
आज म खाडीको मरुभुमीमा लम्पसारिएको छु । पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु । अनुहारहरु सबै फुटेका छन् । पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन । तातो बालुवाले पैतला खाएर छिया छिया भएको छ । सामान उठाउदा लेवल नमिलेर त्यहि सामानले हात थिचिदिएर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाग नै भएको छु । आजभोली औला अली राम्रोसग्ाँ चल्ने भएको छ । हातका ठेलाहरुपनि मरिसकेकाछन् । पहिला पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ । दिन गन्नपनि दुइहातको साहारा लिनु पथेर्ा । महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ । कुनै महिना अतिरिक्त समय काम गर्न नसकेको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ । कम पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मच्ािन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन् । दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन् ।
मलाइ नपुग्दो केहि थिएन । दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो । आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो । किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो । किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालेा थियो । सलसल सुसाउदै बग्ने दरौदी र मस्र्यादी मेरै हिम श्रृखलाका थिए । आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ । वन पखेरामा मेरै गाइ भैसी वन्यजन्तु डाफे मुनाल कोइली चरी नाच्थे डुल्थे रमाउथे । सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे । इष्टमित्र नातागोता सबै मेरै थिए । हेर त असार लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनइदिएर रोपारहरुले छिटै मेलो सकाए अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है । विचैमा कुरा काटथ्यो मोतीले नर्मिला मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ । मेरो अनुहार रातोपिरो देखिन्थ्यो । पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै मेसीनसरी हात चालेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु ग्ााेरु छोडेर उतै तिर आर्कशित हुन्थ्ो मलाइ भने डाह चल्थ्यो । ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलराम भन्दै छाहारीमा बस्न बोलाउथी । म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ । पड्केको मुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यु । पछाडीबाट कुलोको पानीले झसगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नर्मिला । म अझै घुर्की लगाउदै हुन्थाँ । रिसाएको भनि उल्टै मलाइ नै फकाउथी । कस्तो निश्चल माया थियो ।
डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ । असार लागेको छ आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ । मेलोको चटारो छ । किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन् । नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ । एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने । यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र । उत्कुष्टताका साथ कान ठाडो बनाएँ । त्यो हरीकगालकी छोरी नर्मिला तसँग मायापि्रती छ भन्थे नि गाउले ले । त्यसको यहि १७ गते विवाह हुदैछ । पल्ला गाउको मस्टरको छोरा विनोदसँग्ा । खुव तैले मलाइ माया गर्छे नमिर्लाले मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई । ठिक्क भयो हामीलाइ घुडो भएको थियो । पिर नगर तलाइ नर्मिला सुहाउदैनथिइ पनि । अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ । बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ ।
मन गरुगो भयो । खासै कुनै त्यस्तो प्रतिकि्रया जनाउन मन लागेन । किन कि यो हुनु नै थियो । रोक्नपनि सकिन । म आफु नर्गिय जिवन विताइरहेको बेलामा नर्मिलालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन । गएको महिनामा नै माग्न आएको थियो विनोद नर्मिलाले भन्दैथिइ । विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नर्मिलालाइ हात बढाए हुन्छ भनिदिइसकेको थिएँ । विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन । हुन त म लाक्षी नमर्दा पुरुषको नाममा कलकको पात्र बनेको छु अहिले आएर । किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाग बनाएको छ । यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु । यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि यो मेरो मन बुझाउने बाटो बनेको छ ।
म तिम्रो विवाह प्रति एक दम खुशी छु नर्मिला । तिमीलाइ विश्वास लागेन होला विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि के तिम्रो खुशी मेरो खुशी होइन्ा र विनोद तिम्रो उज्वल भविश्य हो म त तिमीलाइ माया गर्ने एक दुखी मात्र हुँ नर्मिला जो मरेरपनि बाचिरहेको छ । अब तिम्रा हातले दाउरा घास गर्नु पर्दैन । कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन । न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ । विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर तिमीमा हुनेछैन । मस्र्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर तिमीले महलमा जिन्दगी विताउनेछौ । मसँग्ा आएर के पाउथ्यौ र तिमीले । मात्र मेरा पलासको फुल जस्तो माया । जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ । मेरो माया तिमीलाइ त्यस्तै हो । सबै थोक माया मात्र होइन नर्मिला । जसरी हागाँ विगु विना रुखको शोभा हुदैन त्यसैले आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन । चुलिदै गएको तिम्रो वैशलाइ कुठराघात गरि रोक्न सकिन र तिमीलाइ पिडादायी खुशी दिन चाहिन । म प्रति तिम्रो कुनै गुनासो हुने छैन । मेरो चिन्ता गर्नुपर्दैन तिमील्ो यसमा तिम्रो कुनै गल्ती छैन । गल्ती न तिम्रो थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरॊ सोझोपनले गरिरहेको छ । अरुलाइ देाश दिएर म चोखो बन्नपनि सक्दिन । गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो । आफन्त र साथी भाइको सहयोगमा उसको मृत्ा शरिर मातृभुमीमा पुग्यो । खै अब मपनि धेरै बाच्दिन होला । छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ । खाना मिठो हुदैन । शशिर सुकेर विसैली भइसकेको छ । मात्र तिम्रो पिर थियो मलाइ तिम्रोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ । मलाइ अब जिन्दगीको कुनै मोह छैन । माया मारेर या माया घटाउन यो भनेको पक्कै होइन नर्मिला जे वोली रहेको त्यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु । म अब तिमीलाइ कुरा लुकाउन सक्दिन नर्मिला तिमी वाहेक मेरो मर्म र दर्द सुनिदिनेपनि को नै थियो र । अब सबै कुरा भगवानलाइ सुनाउनेछु । किनकी म चाडै नै भगवानको काखमा जादैछु । यो जुनीलाइ यस्तै भयो नर्मिला अर्को जुनी जन्मजात तिम्रो हुनेछु । अहिलेका सारा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राखैला । दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउला यो जुनीका अधुरा सपनाहरु पुरा गरैला अलविदा नर्मिला तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना । सदा खुशी रहनु । तिम्रो सिउदो सजाएको सुन्न पाउँ । म अब जिउदो नेपाल फर्कने छैन । यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ हेर्नेछु । लाजले घुम्टो नछोपे ल ।
उहि अभागी बलराम
2 comments:
nice but its to much sad bt the reality if our sicuety.
साह्रै मर्मस्पर्शी लेख लेख्नुभयो सुमन जी तपाईंले मनै कटक्कै खाने यो बियोगान्त कथा पढेर मन अमिलो त भयो तर खुशी छु तपाईंले सत्य तथ्य कुराहरु शब्द हरुमा
छ्ताछुल्ल पार्नुभएको छ। कामना गरौ यस्तो घटना वास्तबिक जीवनमा कसैलाई नहोस्। केही समयएको लागि बिछोडइनु परेपनि अन्त्यमा मिलन र खुशीहरुको बहार सबैमा छाओस।
Post a Comment