तेईस घण्टापछि अवरुद्ध राजमार्ग सुचारु
तनहुँ अनलाईन/पवन पौडेल, असार १४, आईतबार, दमौली । तनहुँस्थित पृथ्वी राजमार्गको डुम्रे आँबुखैरेनी सडकखण्ड २३ घण्टापछि सूचारु भएकॊ छ । गत विहीबार भएको सडक दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारले हालसम्म क्षतिपूर्ति नपाएको भन्दै हिजो ३ बजेदेखी गरेको अवरोधका कारण लामो समयदेखी सवारी साधन र तीनका यात्रु बाटामा नै अलपत्र परेका थिए ।
सवारी धनीबाट क्षतिपूर्ति नपाएको भन्दै पीडित पक्ष र स्थानियबासीन्दाले राजमार्ग अवरुद्ध पार्दै आएका थिए । बन्द राजमार्ग खुलाउन हाल सवारी धनी स्थानिय प्रशासन र बन्दकर्ताबीच जिल्ला प्रहरी कार्यालय तनहुँमा भएको वार्ताले क्षतिपूर्तिका सम्बन्धमा सर्वदलीय बैठकले गर्ने र सो को निर्णय मान्ने सहमति भएपछि राजमार्ग दिउँसो सवा २ बजेदेखी सुचारु भएको हो । मृतकका आफन्तले ठूलो रकम माग गरेपछि क्षतिपूर्तिका सम्बन्धमा हालसम्म सहमति हुन नसकेको बताइएको छ । पीडितहरुले प्रतिव्यक्ति २५ लाख माग गरेका छन् । सर्वपक्षीय बैठक अहिले ३ बजे बस्ने र क्षतिपूर्तिको निर्णय गर्ने प्रहरीले जनाएको छ । गत बिहिबार पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दिपुर गाविसको वडा नं १ गोरेचौतारा भन्ने स्थानमा ना३ख ३०१९ नम्बरको ट्रकको ठक्करबाट ग३प ८२०७ नम्बरको मोटरसाईकलमा सवार चितवन शिवनगर २ बस्ने हेमबहादुर आले र उनका छोरा ८ बर्षिय अमित आलेको मृत्यु भएको थियो ।
कम्युनिष्टहरुको जातिय अग्राधिकारले देश टुक्राउने षड्यन्त्र
तनहुँ अनलाईन/पवन पौडेल, असार १३, शनिवार, दमौली । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको संसदीय दलको चुनावले पार्टीमा रहेको विभाजन हटाएको दाबी गर्नु भएको छ ।
नेपाल मुस्लिम संघ जिल्ला शाखा तथा पश्चिमान्चल क्षेत्रीय भेलाको उदघाटन गर्दै नेता पौडेलले अबको नयाँ कांग्रेसमा ४० र ६० का आधारमा नभै गुण र दोषका आधारमा सबैको मूल्यांकन हुने बताउनुभयो । यसले कांग्रेस अझ शसक्त ढंगले अगाडि बढ्न मद्दत पुर्याएको नेता पौडेलको भनाई थियो ।
कार्यक्रममा बोल्दै उहाँले संसदमा जातीय अग्राधिकारको प्रस्ताव ल्याएर माओवादी र नेपालका कम्यूनिष्टहरुले देशलाई टुक्राउने षडयन्त्र गरिरहेको दाबी गर्नुभयो । उहाँले अल्पसंख्यकको नाममा ती दलहरुले देशलाई पुरानै अवस्थामा लैजान षडयन्त्र गरिरहेकेा दाबी गर्नुभयो । कांग्रेसका उपसभापति समेत रहनुभएका नेता पौडेलले नेपाल कुनै एकको नभै सबैको देश भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल मूस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दूल सतार मियाँले राज्यले मुस्लिम समुदायलाई अपहेलना गरेको बताउँदै आफ्नो जातीय पहिचान स्थापीत नहुँदासम्म चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
नेपाली काग्रेसका मुख्य सचिव रामचन्द्र पोखरेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति रघुनाथ पौडेलले कांग्रेसले मुस्लिम समुदायलाई विभेद नगरेको बताउनुभयो ।
0 comments:
Post a Comment