"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

7:12 AM

Home Pages

Posted by Suman sudha Bagale

अर्थहिन प्रेम पत्र ः घाउ
नर्मिला मिठो सम्झना अनी अदृष्य मायाका सौगातहरु ।
अल्पकालीन जिन्दगीको दिर्घकालीन न्यानो माया सदा खुशी रहनु जिन्दगीका अनमोल तृप्तीहरु पुरा गर्न कोशीश गर्नु । जीन्दगीका तीता मीठा सपनालाई सपनामा नै राखी एक मुठी श्वास लिएर बाच्दै थिएँ बाच्दैछु र बाँचिरहने छु जब सम्म तिम्रो याद तिम्रो माया मेरो मनसपटलमा अटल अमर रहनेछ ।लेखीरहनु पर्ने नितान्त कतै देखिदैन् तैपनि जीन्दगीका आरेाहअबरोह अनि उकालीओह्रालीसँग आत्मासाथ गर्दै जादा जीबनलाई अहिले बमगोलालन्चरहरुसगं भिडाउदैछु । जन्माउन नपाउदै टुहुरो भइ निमोठिइ अपाÚ्घ भएको हृदयबिदारक घातक घाउ बोकी यो मरुभूमिमा मृत्युसँग लडदैछु । Full Story>

गजल ः विस्रनलाइ गाह्ो भयो
सुमन बगाले

समयको त्यो पल मलाइ विस्रनलाइ गाह्ो भयो
कोमल थियो मुटु आज ढुšगा भन्दा साह्ो भयो

डुलेर वनमा न्याउली रुन्थी आफनै भाकामा
तिम्रो पापी आखा आज हेराइको छारो भयो

खेल रहेछ माया भन्ने तिम्रो बेग्लै सँसारमा
घोच्नसम्म घोच्यौ आज मेरै मुटु तारो भयोView All>

कथा ः भाउजु
सुमन बगाले
सबै कुराबाट सन्तुष्टि मिलेपनि शुशीला भाउजु घर छोडेर माइत जानुभयो रे भन्ने कुराले चसक्क मुटु बिझाइरहेको थियो । कृषि विकास बैकमा नियुक्ति भएको दुइ महिनापछिको पहिलो विदा सकाएर सोभित शुशीला भाउजुको कुराले धमिलो मन लिएर काठमाडौ तिर लाग्यो । नारी यो सँसारलाइ निरन्तरता दिनकालागी पैदा भएका एक जन्मजात कोमल ह्दय भएका प्रणाली हुन । त्यहि कोखबाट जन्मिएर हामीले यो सँसार देख्न पाएका छौ । हरेक नारी चाहाना हुन्छ कि असल असल सन्तानको जन्म दिउँ र पछि त्यही सन्तानले सँसारको रँगरुप परिवर्तन गरेास । नौ नैा महिनासम्म गर्वको भारी बोकी त्यसमापनि वौज्ञानीक प्रविधीले अझै दुःख दिएका हुन्छन् नानी धरीको खोप र सुइका सुइराहरुले त्योपनि सहेकी नै हुन्छीन । नालाबाला काखमा च्यापेर भिर पखेरा उकाली ओराली किन नै गर्न नपरोस नारी सन्तुष्टि नै हुन्छीन् त्यो नालाबालाको तोतेबोली मिसीएको थोते हासोँमा र त्यहि नालाबालाको भविश्यमा सँसार कोर्न थाल्छीन् ।Full Story>

राहदानी बनाउनेको संख्यामा वृद्धि

तनहुँ अनलाईन/पवन पौडेल, असार ४, बिहिवार, दमौली । तनहुँमा जेठ महिनामा राहदानी बनाउनेको संख्यामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार गएको बैशाख महिनामा ४ सय ५७ जनाले राहदानी बनाएकामा जेठ महिनामा त्यसमा वृद्धि भई ५ सय ४७ पुगेको छ ।
यो संख्या गएको चैत्र महिनामा ४ सय ९६ रहेको थियो । वैदेशिक रोजगारीमा जाने र हाल बेलायत सरकारको आवासीय भिसाका कारण विदेश जानेको संख्यामा वृद्धि भएकाले राहदानी बनाउनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटका नायब शुब्बा लोकराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गएको फागुन महिनायता २ हजार १ सय ४२ जनाले विदेश जाने प्रयोजनका लागि राहदानी बनाएका छन् ।Full Story>

गधाको सपना
पहिलो गधा ः यार मेरो साहुँ ले त धेरै हिर्काउछ । खानापनि राम्रो दिदैन् ।
दोस्रो गधा ः त्यसो भए भागेर किन जादैनस त।
पहिलो गधा ः भाग्न त सक्छु नि तर यहा मेरो भाग्य चम्कने सम्भावना छ क्या
दोस्रो गधा ः कसरी नि पहिलो गधा ः मेरो साहुँको एक्ली सुन्दरी छोरीलाइ तलाइ गधासँग बिहे गरिदिन्छु भन्छ । त्यसैले बसेको छु ।

1 comments:

HAWA said...

हाहाहा..लास्ट को चुडकिला पदेर त मलाई नि गधा हुन मन लाग्यो त्यै साहुँ का

Post a Comment