अति हुन्छ प्रेमपिडा थाहा छ मलाई
निल्नु न ओकल्नु तिम्रो माया भाछ मलाई
खोज्दा खोज्दै बिगतको मुटु बिझने मायालाई
पागल नै हुन्छु अब यस्तै लाछ मलाई
जब दिएँ तिमिलाइ तनमन सुम्पीएर
कस्ले पो आफनो भन्न पाछ मलाई
बिस्रनै नसक्ने गरी कलेजीको यो दाग
कस्तो दियौ याद भित्र भित्रै खाछ मलाई
जलिसकेको छु म तिमीलाइ अब के छ र
निष्ठुरी माया एक चोटि भेट्न मन लाछ मलाई …
गित ः दिल जल्दो रैछ …
सोचेको पनि नहुने जिवन कर्कलाको पानी रैछ
हल्का बतास आएपनि कोल्टी पोख्खी जानी रैछ
जिवनको यात्रा आधीको दियो निभेपछि अध्यारो रैछ
कल्पनाको सँसारमा मानिसको हर इच्छा अपुरो रैछ ।
पिरतीको खेलमा हिसाव त पाउने र गुमाउने रैछ
निष्ठुरीको पापीमायाले जुनी भर रुवाउने रैछ
जो होचो उसैलाइ घोचो दुनियाले घोच्ने रैछ
निदेर्ार्षी अनी निमुखालाइ न्यााय नदिइ हेप्ने रैछ
चोखो माया लाउछु भन्थ्यो पैसामापनि चल्दो रैछ
किन चाहियो सलाइ आगो विना दिल जल्दो रैछ ।
गजलः सकिएन पलाउन …
न सकियो भुल्न तिमीलाइ न सकियो आफनो बनाउन
कस्तो दियौ याद तिमीले सकिएन गलाउन
प्यासी प्यासी स्पर्शले शरीर सिरीš सिरीš हुदापिन
चप्प समाइ तिमीलाइ सकिएन ढलाउन
मन्ध मन्ध मुस्कान मधुहोस भइ अँगालेामा हुदापिन
गला जोडी तिमीलाइ सकिएन चलाउन
तिम्रा मन आतुर हुन्थे यता कतै श्वासले छुदापिन
एकै जोसले तिमीलाइ सकिएन जलाउन
चारै तिर सदाबहार हरियाली बसन्त ऋतु हुदापिन
श्ाीशीर ऋतु झै उजाड छु सकिएन पलाउन …
गजल ः आफैले घाटी शेर साथी …
कस्तो हुन्छ प्रेमजाल त्यो अभागीलाइ हेर साथी
बेचविखन भयो उसको माया गएन खेर साथी
दुवै तर्फ युद्ध चल्याे मरे घाइते भए मुनाहरु
वरिपरी शत्रु हुन्छन् फ्याकी जाल बेर साथी
लाखैा मौरी घुम्छन् यँहा त्यही वासनका लागी
बनी बगैचाको माली रानी मैरी घेर साथी
आउदा जादा चौबाटोमा धेरै जिवहरु भेटिन्छन्
नचिन्ने गरी छेपाराले झै रुप रँग फेर साथी
आफनापनि पराइ भए पराइको त के आशा
किन ढिला गर्नु अब आफैले घाँटी शेर साथी ॥
Mero Nepal
E Buddy Chat
Leave Massages
- Suman sudha Bagale
- I am the man who always use to say let me down
About Me
Nepali Times
Nepali News
Entertainments
Online News
Some Usefull Links
Blogger Followers
Nepali Sahitya
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment