"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

लेखक ः सुमन बगाले

कुरा सिधै छ समय निरन्तर बगीरहन्छ । समयसँग सबै बगीरहेका हुन्छन् । त्यसरी नै मपनि समयसँगै आफनो पढाईलाई निरन्तरता दिन भनि गाउ छेडी शहर छिरे । शहरको वातवरणमा मा हुलमिलीदै थिए बाह् पासपछि मलाई आफनै सानबाबाकेा एक सहकारी सँस्थामा काम गर्ने मौका मिल्यो । म व्यबस्थापन सँकायको बिद्यार्थी भएकोले पढाइमा हल्का मिल्दो जुल्दो भएर काम अलि छिटो नै सम्माहान्न सके । पढाइलाई पनि निरन्तरता दिनुपर्ने उता अफिसपनि समय भ्याइ नभ्याइ थियो । त्यसैले कलेजको मुख्य मुख्य विषय टियुसन पढु अरु घरमै पढने सोचलॆ टियुसन भर्ना भइयो । वि।वि।यस प्रथम वर्षको परिक्षापनि नजिकीदै थियो । साथीहरु सँगै मैले मिलेर पढन थालेँ । एकदिन टुयुसनबाट फर्कदा मेरो झोलाको फिता चुढयो । नजिकै टेलस्रमा गएको भिड रहेछ । निस्कीदा उनी सामु आइन र मेरो झोला म सिलाइदिन्छु भनी लगीन । मैले किताव कपि झिकेँ त्यस्तै दिउसो को दुइ तिन बजेको थियो होला मेरो टेबुलमा रहेको फोनको घण्टी बज्यो । आउन त ज्यादै धेरै आउथे तर त्यो दिन उनीको रहेछ जसले मेरो झोला लिएर गएकी थिइन । झोला बलियो तरीकाले सिलाइदिएको छु अब कहिल्यै चुडैन भनीन । मैले धन्यबाद साथै काहाँबाट नम्बर पाएको भनी सोध्दा पो मेरो डायरी त्यहि झोलामा रहेछ झिक्न झुलेछु । टुयुसनसेन्टरमा भेट हुन्थ्यो । मलाइ उनीसँग बोल्न लाज लाग्न थाल्यो । मेरा साथीहरु सबै उराउन्ठेउला थिए । केटीसँग बोलेकेा देख्यो भनी केटिकै सामु गएर भए नभएको कुरा गरि भोली पल्टबाट त्यो केटीसँग बोल्ने बाटो नै टुटाइदिन्थे । त्यसैले मैले कुनैपनि केटिसँग बोल्ने अुट गरिन । उनीहरुपनि आँट गर्दैनथे । किनकी पालाको पौचो सबैलाइ हुन्थ्यो । बडो रमाइलोले बित्दै थियो ।

उनीँसँग मेरो अब देखभेट हुदा नबोल्ने फोनमा मात्र कुरा हुन थाल्यो । उनको फोन नम्बर मागे दिन त दिइन । तर घरबेटिको हो हामीलाई फोन आयो भनी नराम्रो मान्छन बरु म आफै गर्छु भन्ने कुरा आयो । यसरी नै कुनै दिन म टियुसन गइन भने तुरुन्त अफिसमा फोन आउथ्यो । किन नआएको के भयो पढाइलाइ किन लत छोडेको भनि फलाक्न थाल्थीन । मैले विराएँ भनी माफ माग्नु पथ्र्यो । एक दिन उनी मेरो अफिस नजिकै आएर फोन गरीन । म लिन गए उनी आउन मानेकी थिइन तर मैले कर गरेरै भएपनि अफिसमा हुले । चिसो पिएर हामी न्युरोडको यस क्याफेमा नास्ताको लागी गइयो । उनी र म गफमा मस्त खाजा खादै गफमै शनीबार घुम्न जाने योजना बनाइयो ।

शनीबारपनि आयो कहा जाने घुम्नलाइ कता लाने हो मलाइ केहि थाहा भएन । मलाई पढाइपनि र कामपनि ले गर्दा मैले कतै घुम्ने मौका मिलेकेा थिएन । साथीहरुले थाहा पाए भने मेरो टियुसन नै बन्द हुन्छ । मनपनि त्यति साहै रमाएको थिएन । त्यैपनि बोली हालीयो भनेर म सानीआमालाइ छिटै फर्कन्छु भनि निस्के घरबाट सानीआमा कति हिडेको जाचको वेलामा पढनु पर्छ र भन्दै हुनुहूथ्यो । त्यैपनि नसुनेको झै गरि भागेँ । पुरानो बसपार्क आएको उनी आइसकेकी रहेछिन । मैले गाडी नभएर ढिला भयो भनी दुबैको सल्लाहमा चिडीयाखाना जाने निधो भयो माइक्रो बस समातेर हुइकियौ जाउलाखेलतिर । कुनै एक ठाउमा लगेर मलाइ उनीको सबै बिलेविस्तार सुनाइन । मेरोपनि सबै विस्तार गयो । यसरी नै जाउलाखेलमा घुम्दा घुम्दै उनीको कलेजको एक साथी भेट हुनुभयो । मेरोपनि परिचय भयो उहासँग । छुटिनी बेलामा जोडी खुब सुहाएको छ भनिदीनु भयो म लाजले रातोपिरो भएछु मलाइ हेर्दै मुर्छा परेर हास्न थाले । चिडीयाखानामा समय कट्दै कटेन । अब चोभार जाने कुरा भयो र हामी दुइ चोभार तिर पैदल लागीयो गफ गाफमा हराउदै चोभार पुगीएछ । त्यहाको बातवरण एकदम सुन्यतामा थियो । एक जग्गामा गएर कुरकुरे खादै थियौ । उनीले मेरो तारिफ गर्दै भनी । तिमी यो उमेरमा पनि एक जिम्मेवारी काम समालेर पढाइलाइपनि निरन्तरता दिइरहेका छौ । तिमी एक असल व्याक्ति रहेछौ र हुनेछौ पनि । म आफैलाइ विश्वास लागेन । मैले हो र भनी टारीदिएँ । मैलेपनि तिमी राम्री छौ भनी मख्ख बनाइदिएँ । यो भन्दा अगाडी म कुनै केटिसँगपनि सँगै बसेर बोलेको थिईन । मलाइ कसरी बोल्नुपर्छ भन्ने कुरा थाहै भएन । भविश्यको कुरा गर्नुपर्दा लक्ष्यबिहिन नै थियो । उनीले मलाइ कतै प्रेम छ कि भनेर सोधीन मैले छैन भनेँ र उनीकोपनि रहेनछ । उनी एकाएक प्रेम सम्बन्धको कुरा अगाडी बढाइन । मैले आजसम्म केहिलाइ मन पराएको छैन र कसैले मलाइ मनपनि पराएका छैनन । मलाइपनि तिमी राम्री लाग्छ । तिम्रो व्यवहार तिन महिना सम्मसँगै पढीयो मैलेपनि बुझेको छु । तर यो जिवनसाथी नै हुने गरी निर्णय लिनलाइ चै सबैको सहमति चाहिन्छ । किनकी पछि धोकामा परेर म मन दुखाउन चाहान्न भने कसैलाइ प्रेममा फसाएर धोका दिन चाहान्नपनि । हुन त प्रेम गर्दैमा धोका मात्र पाइन्छ भन्ने छैन । त्यैपनि जिन्दगी लामो छ । मेरो यो कुरा स्तव्ब बनीन । जे होस उनीपनि एक शिक्षित नारी हुनाले मेरो करा सजीलै बुभ्ाुीन । यस्तै यस्तै कुराले दिन बितेछ । हामी चोभार बाट टयाक्सी चढी आफनो आफनो डेरा तिर लागियो उनीको र मेरो डेरा लगभग २० मिनटको पैदलबाटोको फरक थियो ।

घरमा आएको सानीआमाले कहा गएको पढने बेलामा भनी गाली गर्नुभयो धन्न सानबाबालाइ भने भन्नु भएन । सानबाबालाइ भनेको भए मार्नु हुन्थ्यो ।

यसरी नै हामी दुबैले प्रथम बर्षको परिक्षा सकायौ । उनी परिक्षा सकिने वित्तिकै गाउ लागीन भने म चाहि अफिसको काममा व्यस्ध भए । त्यति बेला सम्म मैले मुबाइल किनीसकेको थिए उनीले मलाइ अब देखी फोनमा होइन मुबााइलमा फोन गर्थीन । हामी दुइको दुरी दिनदिनै नजिकिदै थियो । एक दिन मैले सानीआमा सामु कुरा राखेँ । सानीआमाले हुदैन आफनो जातको केटि बिबाह गर्नुपर्छ । उनी मगर जाती हुन भने म चाहि क्षेत्री । अरु मलाइ थाहा छैन बेलुकी सानबाबासँग कुरा गर्छु भन्नु भयो । बडो पढ्ने बेलामा माया पि्रति लाउदै हिड्दोरहेछ भनेर गाली गर्नुभयो । बेलुकी कुरा गर्छु भन्दा खेरी मेरो सातो गएको थियो तरपनि प्रेम हुदैथियो किन डराउने भनेर अड्डी लिएर बसेँ । बेलुकी सानबाबा आउनु भयो कुरा चल्यो । सानबाबाले सबै विवरण सोध्नुभयो मैले उनीको जाने थाहा भएभरको सबै बढाँइचाढाँइ सुनाएँ । हामीले तलाइ यहु पढाउन र कामको पनि केहि ज्ञान हुन्छ भनेर तेरो परिवारसँग सोधेर राखेका हौ । तेरो जिन्दगीको निर्णय हामीमा छैन । दशै नजिकिदैछ घरमा गएर सोधौँला अनी बल्ल निर्णय लिन सकिन्छ । हाम्रो भन्नु केहि छैन । जातभात भनेको आजभोलीको जमनामा कुनै ठुलो कुरो होइन । सानबाबाको कुराले मलाइ चित्त बुझयो । दशैको बिदा भयो । जागीर खाएको पढेकोपनि खुब छुटले म घरमा आएँ । दशैको बेलामा सबै साथीहरुपनि भेट भयो रमाइलोसँग वित्तैथियो दशैको अष्टिमी दिनमा मेरा एक छिमेकी श्रीमान्ले जाड खाएर चलाएको मोटरसाइकल परी दम्पत्तिले घटनास्थलमा नै ज्यान गुमाए । गाउँ नै शोकमय भयो ।

टिकाको दिन सानबाबा सानीआमा दुबै मेरा घरमा आए । बेलुकी सानबाबाले कुरा निकाल्नु भयो । मेरो मन थरथर कापिरहेको थियो । बाबाले ठाडै इन्कार गरिदीनु भयो ।

इन्कार हुनमा यो रहस्य रहेछ । जुन दुर्घटनामा परेका परिवार थिए । उनीका एक छोरी एक छोरा थिए । छोरी बल्ल यस।यल।सी। पास भएकी रहेछिन् भने छोरा ९ मा पढदै रहेछ । मेरो बाबा र उनीहरु बिच मेरो वि।वि।यस।परिक्षा सकिन साथ बिबाह गरीदीने योजना रहेछ । मलाई थाहै भएन । सुधासँग अब तैले बिबाह गर्नुपर्छ । एक टुहुरी केटिको भविष्यको जिम्बेवारी तलाइ सुम्पीदिने छौ । बिचार पुराएर कदम चाल । अब कलेज यहि गाउमा पढ्छिन । तेरो वि।वि।यस।सकिन साथ उनीसँग बिबाह हुन्छ । अहिले नै गर्न चाहान्छस भनेपनि हामी तयार छौ । म अलमल्ल परेँ । गाउकै भएरपनि म एक चोटी बोलेकोपनि छैन नामपनि बल्ल थाहा भयो सुधा । मेरो मनमापनि एक हिसावले तरš आउन थाले । मनमा अनेकौ कुराहरु खेल्न थाले । एउटा टुहुरी केटिलाइ सम्मालेर पनि माया सदभाव खुशी दिन सकियो भने पनि जिवन केहि अर्थ हुन्थ्यो कि जस्तो लाग्न थाल्यो । मैले राम्ररी चिनेको पनि छैन । तीन बर्ष अधि देखी म काठमाडौ हिडेको दशैमा मात्रै घर आउथेँ त्यैपनि सुधाको घर मेरो भन्दा अली पर खोचमा पर्यो । म तेता तिर जादै जान्थिन पनि ।

भोलीपल्ट आमा सानीआमा बाबा सानबाबा सबै मामा घर गए । सुधाहरुपनि हाम्रै गुँठीको रहेछन । किरीया पुत्री कुर्ने पालो मेरो काधमा आयो । घरमा पाहुनापनि आएका थिए । भाई र पाहुनालाइ राखेर म कुर्न भनी गएँ । ति नानी कस्ती भइछ त भन्ने मनमा कौतहल लागेको थियो । हेर्न मन लागेको थियो घटना दुखदायी भएपनि मलाइ काइताको निहुँ भयो । मान्छे धेरै नै जम्मा भइरहेका रहेछन । पुग्न साथ सबैसँग हाइ हेल्लो नमस्ते मान्छे अनुसारको भयो । कतिले पढेको जागीरपनि खाएको केटो आयेा भने कतिले भने किन यसरी गाउलाइ माया मारेको हो । गाउ त आउनै छोडयो अब वि ए पढयो बिहे गरि भोज खुवाउनु पर्छ हामीलाइपनि भने बुढापाकाहरु थापाको छोरोपनि बाबालाइ टेवादिने भइसकेछ भन्थे । म हासेरै सबै कुरा पचाइदिन्थेँ । मेरा भने आँखा आतुर थिए सुधालाई हेर्न एता कतै नजर डुलाएँ तर देखिन । पिढीमा तासको खाल जम्यो । मलाइपनि खेल्ने भनेका थिए मलाइ कता कता असजिलो लाग्यो । खेल्न आउदैन भनेको पढेलेखेको मान्छे काहा तास खेल्छ र हामी जस्तो भए पो भनेर जिस्काउनपनि थाले साथीहरुले त्यस्तो केहि होइन भनी टारीदिएँ । बल्ल देखे मैले सुधालाई । किरीया बसेकी रहेछिन भाइसँगै । गाउ कि नारी भएरपनि चुनौति नै दिएछिन समाजलाइ । मलाइ लाग्छ तिनी नै पहिलो नारी होला जसले बाबा आमाको किरीया गरेकी छिन् त्यस ठाँउमा । मलाइपनि अुटेली रहेछिन जस्तो लाग्यो । उनीको काका मेरो साथी सरह नै थिए काकासँग राम्रो हुलमिल भएकाले मलाइ काकासँग बोल्न कुनै गाह्ो भएन गफ सफ भयो अबको जिम्मेवारी सबै काकाको हातमा नै आएको थियो । साथीहरु तासमा नै मस्त थिएँ । म भने राती दुइ तिन बजे तिर निदाएछु । बिहान आखा खोल्दा त आठ पो बजिसकेछ । धेरै बेर सुत्ने मै रहेछु लाज लाग्यो । तासको खाल भने चलिरहेको रहेछ । दुब्ली सानी ज्यादै माया लाग्दो अवश्थामा देखे । मन पग्लेर आयो तर मैले सुधासँग बोल्ने आँट गरिन । उनी एक तमासले टोलाइरहेकी हुन्थीन । म घरको समस्या देखाएर त्यहा बाट भागेँ ।

दशै पछि सानीआमा सानबाबा म सबै काठमाडौ आयौ । कलेज त थिएन जागीरको काम खुलीसकेको थियो । जागीर गर्दै थियु दोस्रो बर्षको पढाइ सुरु भयो एलिजापनि काठमाडौ आइन । फेरी फोन सुरु भयो गफ गाफ उस्तै । हाम्रो टियुसन थिएन एलिजा पद्यम कन्या कलेज आउथिन भने म पिपुल्स कलेज जाने गरेँ । एकदिन दशैपछिको पहिलो भेट हामीले बालुजुको बाइस धारामा हुने योजना बनायौ शनीबार पारेर । दुबै जनाको भेट भयो उनी त झन मेाटाइछिन । सेती गोरी कस्तो लोभ लाग्दी भएछिन म भने पातालो भएछु । कुरै कुरामा मैले मेरो दशैको सबै बताइदियाँ तर मैले ति मेरी सपनाकी रानीको बारेमा भने कुनै कुरा खुलेन किनकी भन्न जरुरीपनि थिएन । यसपालीको भेटमा भने हामी दुइको प्रेम सम्बन्धी कुरै भएन । अरु अरु कुरामा नै वित्यो । समयको क्रममा हामी दुइमा अब एक अज्ञात सम्बन्ध रहयो । एलीजाको परिवारसँग म सजिलै हुलमिल भएछु उनीपनि मेरो सानीआमा सानबाबासँग हुलमिल भइन । एक रमाइलो सम्बन्ध रह्यो । उनीको मामाको छोराले उनीलाइ मन पराएको छ भन्ने कुरा मलाइ भनी । उसैसँग बिबाह गर्न सल्लाह दिएँ भने कता कता डाह पनि लाग्यो । कलेजको जाडो बिदामा उनी गाउ फर्किइन भने मेरो त जागीर थियो म व्यस्थ नै भएँ ।

जाडो बिदा सकियो उनी फेरी काठमाडौ फर्किइन । यस बेला भने उनीले त्यही मामाको छोरासँग बिबाह गरेर आएको कुरै कुरामा सुनाइन । एक छिन त दšग परेँ पत्यार लागेन अर्को कुरा उनीले नै भनेपछि विश्वास लाग्यो नितीखुती गर्न मन लागेन । मैलेपनि ठिकै भयो भनी चित्त बुझाएँ । म आफैलाइ नमर्दा ज्ास्तो अनुभव भयो त्यैपनि मनलाइ समालेँ ।

अब भने म उनी बाट टाढा हुन पर्ने भयो । किनकी उनी एक बिबाहीत नारी भइसकेकी छिन । कुनै फरक छैन देख्नमा तर यर्थतता भिन्न थियो । उनीसँग हिड्दापनि आफैलाइ अनैाठो अनुभव हुन थाल्यो । भेटघाट फोनमा बिगतको भन्दा आधा नै कमी आयो । अब मलाइ घर तिरको टुहुरी केटिको बढि यादले सताउन थाल्यो । कता कता डर लागीरहन्थ्यो कतै सुधालेपनि अरु नै सँग जिवन विताउने बाचा गरिसकेकी छिन कि त । यस्ता यस्तै सोचहरुपनि आउथेँ । सुधा एलिजा भन्दा नराम्री पढाई लेखाईमापनि कम धनीको हिसाबले पनि धेरै फरक थियो तर मन परेपछि सुधाले नै मन जितेको थियो । उनीसँगै जिबन बिताउने आफुले आफैसँग कसम खाइसकेको थिएँ मैले ।

समय वित्तै गयो दशैमा घरमा आएँ । यसपाली सुधा एघार सकाएर बाह् पढदै गरेकी रहेछिन । काकाको छोरी शान्तिसँग अलि अलि कुरा गरेको सोझी छे त्यस्तो कुनै लपप्नछप्पन छैन । भन्ने कुरो थाहा भयो । शान्ती नितीखुती गर्दै थिइन म भने काठमाडौ फर्किए ।

एक समय म अफिसको काममा व्यस्थ थिएँ । मेरो मुबाइलमा मिस कल आयो हेरेको ०६५को लाइन यसको मतलब तनहु बाट नम्बर अज्ञात थियो मैले वास्था गरिन । सँयोग बस भनु मुबाइलमापनि त्यति बेला नै पैसा सकिएको थियो तनहु फोन गर्ने पैसा पुग्थेन । अफिसमापनि व्यास्थै थिए काम गरिरहेँ । मिस कल आएको आऐ भयो । व्यवस्था मिलाएर फोन गरेको शान्ती वहिनी रहेछिन । कलेजबाट गरेकी रहिछे । किन गरेको भनेर सोधेको सुधाको सत्यनारायण र लाखवत्ति बाल्ने पुजा छ यहि २५ गते तपाई आउनु रे भनी । जसको पुजा हो उसैले बोलाउनु पर्छ नत्र आउदैन रे भनि देउ भनी फोन राखिदियाँ । मन प्रफुल्र्ल भएर आयो । सँसार जिते जस्तो लाग्यो । मनमा खुशीको सिमा नै रहेन । मेरो सपना पुरा भएजस्तो लाग्यो अब यति भएपछि त । कता कता डर लागेकेा थियो फोन गर्दिन कि त भनेर । भोली पल्ट फोन आएन । मनमा शšखा पर्न थाल्यो आउछु आउछु भन्न पर्ने रहेछ जस्तो लाग्यो । धुर्की लगाएको खाइस जस्तो भयो । त्यस दिन प्रतिक्षामा नै बित्यो तर दिन सुन्यतामा नै बिलायो ।

पसर्ी पल्ट लगभग त्यही समयमा फेरी अर्को नम्बर बाट फोन आयो । पक्कै सुधाकै होला भनेर काटेर मैले फोन गरेको सँजयले पो रहेछ मन अमिलो भयो । सँजय मेरो मिल्ने साथी थियो त्यैपनि खुशी नै मान्नु पर्यो । अब मलाइ बानी पर्यो घरतिरको फोन नम्बर देख्ने बित्तिकै काटेर मैले फोन गर्ने । आजपनि आउदैन कि भन्ने सोचले काम गर्नपनि निकै मन मरीसकेको थियो । तिन बजेतिर फोन आयो तनहु कै थियो यो चाहि सुधाकै हो कि भनेर काटी मैले गरे हो रहेछ । पहिलो चेाटी उनको बोली फोन मा सुनियो जस्ताको तस्तै यहाँ लेख्दैछु ।

सुमन ः कस्लाइ खोज्नु भयो होला
सुधा ः सुमनलाइ म सुधा बोलेको
सुमन ः हो म सुमन बोल्दैछु । भन्नुस हजुर के काम पर्यो
सुधा ः पसर्ि पुजा छ आउनु होला है ।
सुमन ः साच्चै आउनी र
सुधा ः बोलाएको हो नि आउनु पर्छ नी त ।
सुमन ः पुजा मैलेपनि गर्ने हेा कि भनी जिस्कीएको उनी त ओइ शान्ती फोन लेउ तिम्रो दाइ त कस्तो कुरा गर्नु हुन्छ भन्दै बहिनीलाइ दिइन ।
बहिनी ः दाइ आउनु ल अब सुधाले नै बोलाएपछि पनि नआउने कुरो हुन्छ र
सुमन ः सुधालाइ देउ न ।
बहिनी ः बोल्दीन रे दाइ डर लाग्यो रे आउनु ल ।
सुमन ः हुन्छ आउने छु भनि फोन राखी दिएँ ।

मेरो मनमा खुशीको सिमा नै रहेन । घरमा आएर सानीआमालाइ भने सानीआमापनि हो त्यस्तो केटिलाइ बिबाह गर्यो भने पुण्यपनि कमाइन्छ । तिमी दुइको उमेर पनि मिल्छ सुहाउछ पनि भने । सानबाबालेपनि थाहापाउनु भयो । आखिर छोरो हाम्रो हो हामीले भनेको मानिहाल्छ नी । जेठो छोरो भएर कुलको इज्जत राख्नुपर्छ बाबु । जा तलाइ जति बसे पनि बिदा दिन्छु अफिसबाट । पढाइ सोच्ने कुरा तेरो हो अब त पनि बुझने भइसकेको छस् । तिनै नानीलाइ बिहे गर्नुपर्छ तैले अन्त मन डुलाउने होइन । तरो विवाह कसरी गर्नुपर्छ हामीलाइ थाहा छ । त्यो नानीले तलाइ नै मन पराउछिन । यो सबै कुरा मिलाउने शान्तीको काम हुनुपर्छ । अब त झन पुरै पानी पानी भएँ । मन एक तमासले बहकिन थाल्यो । धोद्रो धोद्रो स्वर रहेछ त्यैपनि मलाइ कोइलीको जस्तो लाग्यो रुप त मैले देखेकै छैन राम्ररी भन्नुपर्दा । मलाइ कुनै चिजसँग सम्झौता छैन । मात्र उनीलाइ मन पराउछु ह्दयदेखी अरु केहि छैन र चाहिदैनपनि ।

पसर्िपल्ट भयो बेलुकीको पुजा भएकाले मलाइ दिउसै जानपनि लाज लाग्यो । काठमाडौबाट चार घण्टा लाग्ने बाटो मेरालागी सयौ घण्टा लागे जस्तो भयो बेलुकी आठ बजे तिर म घरमा पुगेँ । शान्ति र भाउजु मलाइ नै कुरी बसेका रहेछन । तर मेरो घरमा भने पत्तो नै थिएन । न्युरोडबाट गुदपाक पुष्टकारी र भाइलाइ एक न एक समान । यो मेरो घर आउदा लिएर आउने केाशेली नै बनेको थियो त्यसदिन सुधालाइपनि भनेर लिएर नै गएको थिएँ ।

भाउजु बहिनी र म सुधाको घर तिर लागीयो पुजा सकिसकेको रहेछ । नाच गान कार्यक्रम सुरु हुन लागेकेा रहेछ । पाहुना इष्टमित्र सबै गाउले हुदा टेक्नी ठाउँसम्म थिएन त्यो घरमा । जब हामी त्यस घरमा पुगियो । सुधा बाटो कुरी रहेकी रहेछिन । सारी बल्लाउजमा सजिएकी थप्प्ाक्क बलेकी अप्सारा जस्ती भएर बसेकी रहेछिन । किन यति ढिलो आउनु भएको भनि गुनासो पोखी । बहिनीले मैले दिएका केाशेली सुधाको हातमा दिइन । किन ल्याउनु पर्यो भन्दै भित्र लगेर राखिन । स सम्मान का साथ भित्र बोलाए हामी गयौपनि । हामीलाई भित्र बोलाउनी सुधाको फुपु रहेछिन चिनजान भयो । यसरी नै प्राय सबै इष्टमित्रहरुमा चिनजान भयो । भाउजु एक तमासले तमसा हरिरहनु भएको थियो अचम्म मान्दै भाउजुलाइ थाहा नै थिएन हाम्रो कुरा । जब म अचानक सुधाको घरमा पुगेँ । गाउलेहरु एक्का एक कानेखुशी गर्न थाले । सधै बेाल्ने साथीहरुपनि तर्किन थाले । बुढापाकाहरु मुन्टो हल्लाउथे । साहै लाज लागेर आयो । कुरा गर्दै खादैपनि थियौ । अचानक एक बुढीआमा आउनुभयो हाम्रो सामु । उहा सुधाकी मावली हजुरआमा हुनुहुदोरहेछ । सारा सँसार छन् यहा बाबु मेरो छोरी ज्वाइले बिदा लिए । मन खुशी छैन भन्दै हजुरआमा रुन थाल्नु भयो । फसादमा परियो । यस्तै हो भगवानको चाहानालाइ कस्ले रोक्न सक्छर भनी सम्झाउन पट्टी लागीयो । हजुरआमाले सबै मेरो बारेमा सुनीसक्नु भएको रहेछ त्यैपनि मेरै मुखबाट सुन्नचाहानु भएको रहेछ । मैलेपनि सकारात्मक नै भएर जवाफ दिएँ । हजुरआमाको मनको चाहाना पुरा भएजस्तो लाग्यो हामीलाइ । सुधा पाहुनालाइ सुत्ने बन्दोबस्त पुजाको सामाग्री मिलाउदैमा फुस्रत थिएन । हामी भने प्रसाद खाएर बाटो लाग्ने निर्णय गर्यौ । सुधालाईपनि भ्याइ नभ्याइ थियो । भोली दुइ बजे उनी नै बहिनीको घरमा आउने म पनि त्यही भेट हुने योजना बनाएर हामी फर्कियैा ।

भोलीपल्ट बहिनीको कोठामा म र बहिनी कुरी बसेका थियौ । सरासर उनी त्यही भित्र आइन दिउसोको तिन बजे एक घण्टा ढिला । बहिनीले जिस्कीदै कित्ति ढिला गरेकी दाइ छट्पटिरहनु भएको छ र । नमात्ति है अहिले मेरै कुरा काटि बसेका रहेछन् यि दुइ जना त बाबै भन्दै कुर्चीमा बसी म भने बहिनीको ओछा्यानमा पल्टी रहेको थियाँ । बहिनी म चिया बनाउछु भनी निस्की कोठाबाट मात्र उनी र म त्यो कोठामा । सामान्य कुराहरु चले । पाहुनाहरुलाइ बिदाइ गर्दा घरको धन्दा गर्दा ढिलो भएको गुनासो गरिन । म भोली काठमाडौ फर्किदै छु भनेँ । एक दुइ दिन बस्ने आग्रह गरेकी थिइन तर मेरो पढाइ कामकोपनि जिम्वेवारी देखाएँ । उनीको पढाई घर व्यबहार कसरी चलाउदै छ यस्तै यस्तै कुराहरु चल्न थालेँ । जे होस धानेकै रहेछ घर व्यवहार । धेरै थोरै बिगतका कुरा गरि आखाँ भरी आशु टलपलाए मेरापनि अनायसै आखाँ रसाउदै आयो । यस्तै कुरा एक घण्टा जति भएछ उनी घर जानु पर्ने थियो । भोली फिल्म हलमा बाकी कुरा गरौला । म फिल्म हेरेर काठमाडौ फर्कने उनी घर फर्कने कुरामा पक्का भयो ।

भोलीपल्ट दुबै जाना फिल्म हलसम्म पुग्यौ । फिल्म सुरु भयो भने यता हाम्रो गफ । यस बेला भनी उनीले काठमाडौ बसेको पढेलेखेको जागीर गरेको मान्छे अत्त कतै फसिसकेको छ कि भनी सोधी त्यस्तो केहि छैन । बरु तिम्रो छ भनी भन उल्टै प्रश्न खडा गरिदियाँ । उनलेपनि बाबा आमाकेा स्वर्गबास पछि मैसँग जिबन बिताउने कल्पनाका बसेको कुरा गरीन । मैले फेरी अन्तिम चोटी उनीलाइ सोधेँ तिम्रो यता कतै तिमीलाइ मन पराउने वा तिमीले मन पराउने कुनै छ भनी म सक्दो सहयोग गरेर भएपनि मिलाउने कोशिश गर्छु तर पछि मैले कुनै यस्तो कुरा चाल पाएँ भने जिन्दगी भरीलाइ नराम्रो हुनेछ । यसलाइपनि उनी छेैन त्यस्तो भए म तपाइ किन बोलाउथे र अरु कसैलाइ नै बोलाउथे होलानी अस्तीको पुजामा भनिन । अब मलाइ पुर्ण विस्वास भयो र घरव्यबहार देखिलिएर कुनैपनि कुरामा असजिलो भयो भनी मलाइ भन्नु ढुक्क भएर बस तिमीलाइ नै जिन्दगी बनाउछु भनी बाचा दियाँ । फिल्म पनि सकिएछ म काठमाडौ तिर भने उनी घरतिर लागीन ।

तनुहँ मै तिन बजिसकेको थियो लगभग चार पाच घण्टा लाग्थ्यो काठमाडौ पुग्नकोलागी मैले बस लिए । मन यति त रमाएन । खुशी हुदै काठमाडौको यात्रा गर्दै मनमा अनेकौ भावनाहरु कहिले मस्र्याšदी कहिले र्तिशुलीको पानी झै बग्न थाल्यो । बसमा बजेका गितहरुमा वरीपरि बसबाट देखिने दृष्यहरुसँग म र उनी एक नायक नायीका झै बहिकीन थालेछु । यस्तै यस्तै कल्पनमा रमाउदै थिएँ अचानक बसले विश्राम लियो हल्ला खल्ला धेरै भयो आगाडी गएको ट“कले मोटरसाइकलको मान्छेलाइ किची मारेर भागेछ । अब पर्यो मलाइ फसाद कहिले खुल्ने हो जाम पत्तै भएन । भोक लागिरहेको थियो । किनेर खाने ठाउँपनि थिएन नत मुवाइल ले काम नै गथ्र्यो नेटवर्क नै टिपेन । लगभग साझ परिसकेको थियो । गाडीको लाइन दुइ सय देखी तिन सय भन्दापनि बढी देखियो । बाटोमा स्थानिय बासिन्दाले चाउचाउ पानीको बिक्री सुरु गरे मैलेपनि केहि चाउचाउ विस्कुट र पानी किने थाहा छैन कहिले खेल्ने बाटो वार्ता हुदै थियो । चाउचाउ र पानीले भोक मेटदै थिएँ । लगभग रातको १२ बजे बाटो खुल्यो । काठमाडौ पुग्दा १ बज्यो । काठमाडौ पुगी सानबाबालाइ फोन गरेँ मोटरसाइकल लिएर लिन आउनु भयो राती भएपनि । कोठामा पुगेको किन ढिलो गरेको भनी सोध्न थाले बिहानै हिडेको बाटोमा दुर्धटनाले जाममा परियो भनी कुरा मिलाएँ । म आफनो कोठामा सुत्न गएँ । निद्रा नै परेन एक चोटि त फोन गर्नुपर्छ नि कस्ती निष्ठुरी । यस्त्ाा यस्तै कुराले मन बहकियो । विहान नुहाइ धुवाइ गरी म कलेज पुगेँ । कलेजको मन मिल्ने एक दुइ जना साथीहरुलाइ सुनाएँ उनीहरुपनि खुशी भए ।

यसरी नै दिनचार्यहरु वित्दै गए एलीजासँग पनि कुराहरु भइरहन्थे । एलिजा कहि न केहि निहुँ पारी मेरो अफिसमा बेला बेलामा आउथिन । मैले उनलाइ न्युरोडको एस क्याफे मा लगी कहिले मैले खाजा खुलाउथे भने कहिले उनीले । एलीजाको बुढा पोखरामा पढदैछ भन्थीन । मलाइ एक दम असजिलो महसुस हुन्थ्यो । अर्काको श्रीमतिसँग यसरी घुम्नको लागी । कता कता उनीसँग हिडदा सुधा भइदिएको भए कस्तो मज्जा हुन्थ्यो जस्तो लाग्थ्यो । मैलेपनि एक दिन उनीलाइ यस क्याफेमा खाजा खादै कुरा खुस्काए गाउँको एक केटीले मन पराएकी छीन । मलाइपनि राम्रो लाग्छ त्यो केटी के भनेको उनी त्यहा बाट जुरुक्कै उठेर गइन । म दšदास परेँ । आज के भयो किन यसो गरेको होला । यस क्याफेमा धेरै कर्मचारीहरुलेपनि चिनीसकेका थिए हामीलाइ । लगभग महिनाको एक दिन त हामी प्राय पुगेका नै हुन्थ्यौ । म निरास भइ फर्किए । साहै खल्लो भयो ।

यस समयसम्ममा हामीले पहिलो दोस्रो बर्ष सफलताको साथ सकाएरपनि तेस्रो बर्षको अन्तिम तिर आइपुगेका थियौ । उनीको साथमापनि मुवाइल थियो । मैले बेलुकी फोन गरेको मुबाइल बन्द रहेछ । राति अबेर सम्म कोशीश गरेँ तर सफल हुन सकिन । मनमा तरšहरु फैलिन थाले । मलाइ त एलीजाको बिबाह भएको छ कि छैन मा शšखा लाग्न थाल्यो नत्र किन गाउकी केटी राम्रो लाग्छ भन्दैमा त्यसरी भाग्नुपर्छ त यस्तै यस्तै सोचमा पर्दै कति खेर निदाएछु पत्तै भएन । भोलीपल्ट बेलुकी पो एलिजाको साथीले फोन गर्नुभयो जुन साथीलाइ मैले पहिलेा चोटि एलीजासँगै चिडीयाखानमा भेटेको साथी हुनुहुदोरहेछ । साथी भन्दै हुनुहून्थ्यो ।

एलिजालाइ हिजो के भन्नु भएको हिजोदेखी खाना नखाइ कलेजपनि नगइ रोएर सुतेको सुतै छ यस्तै यस्तै कुराहरु भन्नुभयो म त दšग परेँ । एलिजासँग कुरा गर्न खोजेको कुरै गरिन बल्ल बल्ल कुरा भयो । के अचम्म भयो जस्तो लाग्यो फेरी शनीबार पशुपति जाने योजना बनाइ बिदा भयो । म धर्मसšकटमा परेँ । कता कता डर लाग्न थाल्यो । किन मैले अर्काकी श्रीमतिलाइ बिहे हुदापनि यसरी पहिलाको जस्तै व्यवहार गरेँ मलाइ लाग्यो त्यहि गल्तीको सजाय हो । अब म शनीबार बाट एलिजासँग कहिल्यै नभेट्ने भन्ने सोचमा पुगेँ ।

शनिबार हामी दुबै बिहानै पशुपति गयौ । मन्दिरको दर्शन सकेर हामी माथी वनको एक मन्दिरमा बस्यौ । कुरा उनीले नै सुरु गरिन । म सुनेरहेँ । सुमन म तिमीलाइ मन पराउछु किन अरुलाइ तिमी मन पराउदै हिडछौ ममा के कमी छ तिमीले किन मलाइ मन पराउदैनौ पढेकी छु राम्री पनि छु धन खोज्छौ भने धनीपनि छु किन यसरी मबाट डाढा हुन खोज्छौ भन्दै रुन थालिन । म त अक्क न बक्कमा । तिमी कसैकी श्रीमती हौ । अनी म तिमीलाइ कसरी मन पराउन सक्छु तिम्रो श्रीमानपनि म जस्तै एक पुरुष हो । मैले बिहे गरेकी छैन । तिमीले हेला गर्छौ कि भनेर भनेको झन तिमीले आदर पुर्वक माया दियौ । यो भन्दा बढी मलाइ के चाहिन्थ्यो र भन्दै झन मच्चीएर रुन थालीन । मैले धेरै कोशीश गरे फकाउन । म विवश थिएँ मैले अर्कै एक नारीलाइ जिबन दिने बाचा गरिसकेको छु । पुरुष भएरपनि नारीलाइ समान इज्जत दिनुपर्छ भन्न्ो मेरो मान्यता हो । जस्तो भएपनि मैले सुधाको जिवनमा चोखो माया दिएर खान लाउन भनेको कुरा त आफनु खुबीमा भरपर्दछ सुधालाइ खुशी राख्नु मेरो धर्म थियो । मपनि एलिजालाइ मन नपराउने त होइन । मैले कहिलेपनि जिवनसाथीको हिसावले हेर्न सकिन । केटा र केटिमा साथी भएपछि जिबनसाथी नै हुनुपर्छ र के एक नारी र पुरुषमा विवाह बाहेक अरु सम्वन्ध हुन सक्दैन साथी भएपछि विवाह नै हुनुपर्छ र यस्तै कुराले सम्झाएँ । सुधाको बारेमा सबै मैले उनीलाइ सुनाइदिएँ । एलिजालेपनि त्यस्तै केटिलाइ सहयोग गर्नुपर्छ । धोका दिनु हुदैन । मपनि एक नारी हो कुनै नारीको खुशीलाइ खोस्न चाहान्न भनी रुन छोडी । लामो बेरको सम्झाइपछि बल्ल बुझिछिन जस्तो लाग्यो मलाइ । उनी पनि अब कहिल्यै मलाइ त्यस्तो नजरले नहेर्ने भन्ने कसम खाइ हामी मात्र साथी त्यो भन्दा बढि सोच्यो भनी आवत जावत बेालचाल सबै बन्द गर्ने सर्तमा हामी घर फर्कियौ । बेलुकी मलाइ कता कता नमज्जा लाग्न थाल्यो कतै मैले एलिजाको ह्दय रुवाएर गल्ती त गरेको छैन यति धेरै माया गर्नेलाइ किन मैले लत्याउदैुछु एलिजापनि एक पढेलेखेकी मान्छे हो नी । एलिजालाई विबाह गरेँ भने मेरो जिवन स्तरीय तरिकाले निवार्ह हुन्छ । एलिजामा कुनै कुराको कमी छैन । मैले सुधालाइ बाचा नदिएको भए त्यही दिनमा एलिजासँग विबाह गरिदिने निधोमा पुगिसकेको थिएँ तर सुधासँगको बाचाले मलाइ रोक्यो । विबाह भनेको पुरुष वा नारीलाइ एक छुट्टै दोस्रो दुनियाँ हो । मतलब परिवर्तन चाहानु हो । मैलेपनि सुधालाइ बिबाह गरेर उनीको जिवनमा अथाह परिवर्तन ल्याउनु थियो । एलिजाले त आफनो बाटो गरेर जिवन चलाउन सक्छीन तर सुधामा त्यस्तो कुनै खुवी छैन । वेशाहारालाइ साहारा दिनु नै मानव धर्म हो भने मैले मात्र सुधाको दुख देखेर आफनो बनाउन खोजेको होइन सुधा मेरो जिन्दगी भइसकेकी थिइन त्यसैले मैले धोका दिन चाहिन ।

केहि समयपछि एलिजापनि एक एन।जि।ओ। मा जागीरे भइन । एलिजा जागिरे भएपछि व्यास्थ भइन । अब हप्तामा एक दुइ दिनमात्र कुरा हुन थाले । कहिले कहिले त हप्ता भरिपनि नहुने भयो । यताभने मेरा सानबाबा सहकारी सुस्थाका प्रवन्धक हुनुहुन्थ्यो । उहाहरुले मेरै घर नजिकपनि एक सहकारी स्ास्था शाखा खोल्नु भयो लामो अनुशन्धानपछि यो कार्य सफल भयो । यो सहकारी सँस्था नै पहिलो सहकारी सँस्था रहयो तनहुको यो ठाउँमा । मलाइ त्यही पठाउने भए म पनि आफनै घरमा बसेर काम गर्न सकिने उता सुधाासँगपनि भेट हुने उनीहरुको घरमा पनि यसो बिचार पुग्ने हिसावले घरमा गएर सोधेको हुन्छ भने अनी सुधापनि हुन्छ भनी खुशी भई । मलाइ कामको अनुभवपनि थियो । बस्छु फेरी केहि भयो या डिग्री पढ्नको लागी काठमाडैा नै आउनुपर्ला भन्ने सोचले तनहुँ आएँ । तेस्रो बर्षको परिक्षापनि राम्रै भयो । म घरतिरको नया अफिसमा सरुवा भएँ ।

आफनै गाउघरमा बसेर काम गर्नपनि छुट्टै मजा हुदो रहेछ । गाउँमापनि सहकारी सँस्था वृस्तीत बनाउन गाउँका छिमेकीहरुलाइ जनचेतना बाढनु मेरो दैनिकी जस्तै बनिसकेको थियो । सुधा भने बाह्को परिक्षामा पास हुन सकिन । अब उनी विल्कुल खाली केहि छैन । कम्पुटर साथै सिलाइ बुनाइ को कक्षा लिने मेरो सल्लाह अनुसार त्यहि गरिन । उनी दिउसो समय कम्पुटर सिलाइ सिक्थीन म भने दिउसो अफिसमा व्यस्थ हुन्थेँ । यसरी नै दिनचार्यहरु वित्दै गए एलिजासँग बेला बेलामा फोन हुन्थ्यो भने कहिले काही इन्टरनेटमा च्याट हुन्थ्यो । त्यहि एन।जि।ओ को एक कार्यक्रममा उनी जापन जाने निधो भइसकेछ । र एक महिना पछि गइनपनि । अब उनी म बाट धेरै टाढा भइन । मलाइ केहि थिएन जे जस्तो भएपनि सुधा नै प्यारी ल्ााग्थ्ााे । दुरीले सुधा नजिकै भएरपनि भेट त कमै हुन्थ्यो । गाउमापनि अली सर्तकता नै अपनाउनु पर्यो । उनी घर व्यवहार अनी सिलाइ बुनाइ र कप्पुटरमा व्यस्थ । म भने गाउ टोल बस्तीमा अफिस बैठकमा नै व्यास्थ हुने गर्थे ।

दशैपनि आयो तर सुधाको घरमा दशै कहिल्यै खुशी हुन सकेन । म सम्झाउनमा नै ठिक्क हुन्थ्याँ । यसपाली दशैको दिनमा हामी दुबै जना सुधाका बुबाआमा देहशान भएको ठाउँमा गएर उनीहरुलाइ सम्झीयौ । उनी धेरै रोइन मपनि कहा सक्थेर थामिनलाइ दुबैको आखा टलपलाए । मृतक बुबाआमाकेा नाममा र्दुइ थोपा आशु चढाएर हामी फर्कियौ । लाग्यो उनीहरुको आत्मालेपनि शान्ति पायो कि । यसरी नै झन माया कसिलो हुदै गयो ।

समयले कोल्टे फेरेछ खै कुन्नी के मा मेरो माया सुधालाई अपुग भएछ । उनी अर्कै एक सँग प्रेम गर्न थालिछिन् । मलाइ थाहै भएन । थाहा दिने बहिनीकोपनि विवाह भइसकेको थियो । यस्तो हल्ला मेरो कानमा पर्यो । मलाइ विश्वास नै लागेन किनकी उनी मलाइ नै मनपराउथी । गाउले ले त्यसै कुरा काटेका होलान जस्तो लाग्यो यो अलि बढि हल्ला फैलियो । मलाइपनि हो कि जस्तो लाग्यो एक दिन उनीलाइ सोधेको उल्टै मलाइ तपाइले छोडनलाइ यस्तो बाहना बनाउनु भएको भनेर उल्टो खेपीन । होला जस्तै लाग्यो मैले नै विराएँ भनी माफि माग्न बाध्य भएँ । तर यहि कुरा बारम्बार मेरो कानमा गुन्जीरहयो एक दिन मैले नै खुद आखाले देखेँ तिनी दूइको चर्तिकला र उनीहरु विच के कुरा हुन्छ सबै उनकै साथीले मलाइ जस्ताको तस्तै सुनायेा । अब मलाइ पुर्ण विश्वास भयो । हावा नचली पात हल्लीदैन भनेर । त्यैपनि मैले फेरी एक चोटि सुधालाइ सोधेको त्यस्तो केहि होइन विश्वास लागेन भनि मलाइ बिहे गर्नु भनी । म त झन अलमल्ल परेँ तर मलाई विश्वास लागेन । सुधाले मलाइ विश्वास दिलाउन नसक्नु या मैले विश्वास गर्न नसक्नु खै कस्को गल्ती भयो यहा थाहा भएन । तिमीलाइ बिहे गर्न सक्दिन भनि म अन्तिम निर्यण गरी सुधाको घरबाट हिडेँ । बाहीर बाहिर कलेज तिर हल्ला व्यापक भइसकेको रहेछ । सबै मलाइ हेरी न्याउरो मुख लगाउथेँ । मैले यो सहनु भन्दा सुधाबाट टाढा हुनलाइ मैले देश छोड्ने बिचार गरेँ । र म भोलीपल्टै सानो तिनो अफिसको काम लिएर काठमाडौ हिडेँ । काम गर्ने कुनै मोड नै थिएन । एक चिनजानको वैदेशीक रोजगार कम्पनिमा काम गर्नेसँग मेरो काठमाडौ हुदाको अšकल हुनुहुन्थ्यो । मैले उहाँलाइ नै भेटेँ । उहाले भन्नु भयो दुबही कतार मलेशीया गएर काम छैन त्यैपनि ढिलो भिसा आउछ प्रकि्रया लामो समयसम्म लाग्छ बरु म तिमीलाइ इराक १५ दिनमा नै पठाईदिन्छु पैसा यति लाग्छ । तिम्रो पढाइलेखाइपनि राम्रो र इšल्गीसपनि राम्रो छ तिमीले राम्रो पद पाउछ यस्तै यस्तै फाइदाहरु देखाउनु भयो मैले हुन्छ भनी मेरो राहदानी र भिषा खर्च भनि विस हजार पैसा दिएर म घर फर्किएँ । मनमा अनेकौ कुराहरु खेल्न थाले । मलाइ किन यसरी हेपेको होला । पहिला नै भनेको भए मेरो मन त भाचिँन्थीएन नी किन यो अबश्यामा आएर मलाइ छोडनुपरेको होला । बुढा पाकाले त भन्थे नेाकर चाकर गरिव मन काचो अवश्यामा नै भाडिएका व्याक्तिको कुनै विश्वास गर्नु हुदैन भनेर होकी जस्तो लाग्यो । कामको पनि धेरै जिम्मावरी उता पढाईपनि उसैमाथि सुधाालाइ मैले उनीकै सल्लाहले अब आउने माधमा बिहे गर्ने भनेर बाचापनि गरिसकेको तर उनीको चरित्रले त्यो देखाएन । मेरो भिषा आयो मैले बाकी पैसा बुझाइदिएँ । टिकट मिलेपछि म तिमीलाइ फोन गर्छु भन्नु भयो । म तयारीमा थिएँ । कसैलाइ थाहा थिएन थाहा दिनपनि चाहिन कसैलाइ थाहा दियो भने मलाइ सबैले रोक्छन जस्तो लाग्यो । टिकटपनि मिल्यो उडानको लागी म काठमाडौ आएँ । त्यैपनि सानबाबा र सानीआमालाइ एक चोटि भन्नु पर्यो भनेर । पछि एक्कासी हराउदा खोजतलास हुनसक्छ भन्ने सोचले दुइ महिनाकोलागी साथीहरुसँग इण्डिया घुम्ने बहाना बनाएर भाग्ने विचार गरेर सानबाबा सानीआमाको अगाडी भने भोली साथीहरुसँग इण्डिया घुम्न जादैछु के भनेको मात्रै थिएँ सानबाबा रिसले र्मुमुरीनु भयो । अफिसको जिम्वेवारी मान्छे भएर एता कता घुम्ने समय छैन । पछि बिहेवारी भएपछि बरु जालास अहिले नया अफिस छ धान्न गाह्ो भएको छ जानुपर्दैन । मैले हुन्छ भनेँ तर मेरो उडान निश्चित थियो दुइ जना अरु साथीपनि रहेछन् । उडने दिन बेलुकी मैले सुधालाइ फोन गरेँ । यो अन्तिम फोन हुनाले कुरा जस्ताको तस्तै राखेको छु ।

सुधा ः काहा हो तपाइ किन काठमाडौ मात्रै धाएको
सुमन ः म इण्डिया जादै छु दुइ महिनाको लागी अफिसको कामले ।
सुधा ः किन जाने इण्डिया जानु पर्दैन पैसा मात्र सकाउन ।
सुमन ः मैले कमाएको छु सकाउछु म इण्डियामै जागिर खेाजेर उतै बस्नपनि सक्छु ।
सुधा ः के भनेको यो अब नआउने नेपाल अनी माधमा बिहे गर्ने भनेको होइन
सुमन ः हो त्यो सबै बिगत थियो बर्तमान भिन्न भइसक्यो ।
सुधा ः दुइ महिनापछि आउदा इण्डियाबाट आँउदा राम्रो राम्रो साडी पाउछ ल्याउनु ल ।
सुमन ः कस्का लागी र के केा लागी
सुधा ः तपाइको दुलहीको लागी नी । जे जे भयो के सजायँ दिने हो दिनु मलाई ।
सुमन ः कुनै यस्ता गल्ती हुन्छ जुन गल्तीलाइ सजाय नदिदा नै सहनेलाइ भनुभव हुन्छ । आखिर म को नै हुँ र सजायँ दिनसक्ने पनि ।
सुधा ः मैले बुझिन ।
सुमन ः बुझन पनि सक्दिनौ तिमीले ।
सुधा ः त्यो बोिडšको मिससँग बिहे गर्नलाइ होला तपाइले मलाइ छोडन खोज्नु भएको मिसको घरपरिवारलेपनि तपाइलाइ दिने भन्ने कुरा गरेको छ रे नि त । मिसपनि तपाइसँग बिहे गर्न राजी छे रे नी त ।
सुमन ः रे कुरा छोडिदियौ सुधा मान्छेको एक जिन्दगी हुन्छ । जति चोट दिनु थियौ यही चोटलाइ केही कमी गर्नको लागी म टाढिदै छु थाहा छैन फर्किन पाउछु कि पाउदिन भनेर ।
सुधा ः त्यो त तपाइको बिचार मैलेपनि केहि बाटो सोचौला नी ।
सुमन ः धेरै राम्रो तर सहि मार्ग सोच्नु ।
सुधा ः अरु म केही जान्दिन इण्डियाबाट आउदा सिन्दुर र साडी लिएर आउनु । म कुरी रहने छु भनि फोन राखीन । फेरी प्रयास गरेको मुबाइल बन्द भयो । सम्पर्क भएन ।

मेरो उडान भयो नेपाल बाट रातको १० बजे । नेपाल इण्डिया र दुवइ हुदै अनेकैा झमेला सहेर ठिक नेपालबाट हिडेको एक महिनामा म इराकको एक कम्पनीमा जागीरे भएँ ।

मेरो दलालले भने झै कम्पुटर र अँग्रजी जान्नेले राम्रै पद मिल्दो रहेछ । काममा सन्टुष्टि नै थियो बाहीरफेर जे जस्तो भएपनि । यसरी नै दिनहरु बित्दै गए झन टाढा उति निष्ठुरीको माया गाढा भने झै भयो । काममा सन्तुष्टि नै भएपनि मनमा व्याथा उहि थियो । घर तिर फोन गर्न मन लाग्थ्यो तर फेरी फोन गरियो भने पुरानो घाउ बल्झेला । इराक पो पुगेछ भन्ने थाहा भयो भने आत्तिन्छन् । किन अत्ताउनी भनेर मेरै टेवुलमा रहेको फोनमापनि कहिल्यै ९७७ नम्बर थिचिएन । साथीसँगीहरुपनि थिए सबैले फोन गरियो आज घरमा भन्थेँ । मैले पनि गरेँ भनि भए नभएको गफ लगाउदै आएँ । दिनमा आ आफनो काममा भएपनि सुत्ने बेलामा सबै भेट हुन्थ्यो । सबैले आफना आफना कथा व्याथाहरु सुनाउथेँ । मलाइ मनमनै लाग्थ्यो सबै एक किसीमले पिडीतै रहेछन् । सबै परदेशीनेहरुको कथा व्याथा एउटा हुदो रहेछ । म सबैको कुरा सुनीरहन्छु केहि बोल्दिन किनभने म आफनो व्याथा कथा अरुलाइ सुनाएर उनीहरुको मन दुखाउन मन लागेन । त्यसैले अहिले सम्म कोसैलाइ भनेको छैन मैले यसरी आइयो इराक भनेर ।

यसरी नै महिना महिना गरेर पाच महिना वित्यो । तलब बुझिन्थ्यो सबैले पठाउथेँ म भने कसलाइ पठाउने । आफैले कमाएको पैसाले म यहाँ आएको मेरो कुनै ऋण नै थिएन । यसरी मैले तलब बुझदै साथीहरुलाइ दिएँ उनीहरु धेरै धेरै ऋण लिएर आएका थिएँ । पाच महिना पुग्यो मैले पैसा पठाउने पर्ने भयो । अब मलाइ फसाद पर्यो । कसलाइ पठाउने पैसा । पैसा पठाएपछि फोन त गर्नै पर्ने भयो । मैले सानबाबाको नाममा पैसा पठाउने निर्णय गरी पैसा पठाएँ । सानीआमालाइ फोन गरे । सानीआमाले मेरो आवाज चिनीहाल्नु भयो । प्रश्नबाचक चिन्ह धेरै खडा गर्नुभयो मैले सबै बेलीबिस्तार लगाएँ आमा हुन सम्झिनुभयो मेरो व्याथा । त्यैपनि गुनासाहरु धेरै थिए सहनु नै थियो आत्मासाथ स्वीकार्य भयो ।

सानबाबालाइपनि फोन गरेँ पहिलै आफुले गरेको गल्तीको माफ मागी हालेँ । सानबाबा धेरै बुझकारी भएकाले होला मलाइ केहि भन्नु भएन बरु राम्ररी गर तिमीलाइ मेरो अफिसमा जहिले आएपनि कामको खाचो हुदैन । गल्ती हुन्छ मान्छेबाट गल्तीलाइ अँगालेर नै मान्छे महान हुने हो । तिम्रो बिगतलाइ बल्झाएर झन दुखी बनाउन चाहान्नौ । आफनो ख्याल राम्रोसँग गर्नु यस्तै यस्तै कुराहरुले सम्झाउनु भयो ।

मैले घरमा फोन गरेँ आमा बाबाले पहिला नै सबै सानाबाबाबाट कुरा सुनीसक्नु भएछ त्यति हतारिनुभएन । सबैलाइ मेरो अवश्थाको राम्रोसँग सम्झाएँ बुमुाएँ । म सुधाको वियोगमा भैातारिएको थाहा पाइसकेछन् कि कसो हो कुरै गरेनन् । त्यसपछि सुधाको हालखबर बुझन भाउजुलाइ फोन गरेको भाउजुले बयान लगाउनु भयो ।

मेरो पलायनपछि सुधा उही केटासँग नजिक भइछ रे । आवज जावतमा पनि दुबै जना सरिक देखेन्थे रे। पछि यसरी नै नजिकिने क्रममा त्यही केटोले कुनी के निहुँ पारेर सुधालाइ छोडिदिएछ । सुन्नमा आयो सुमनसँग प्रेम भएकोले केटोले छोडिदिएको भनेर । उनी अहिले घरमा नै बसिरहेकी छिन् सुमनको प्रतिक्षामा रे । उता सुधाको भाइ भने कुलतमा लागेर गाँजा रक्सी खादै हिड्छ रे । कुनै सरसल्लाह परे काकालाइ भनेर मेरा बाबासम्म कुरा पुराउथे अहिले मेरो घरसँग बोलचाल छैन रे । भाउजुले मलाइ यस्तै यस्तै कुराहरु सुनाउनु भयो । फेरी यो मनमा भक्कानो फुट्यो । बल्झीए अतित । धमिलीयो बर्तमान ।

सँयोग भनुँ या समयले त्यस्तै पायेर्ा मेरो घर आसपासको एकजना साथी घर फर्कदै हु्नुहुन्थ्यो । मैले एउटा चिठी लेखेर पठाउने निर्णय गरे । मनमा जे जस्तो भएपनि म सुधाको जिन्दगीबाट टाढा हुनुथियो त्यैपनि उनी अरुसँग लागेर धोका दिएपछि कोहि नपाएर मलाइ नै कुरेको बहानामा देाष मलाइ नै दिदै रहेछिन मलाइ रिस उठयो र एक चिठीमा मलाइ अब नकुर्नु तिम्रो हुन सक्दिन यस्तै यस्तै लेखेर पठाउने निर्णय गरेँ जिन्दगीमा पहिलो पत्र नलेखी अन्तिम पत्र कोर्नपर्ने भयो बाचिरहनु पर्ने रहेछ जिन्दगीले यस्तो मेाडमा सम्म पुराउदो रहेछ । अन्तिम पत्र भएकाले यहा केहि अँशहरु साभार गरेको छु ।

प्यारी सुधा

मिठो सम्झना ।

तिम्रा घाउहरु त आलै छन् होला । त्यसैलाइ झन बल्झाइ नुनचुक दल्ने काम फेरी मबाट भयो माफ गर । म यहा जस्तो सुकै भएपनि तिम्रो शकुशलताको कामना गरि बसेको छु । हुन त मान्छे आफु जस्तो त अरुलाइपनि त्यस्तै देख्छ यो धर्मसत्य हो ।

हेर न सुधा म त यहा हाइ मोजमस्तीमा छु । यसैमा भुलेर तिमीलाइ एक पटक फोन वा एक पत्र लेख्न फुस्रत नै मिलेन । तिमीलाइ कता कता सम्झना खोज्छु यहाका अरु राष्ट“का केटिहरुले भुलाइदिन्छन । तिम्रो फोटो कोठाको भित्तामा एक दिन टासेको एक फिलीपिनो केटि आएर च्यात्ति फाली दिइ । मेरा मन आतुर हुन्थे तिमीलाइ सुताउन तिमी एक चुप्पाको लागी कुहिनो ले गाला छेक्थ्यौ नि हगी तर हेर न यो केटि सबै मेरो मुख उसको मुख भित्र छिराउछे जिब्रोले कता कता काउकति लाग्ने गरि खोतल्छे अनी अँगालेा मा बेरेर सँगै सुत्न आउछे । तिमी बिबाहपछि भन्थ्यौ नि बिबाह अधि नै यस्तो पाएपछि बिबाह गरेर कस्ले पो झन्झट बोक्छ ।

थोरै काम गरेपनि यहा डलर कमाइन्छ सहकारी सँस्थामा काम गर्यो हजारमा चित्त बुमुाउनु पर्येा । त्यस्ता हजार त मैले यहा बेातल हुस्कीमा पिइदिन्छु किनकी मैले यहाँ लाख कमाउछु । यहाँ मेरो बिदेशी केटिहरुसँग सँगत बढेको छ लाग्छ मपनि उनिहरुसँग उतै पो जाने होकी भविश्य कस्ले पो देखेको छ र । गा्रहक बनाएको कमिसन जति त मैले एक खिल्ाी चुरोटमा सल्काइदिन्छु । तिमीलाइ किनिदिने गरेको शँगारका सामान आजभोली कति आफैले लगाउछु भने कति बिदेशी केटिहरु लगाइदिन्छन । तिमी हजार मान्थ्यौ यहा तिमी जस्ताले मसँग सय माग्छन् । यसमा धेरै फरक थियो । तिम्रो हजार हजारै हुन्थ्यो भने यहा सय माग्छन तर सयको सात हजार भन्दापनि बेशी हुन्छ । खाना विभिन्न धरीका कहिले भेडा कहिले गोरु गाइ सुँगुर बोइलर मासु कहिल्यै टुटदैन । जाड रक्सी जुवा तास नखेल्ने श्रीमान हुने हो भन्थ्यौ नि मलाइ । म आजभोली कति दिन त काम गर्नै नगइ रक्सीको तालमा जुवा तास खेलेर तिमीलाइ तिजमा किनीदिएको सामान भन्दापनि महँगो खेलमा पैसाको खोलो लगाइदिन्छु । आज भोली मैले दशै तिहार पुर्णिमा यस्ता चाडपर्व बिसर्ीसकेको छु म त कि्रसमस डे इद यस्तै अन्य डे मनाउन थालेको छु । शरिर भरी रँगीविरँगी टाटु भरेको छु । कानमा मुन्द्रा गलामा साšलो बेरेर पाइन्ट झोली बनाइ एक हातको जुत्ता लर्ताछु । रफ एण्ड रक गितहरुमा झुम्छु तिमी देाहोरी लोक गित मन पर्छ भन्थ्यौ तिमी त पाखे अनपढ रहेछौ बल्ल पो थाहा भो । मसँग सँगत गर्ने केटिसाथीहरु अँग्रजी बोल्छन । एक मिटरको टालोले कता कता पुग्छ त्यतै त्यतै ढाक्छन । यस्ता केटिहरुसँग समुन्द्री तठमा लम्कता मलाइ आफु बिदेशी फिल्मको हिरो जस्तो लाग्छ । नाम पनि तिम्रो अनैाठो लाग्छ सुधा रे हासो उठछ यस्तो नाम सुन्दा त आजभोली मलाई । िपšकी टोनी मोलीन जस्ता केटिहरुको सँगतले मैलेपनि नाम परिवर्तन गरेको छु मलाइ उनीहरु ब्राइन भन्छन ्। मेरो जिन्दगी यसरी नै बितेको छ तिमी भने मैसँग बिबाह गर्छु भनेर वर्त बसेकी हौली । या तिम्रो बिबाह भइसकेको होला । बिबाह भइसकेको छ भने भइहाल्यो भएको छैन भने पनि राम्रेा गतिलो धेरै माया गर्ने जिबनसाथ्ाी खोज्नु ल । अब यो नै मेरो अन्तिम पत्र हो । तिमी कुरी बसेकी छैा भने अब नकुर्नु फेरी कुर्दा कुर्दा के जाती भइजाला जिन्दग्ाी त्यसैले दुइ दिनको जिन्दगीमा मोज मस्तीले बिताउनु ल त बिदा । मेरो त यसरी नै वितिरहेको छ गुड बाइ ।

तिम्रो सुमन अहिलेको ब्राइन

अरुपनि यस्तै लेखँे होला । तर वास्तविक जिवन यस्तो छ । विना कुनै विदा बाह् बाह् घण्टा काममा खटिनु पर्छ परदेशी भुमिमा । बिहान आँखा मिच्दै उठ्यो वाथरुममा पुगेर टाउकोमा पानीपर्दामात्र निद्रा खुल्छ । स्त्री साथीहरुसँग त्यसमा रमाउनु त काहा हो काहा बेाल्दापनि डरले बोल्नु पर्छ नत्र कामबाट नै बिदा पाइन्छ । जाँड रक्सीको कुरा आयो कस्तो रšको हुन्छ भन्ने कुरा देख्न पाएको छैन । त्यैपनि मैले कहिले पो खाने गरेको छु र । सैनीक शासनमा रहेर उनीहरुसँग कामगर्न ज्यादै कठिन हुदोरहेछ । सबै सैनिकको नियम लागु हुन्छ । बम गोला बारुत लन्चर त थिदै थिए । ज्यान जोगाउनपनि धैा धौ छ यहु । फर्किन पाउने हो कि होइन त्यैपनि झिनो आशमा जिवन अल्झीएकै छ । कामबाट अलिकति फुस्रत निक्ले त आफनो देश गाउघर आफन्तजन सँसाथीहरुलाइ सम्झेर अनायसै आशु खस्छन । खै गल्ती कसले पो गर्यो । आखिरीमा सबैलाइ रुवाएँ आफुपनि धेरै धेरै रोएँ । जन्मदिए बाबा आमाले गुरु गुरुमाले आखा खोलिदीनु भयो सँसाथीले बातवरणमा हुलमिलाउन सहयोग गरे । सानबाबा सानीआमाले कर्म दिनुभो । पाइला टेकेँ नेपाली भुमीमा त्यही भुमीलाइ लाद मारेर परदेशीयको छु केहि गर्न सकिन आफनो जन्मभुमीलाई । सबैको आशाको मुना थिएँ आखिरी अहिले यो मरुभुमिमा उजाडिन बाध्य भएको छु । सुधालाइपनि धेरै धेरै चोट दिएँ उनीको आफनै जिन्दगी थियो होला सबैको सामु मेरो नामले चिनाएँ सुधाकी बुढि हजुरआमाले के सोच्नु भएको होला । मलाइ धार्मेहात लगाएर गाली पो गर्नुभयो कि त । हजुरआमा मलाइ माफ गर्नुस तपाइ सामु सकारात्मक भएपनि मलाइ समयले कोल्टे फेरेर भोगी बनायो । मेरा बाबु आमा कति महान रहेछन ् । कति दुख गरेर हुर्काए पढाएँ अझै उनीहरुलाइ नै थाहै नदिइ यस्तो खतरा देशमा आएँ । मैले थाहै नदिइ घर छोड्दा कत्ति आत्तिए होलान धन्य रहेछन् । उनीहरुको इच्छा चाहानालाइपनि मैले सबै सपना नै बनाइदिएको छु । त्यैपनि सहेकै छन ्। मेरो जस्तो जिन्दगी कसैकोपनि छैन जस्त्ोा लाग्थ्यो । आफनै देशमा बसेर देशको अनी बाबाआमाको सेवा गर्ने मैाका मिलेको थियो । अरु सँ साथीहरु बिदेश जादापनि किन गएको होला । आफनै देशमा बसेरपनि केहि गर्न सकिन्छ भन्ने आर्दश बाडदै हिड्ने म आज आफै विदेशीएको छु । केहि शिक्षीत व्याक्ति भएको नाताले गाउका केहि व्याक्तीहरुलाइ बुझाउने केहि हैसियत बनाएको थिएँ । आफनै देशमा केहि गरेर बस्छु भन्दापनि कसैको वियोगमा परदेशीएको छु । अब म कुनै निश्चित समयको लागी बेचिएको छु । भनुँ या म कुन्नी के को लोभमा फसीसकेको छु ।

एलिजा भने आजभोली जापनमा छिन । इन्टरनेटमा भेट हुन्छ । एलिजा मलाइ बारम्बार भन्ने गर्छिन् । सुधालाई किन बिबाह नगरेको कि धोका दिनलाइ हो छिटो विवाह गर सुधाको एक्लोपनलाइ तिमीले किन बुझदैनौ । तिमीले धोका दिएको थाहा पाएँ भने तिमीसँग जिन्दगी भरलाइ बोल्दीन । माया गर्नेको मन तोडिएपछि सहनेलाइ ज्यादै गाह्ो हुन्छ सुमन । त्यसैले धोका नदिनु । सुधा बरु कस्ती भाग्यमानी रहीछे । तिमी जस्तो श्रीमान पाउने भई । मेरो मनका भावनाहरु बहकिएर आउछन ् । मैले एलिजालाई भन्न सकेको छैन म इराकमा छु र सुधाले मलाइ छोडी सकी भनेर किनकि मैले ढाट्नै पर्नेभएको छ । नत्र उनी मसँग कहिल्यै बोल्दिन । तर विडम्बना भिन्न छ । एलिजा भने अहिले सम्म अविवाहीत नै छिन । भन्छिन अव चाडै नै यहीको नागरिकसँग बिबाह गर्ने तरखरमा छु । यसरी उनीले मेरा विगतलाइ बल्झाइरहेकी हुन्छिन् ।

म कहिले कहिले भाउजुलाइ फोन गरेर सुधाको केा हालखबर बुझिरहेको हुन्थेँ यसपाली भने भाउजुले मलाई यस्ता सन्देश दिनुभयो जुन सन्देशले मेरा सारा जिन्दगीमा नै आगो लगायो । आजभोली सुधालाइ ज्यादै दुख परेको छ रे । भाइ जहिलेपनि जाँड खाएर आउछ अनी सुधालाइ पोइला जा त यहा भएर मैले आफनो खुशीले बिबाह गर्न पाईन भन्दैै भर्कुछ रे । गाउँकालेपनि एक्ली टुहुरीलाइ पाएपछि रख्यौली रुपले हेर्नछन् रे । अली अस्ती गाउका केटाहरुले वश्या हो यो भनी लखेटदै थिए रे । बुढापाकाहरुपनि यस्तालाइ गाउमा राख्नु हुदैन हाम्रा केटाहरुलाइ बिगार्छ भन्दै थिए रे । पढाइपनि पास भईन रे । मेलापातमा कुरा काट्नेहरुले बास दिदैन् रे । हिजो भर्खरै कुन्नी कताबाट हो भाउजुसँग आएर धेरै रुदै गुनासोहरु पोखिन रे भाउजु सुमनलाइ धेरै दुख दिएकी छु उसको जिन्दगीलाइ मैले चोट पुराएकी छु । जानी नजानी खै कसरी मलाइ त्यो गल्तीमा डोरायो त्यो नै सुमनको लागी काफी भएछ । चिठीमा उसले जे जे लेखेर पठाएपनि मैले उसको भावना र उसको म प्रतिको माया कत्ति छ भनेर मैले बुझेकी छु । मबाट टाढा हुनकोलागी यस्तो चिठी लेखेको होला । म आफै टाढा हुदैछु नी । किन यस्तो लेख्नुपथेर्ा । त्यस्तो राम्रो जिन्दगी अहिले मरुभुमिमा मृत्युसँग लडीरहनु बाध्य बनाएँ म आफु त मातापिताको देहशानपछि निमोठीसकेकी थिएँ यसमा मैले सुमनलाई पनि मिसाइदिएँ । मेरा गल्ती क्षामायुक्त त छैन्न् त्यैपनि यो जुनीको लागी यस्तै भएपनि अर्को जुनीको लागी सुमनको एक असल जिवनसाथी हुन पाउँ । म त अब मर्छु होला भाउजु । सुमन आउने बेलासम्म मैले जिन्दगी सकिसक्नुपर्छ । मेरो कुनै बाच्ने आधार छैन । सबै मैले भाचिँसकेकी छु । मलाइ थाहा छ सुमनले मलाइ आफुलाइ भन्दापनि बढि माया गर्छ भनेर अब फेरी थाहा भएरपनि म उसको जिन्दगी बनेर उसको पुराना खाटा बसेका घाउहरु बल्झाउन चाहान्न । सुमनको मन दुखाएको सजाय मैले पाउनु नै थियो र पाउनुपनि पर्छ । सुमनको उज्वल भविश्यको कामना गरि बसेकी छु । हुन त म जस्ती अभागीको पुकार भगवानलेपनि कहा सुन्छन् होला र त्यैपनि म बुझाउने बाटो यसैमा अलमलिएकी छु । जिन्दगीले धेरै धेरै रुवायो भाउजु । अहिले सबैको आखाको किसšगर भएकी छु । सुमनको नाम जोडीदा शिर झुकाउनेहरु आज लाज पचाइ अँगाल्न खोज्छन् । आदर गर्नेहरु मेरो जवानीमा मुख रसाउछन् । सबैको आखा जवानीमा नै छ । के खायो के लायौ भन्ने कोही छैन भाउजु सबै मेरो जवानीको भाउ गर्छन् । सुमनले तिजमा किनीदिएको एक सिक्रीपनि भाइले हामीलाइ खाने पैसा छैन तलाइ सिक्री लगाएर हिड्नुपर्यो भन्दै बेचेर रक्सी खाइ सकायो । भाउजु अब बाकी एक सुमनको नाम लेखेको औठी छ यो पनि कुन दिन खोसेर बेच्छ म राख्न सक्दिन सुमन आएपछि यो उसैलाइ दिनु भन्दै भाउजुको हातमा दिदै यता कतै सुमनले मेरो बारेमा केहि सोध्यो भने मरीसकी भनी दिनु ल । मेरो अवश्या थाहा पायो भने पिर मान्छ होला त्यसैले नभन्नु ल भनि रे । मन मडारियो । आकाश मेरो कालो बादलले ढाक्यो आफुले घर छोडेको गल्तीले सारा शरिर थिच्यो । भाउजुलाई मैले अब आउने आइतबार म सुधासँग कुरा गर्छु भाउजु बोलाइदिनु भनेकेा भाउजुलेपनि सकारात्मक नै भएर बाबु तपाइ महान हुदुहुदोरहेछ । तपाइ नै एक सुधाकोलागी असल जिवनसाथी हुनुहुन्छ । सुधाको जिवनमा फेरी बहार ल्यादिनु बाबु । म आइतबार यहि समयमा बोलाउछु तपाइ फोन गर्नु होला भनी फोन राख्नुभयो ।

म भने आइतबारको पर्खाइमा रहेँ । मनमा अनेकौ भावनाहरु आउन थाले । सुधा चिठीमा जे जस्तो लेखेपनि म हरदिन हररात तिम्रै सम्झानामा बिताइरहेको छु । तिम्रासम्झना आउदा केारीएका अक्षरहरु कपिमै सिमित छन् । तिम्रा चाहानाहरु समयमा पुरा गर्न सकिन । निष्ठिुरी भन्छौ होला पापी शिउदो सजाउछु भ्ान्थ्यो अन्तै देाष लगाएर छल गर्यो भनी रिसाएकी हौली । माफ गर सुधा समय नै निष्ठुरी समय नै पापी हो । यहि पापी समयले तिमी र मेरो भेट गरायो अनी यहि पापी समयले तिमीलाइ र मलाइ दुइ किनारा बनायो । तिम्रो मन रुवाउने मेरो चाहाना होइन वाध्यता भयो । सहनै सकिन । छुटने बेलामा साडी चोली सिन्दुर लिएर फर्किनु भन्थ्यौ थाहा छैन मलाई लाश आउछ कि श्वास मात्र आउछ । जिन्दगी मृत्यु सँग लडिरहेको छ । आजसम्म धन्न बाचिरहेको छु भोली थाहा छैन । कालहरुले जिस्काइरहेका छन । दिन दिनै नेपाली समचारहरु पढछु कतै तिमीलाइ केहि भयो कि भन्ने सधै डरमात्र लागीरहन्छ । भाउजुसँगका तिम्रा गुनासाहरु मेरै कानमा गुन्जीरहेकाछन् भने देशको विग्रदै गएको स्थितिले झन दुःखी तुलाउछ । कुरी बस मलाई तिमी भन्न सक्ने अवश्थामा छैन किनकी मेरो आफनै जिन्दगीको भर छैन आफनै आखाका सामु मान्छे ढलेका ढल्ौ छन् । पालेा मेरो नआउला भन्न सकिदैन त्यसैले जति दुःख दिएँ दिएँ । सुधा मलाइ माफ गर तिमीलाइ विश्वास गर्न नसक्नु नै मेरो महान गल्ली हो । मेरो यो सानो गल्तीलाइ माफ दिन्छौ होला नी । आशामा बस म फर्किआउने छु । तिम्रा मेरा अधुरा सपना पुरा गर्नेछु । सारा गल्ती मेरै छन । जे जस्तो बिगतमा देखिएपनि तिमीलाइ स्वीकार्ने छु । तिमीलाइ छोडेर अन्तै मन डुलाउनपनि सक्दिन । सुधा तिमीलाइ सामाजका गोरुहरुले जति दुःख दिएका छन् नी त्यसको बदला म आएर तिरीदिन्छु । मर्ने कुरा होइन प्रतिक्षा गर । मान्छे हो गल्ती सबैबाट हुन्छ तिम्रो सानो गल्तीको सजाय मैले ठुलो दिएँ म पापी हु सुधा । पढे लखेर भएपनि यस्तो सानो मन बनाउनु मेरो गल्ती हो । घाउ ज्यादै दुखिरहेको छ । यहा भन्दा ज्यादै बोल्न सक्दिन । म फर्की आउदैछु सुधा । नेपाल आएर तिमी लगायत देश नरेश बुढा भएका बुबा आमाको साथ रहेर जिन्दगी विताउने छु । नेपाली माटोको कसम आएर भन्छु धर्तिमाता अब म भुलेरपनि परदेशी हुने छैन । जति सक्छु जे जानेको छु त्यो आफनै देशको लागी गर्नेछु । आफनै नेपाली सन्ततीको लागी गर्नेछु । मेरा मनमा यस्तै अनेकौ कुरा हरु खेल्न थालेछन् । कसरी क्षमा मागैा मेरा गल्तीका यस्तै यस्तै सल्लाहहरु साथीसँग माग्दै हिडेको थिएँ । तिम्रो माया फेरी सागर भन्दापनि गहिरीएर आयो आकाश भन्दापनि फराकिलो ह्दय भयो । सुधा तिम्रा अब दुखका दिन गए अब म तिमीलाइ साथ दिनेछु । म तिम्रो हु तिमी मात्र मेरै हौ सुधा भन्दै कल्पानामा हराउदै थिएँ हप्ता बित्यो । म मा एक तमासले मरुभुमिमा भएपनि हरीयाली बसन्तले छाएको थियो । सुधा आउछु तिम्रो सिन्दुर बनेर भन्नेछु भनि म दुइ चार जना साथीलाइ लिएर फोन सेट सामु आउछु मन थरथर कापीरहेका छन् सुधाले मलाइ मेरो गल्तीको माफी दिन्न की कता कता डर लागीरहेको छ भने लाजपनि उस्तै ओठ कापेका थिए । घण्टी गयो भाउजुले उठाउनु भयो सुधा आउन पाइन रे भाउजुसम्मपनि । आउछु त भनेकी थिइन रे तर फेरी एक पल्ट समयले मलाइ छल गर्यो । मेरो गल्तीको क्षामा दिनुपर्छ भनेर हो या सुधालाई अब सुमनले आफनो बनाउने भयो भनेर ढाहा लागेछ कि क्या हो । यमराजका दुधहरुले सुधालाई टपक्क टिपेर लगेछन् । हत्या हो कि आत्माहत्या हो भन्ने पत्ता लगाउन पुलिसले तिन चार जनालाइ पक्रेको छ रे यस्तै सुनीयो ………………………

समाप्त

0 comments:

Post a Comment