"SuMaN SuDhA"

"EvErY SuCcEsSfUl PeRsOn HaS A PaInFuL StOrY; EvErY PaInFuL StOrY HaS A SuCcEsFuL EnDiNg."

YoU R CoMpAsSiOnAtElY WeLcOmE To My WwW. SuMaN-SuDhA.BlOgSpOt.CoM.FrZ ThIs Is My FiRsT TrY, So If U HvE aNy ComMeNt. JuSt LeAvE MeSsAge In LeAVe MeSsAge BoX. I wIlL HuMaNeLy AcCePt YoUr MeSsAGe. ThAnKs FoR ViSiTiNg My SiTe. AnD AlSo WiShInG HaPpY NeW YeAr 2066. HaVe A GrEat DaY. SuMaN BaGaLe. AaNbOo KhAiReNi DhAkAlTaR-5 TaNaHuN GaNdAkI NePaL.

8:01 AM

film

Posted by Suman sudha Bagale

मुना ! खै तिम्रो मदन ?
2009-05-04,Monday
महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनमा आधारित फिल्ममा मुनाको भूमिका निर्वाह गरेकी उषा पौडेललाई लाग्छ— 'आफूले काम गरेकामध्ये सबैभन्दा राम्रो फिल्म त्यही हो ।' फेरि त्यस्तै फिल्ममा काम गर्न पाइन्छ, पाइँदैन थाहा छैन, तर मुनामदन सुटिङ गर्दाका अनुभूति उनको मस्तिष्कबाट हराएका छैनन् । भन्छिन्, 'केही अपवादलाई छोड्ने हो भने मुनामदनको सुटिङमा धेरै रमाइलो भयो ।' 'मुनामदन' मा मुनाको भूमिकामा अनुबन्धित भएकी थिइन्, सञ्चिता लुइँटेल । मुहूर्त सटसमेत दिएकी सञ्चितालाई सुटिङ हुने वेलामा निर्माणपक्षले अनुपयुक्त पात्र ठहर्‍याएपछि उषा अनुबन्धित भएकी थिइन् । मुनामदनको जोडी साह्रै सुहाएजस्तो लागेको रहेछ उषालाई । भन्छिन्, 'दीपक त्रिपाठी र मेरो जोडी मज्जैले जमेको छ मुनामदनमा ।' मुनामदनमा धेरै सिनमा मज्जैले रोएकी थिइन् उषा । ग्लिसिरिन त धेरै सकियो होला नि ? मुस्कुराउँदै उषाले भनिन्, 'अँ सकियो, कति दिन त आँखा पनि सुन्निएका थिए । तर, केही घतलाग्दा दृश्यमा भने डाइलग सुनेरै आँसु आएको सुनाइन् उनले । 'भोट जाने वेलामा दीपकदाइको गोडाको पानी खाएको सिन छ नि, त्यसमा मैले गोडाको पानी मज्जैले खाएँ । म त त्यतिवेला भावनामा बगेछु । साँच्चै मेरा श्रीमान् नै विदेश जान लागेका हुन् जस्तो लाग्यो,' उषाले भनिन् । महिला अधिकारका कुरा गर्नेहरूले भन्ने गरेका छन्— पुरुषको गोडाको पानी खानु भनेको आममहिलाको अपमान हो । बिहेपछि श्रीमान्का गोडाको पानी खानुपर्‍यो भने के गर्लिन् उषा ? उनी मुस्कुराइन् आफ्नै स्टाइलमा । 'कसैले कर गर्‍यो भने त रिस उठ्ला, मनबाटै आयो भने गोडाको पानी खान केको संकोच !' कतिपय यस्ता प्रसंगलाई रूढिवादीभन्दा पनि संस्कारका रूपमा लिनुपर्ने धारणा राखिन् उनले । रिल लाइफमा बुहारी, श्रीमती र आमाको रोलसमेत निर्वाह गरेकी उषाले रियल लाइफमा भने अहिलेसम्म आफूलाई साथ दिने पुरुष नभेटेको बताइन् । भन्छिन्, 'खै, अहिलेसम्म त्यस्ता पुरुष भेटेकी छैनँ । उनलाई लाग्छ— यस्तो कुरा देखेर हुन्न, लेखकै हुनुपर्छ । त्यसकारण अनुमान गर्न पनि गाह्रो हुने कुरा गरिन् उनले । प्रेम-प्रस्ताव राख्नेहरू त आए होला नि ? एउटी किशोरीका लागि त्यस्ता प्रस्ताव सामान्य हो भन्ने उषालाई स्कुल पढ्दाताक नै केटाहरूले एकोहोरिएर हेर्न थालिसकेका थिए । कान्ति ईश्वरी स्कुल पढ्दाको प्रसंग सुनाइन्, 'प्रत्येक दिन स्कुल छुट्टी हुने वेलामा बाहिरपट्ट िकेटाहरूको लाइन नै हुन्थ्यो ।' पहिलो प्रस्ताव राख्ने पुरुष कस्तो थियो ? नाक खुम्च्याउँदै भनिन्, 'याद भएन ।' जति पुरुषले प्रस्ताव राखे पनि आजका मितिसम्म कसैलाई वचन दिएकी छैनन् उनले । भन्छिन्, 'अहिले त मेरो काम गर्ने वेला हो । काम गरेर करिअर बनाउने वेलामा बिहेका विषयमा मन डुलाउन हुन्न ।' पुरुषप्रति यिनको धारणा औसत छ । कस्तो पुरुष मन पर्छ ? सुरुमै भनिन्, 'म रूपमा ध्यान दिन्नँ ।' कसैको पनि आवरणले प्रभाव नपार्ने धारणा राख्ने यी नायिकाले सफा मन भएको पुरुष मन पर्ने धारणा राख्दै भनिन्, 'मलाई पोजे, -नखरा देखाउने) घमण्डी र सम्पत्तिको धाक लाउने मान्छे मन पर्दैन । सज्जन पुरुष त त्यो हो, जो आफ्नो काममा इमानदारीपूर्वक लाग्छ ।' महिला र पुरुष को बढी इमानदार होला ? एकछिन सोचेर उषाले भनिन्, 'महिला अलि बढी छुच्चा हुन्छन्, किनकि म पनि छुच्ची नै छु ।' फिल्म लाइनका सबै महिला असल भएको टिप्पणी गरिन् उनले । साह्रै छुच्ची हिरोइन को हो ? कसम खाएर भनिन्, 'माई गड, कोही पनि छुच्ची छैन, सब सज्जन छन् । अलिअलि छुच्ची त म नै छु ।' दिलीप रायमाझी, विराज भट्ट, निखिल उप्रेती, सुमन सिंह, सुशील क्षेत्रीलयायत दर्जन बढी हिरोसँग काम गरेकी उषाले हिरोहरूको पनि कमजोरी औँल्याउन चाहिनन् । उनलाई चिन्ता थियो, 'भोलि पत्रिका पढेर रिसाउने पो हुन् कि !' चोर-सिपाही, नेपाली वीर, तेजाबलगायतका फिल्ममा सँगै काम गरेका रमित ढुंगानासँग उनको अहिलेसम्म बोलचाल भएको रहेनछ । 'खै किन हो, चार फिल्ममा सँगै काम गरे पनि रमितदाइसँग एकपटक पनि बोलचाल भएको छैन ।' दिलीप रायमाझीमा तनाबहरण चूर्ण भएको टिप्पणी गरिन्, 'जतिसुकै ठूलो तनाब भए पनि दिलीप रायमाझीलाई भेटेपछि चिन्तामुक्त भइन्छ ।' निखिल उप्रेतीलाई पनि मन पर्ने हिरोको कोटिमा राखिन् उषाले । भन्छिन्, 'सुटिङमा फुर्सद हुनुपर्छ, निखिलजीको गफ सुन्न खुब मज्जा आउँछ । हरेक प्रसंगमा निखिलले आइडिया दिने गरेको सुनाएकी उषाले विराजले अर्ती दिने गरेको कुरा गरिन् । अहिले उनका सबैभन्दा मिल्ने साथी बनेका छन्, सुमनसिंह ठकुरी । 'सुमनसँग बढी कुरा मिल्नुमा एउटै उमेर भएर हो कि जस्तो लाग्छ उषालाई ।'

बलात्कारको सुटिङ गर्दा कलाकार नै दिक्क

2009-05-03,Sunday
दर्जनभन्दा बढी फिल्ममा खलनायक हेमन्त बुढाथोकी बलात्कारीको रूपमा प्रस्तुत भएका छन् । धेरै फिल्मका त्यस्त दृश्यमा सहजै अभिनय गरे पनि यी कलाकारलाई रमाइलो लागेको छैन । भन्छन्, 'कलाकार भएपछि कहिलेकाहीँ आफूले नचाहेको काम पनि गर्नुपर्ने रहेछ ।' नायिका मेघा पोखरेल, सारंगा श्रेष्ठ र विपना थापालाई फिल्ममा धेरैपटक बलात्कार गरेका छन् उनले । त्यस्ता दृश्यमा काम गर्दा मात्रै होइन, गरिसकेपछि पनि केही दिनसम्म नरमाइलो लाग्ने सुनाए उनले । नीरमायामा सारंगा श्रेष्ठलाई बलात्कार गरेको दृश्यमा अभिनय गर्दाको नमीठो क्षण अझै बिर्सेका छैनन् उनले । भन्छन्, 'सुटिङ हँुदै थियो, सारंगा एक्कासि रोइदिइन् । मलाई त साह्रै बोर भयो । मलाई मात्रै होइन, त्यो दिन सुटिङ युनिटलाई नै बोर भएको थियो । हिरोइन रोएपछि निर्देशकले सुटिङ प्याकअप गरे ।' त्यस्तै नरमाइलो भएछ, अर्को फिल्म सान्ननीको सुटिङमा । भन्छन्, 'त्यसमा पनि पुरानै घटना दोहोरियो, यसो समाएको मात्रै थिएँ, मेघा पोखरेल रोइहालिन् ।' बलात्कार सिन सुटिङ गर्ने कुरामा हिरोइनले सहमति जनाए पनि सुटिङका वेलामा हिरोइन रोएको धेरै निर्देशकले देखेका छन् । हेमन्त भन्छन्, 'म त सजग भएर अभिनय गर्छु । तर, बलात्कृत हुने पात्र डराएर रोइदिन्छन्, अनि नरमाइलो लाग्छ ।' पात्र रोइदिँदा ठूलै गल्ती गरिएछ कि जस्तो लाग्ने सुनाए उनले । नारायण पुरीले निर्देशन गरेका दर्जनभन्दा बढी फिल्ममा खलनायकले अभिनेत्रीलाई बलात्कारको प्रयास गरेको दृश्य खिचेका छन् । उनको निर्देशन रहेको तपस्या, सौता, सान्नानी, शंकर, रगत, आगो, पापीलगायतका फिल्ममा बलात्कारका त्यस्ता दृश्य राखिएका छन् । 'कथाको माग' र हिरोको इन्ट्री दमदार बनाउन त्यस्ता दृश्य राखेको धारणा राख्ने निर्देशक पुरी स्वयं सन्तुष्ट भने छैनन् । भन्छन्, 'त्यस्ता दृश्य मेरो रहर होइन, फिल्म हिट बनाउने बहानामा वितरक र निर्माताले दिएको दबाबको उपज हो ।' बलात्कारको दृश्य राख्नुपर्नेमा आफू असहमत भए पनि निर्माण संस्थाको आग्रह अस्वीकार गर्न नसकेको धारणा राख्ने निर्देशक पुरी भन्छन्, 'म त त्यस्ता सिन आफंै खिच्न सक्दिनँ ।' त्यस्ता दृश्य द्वन्द्वनिर्देशकको जिम्मेवारीअन्तर्गत पर्ने भएकाले सिनको अर्थ बुझाएर सुटिङ स्पट नै छाडेर हिँडने गरेको सुनाए । निर्देशक नरेश पौडेल पनि सिनेमामा बलात्कारको दृश्य राख्ने कुरामा सहमत छैनन् । दशकअघि बनाएको चलचित्र चुनौतीमा बलात्कारको दृश्यलाई तामझामपूर्वक खिचेका पौडेल अहिले भने अरूलाई समेत भन्न थालेका छन्, 'त्यस्ता सिनले फिल्म बिक्दैन ।' बलात्कारको दृश्यलाई निर्देशक र कलाकारले जति सहज रूपमा लिन्छन् सोही दृश्यका सहभागी हिरोइन भने खुल्न चाहँदैनन् । केहीअघि प्रदर्शन भएको भाग्य विधातामा बलात्कृत चेलीको भूमिका निर्वाह गरेकी गरिमा पन्त त्यस्ता दृश्यको कुरा गर्दा लजाउँछिन् । 'कथा नै मैमाथि घुमेकाले बलात्कृत हुने पात्रको भूमिका निर्वाह गरेँ, तर रमाइलो पटक्कै लागेन ।' त्यसपछि अन्य फिल्ममा सहज भूमिका निर्वाह गर्दै आएकी गरिमा भन्छिन्, 'फिल्ममा बलात्कृत भएको दृश्य नराखेकै राम्रो ।' फिल्म चलाउने सूत्रका रूपमा निर्देशकले बलात्कारका दृश्यलाई महत्त्व दिए पनि त्यस्तो भूमिका निर्वाह गर्ने कलाकार स्वयं खुसी छैनन् । खलनायक हेमन्त बुढाथोकी भन्छन्, 'बलात्कारका सिन हेरेर दर्शक खुसी होलान् जस्तो लाग्दैन ।' दीपक क्षेत्री, दिनेश शर्मा, सुशील पोखरेल, सुनिल थापा, राजेन्द्र खड्गी, पवन मैनाली, जगन श्रेष्ठलगायतका कलाकार बलात्कारका माउपात्र मानिन्छन् । तीनै कलाकार भन्छन्, 'जेहोस् अचेलका फिल्ममा त्यस्ता सिन राख्न छाडे, रमाइलो लागेको छ ।'

0 comments:

Post a Comment